Bible

Hosea 12 in Nepali Interlinear

1 एप्रैमले आफ्नो समय नष्ट गर्छ। “इस्राएल दिनभरि हावाको पछि पछि भागिहिंड्छ। प्रजाहरू ज्यादा भन्दा ज्यादा झूटो बोल्छन्, र चोरी गर्छन्। तिनीहरूले अश्शूरहरूसंग सन्धि गर्छन् अनि आफ्नो भद्राक्षको तेल मिश्र देश लिएर जान्छन्।

2 परमप्रभु भन्नुहुन्छ, “मेरो तर्क यहूदाको विरूद्धमा छ। याकुबलाई उसले गरेको कर्मका निम्ति दण्ड दिनुपर्छ। उसलाई उसले गरेको कु-कर्मका निम्ति निश्चय नै दण्ड दिनुपर्छ।

3 जब याकूब आफ्नो आमाको गर्भमा थियो, अनि गर्भमा हुँदै उसले आफ्नो दाज्यूलाई छल्न शुरू गर्यो। याकूब एकजना शक्तिशाली युवक थियो अनि त्यसै समय उसले परमेश्वरसँग कुश्ती लड्यो।

4 याकूबले परमेश्वरका स्वर्गदूतसित ऊ युद्ध गर्यो अनि विजय भयो। ऊ रोयो अनि दयाको निम्ति विन्ति गर्यो। यो घट्ना बेतेलमा भएको थियो, त्यहाँ उसले परमेश्वरसंग बातचीत गर्यो।

5 यहोवा सेनाहरूका परमेश्वर हुनुहुन्छ। उहाँको नाउँ यहोवा हो।

6 यसकारण आफ्नो परमेश्वरतिर आऊ। उहाँ प्रति साँचो होऊ। राम्रो कर्म गर। परमेश्वरमाथि सधैं निर्भर गर।

7 “याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्छ। उसको तराजु झूटो छ।

8 एप्रैम भन्छ, ‘म धनी छु। मैले साँचो धन प्राप्त गरेको छु। मेरो अपराधको बिषयमा कसैले पनि थहा पाउने छैन।’

9 “तर जबदेखि तिमी मिश्रदेशमा थियौ म त त्यही समयदेखि नै परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीलाई भेट हुने पालका दिनहरूमा जस्तै पालमा राख्नेछु।

10 मैले अगमवक्तासित कुरा गरेकोछु र बारम्बार दर्शन दिएकोछु। मैले अगमवक्तालाई तिमीहरूको आफ्नो पाठ पढाउन धेरै तरीका पनि दिएकोछु।

11 तर गिलादमा फेरि पनि पाप छ। अनुपयोगी मूर्तिहरू धेरै छन्। गिलगालमा तिनीहरू गोरूहरू बलिको रूपमा चढाउँछन्। तिनीहरूका धेरै जस्ता वेदीहरू जोतेको खेतमा थुपारेको ढुङ्गाका थुप्राहरू जस्ता छन्।

12 “याकूब आरामको खेतमा भागेर गए। यस जग्गामा इस्राएलले पत्नीको निम्ति काम गरेको थियो। स्वास्नी पाउनको निम्ति उसले भेडाहरूको हेरचाह गर्यो।

13 तर परमप्रभुले एउटा अगमवक्ताद्वारा इस्राएललाई मिश्र देशबाट लिएर आउनुभयो। परमप्रभुले एकजना अगमवक्तद्वारा इस्राएललाई सुरक्षित राख्नुभयो।

14 तर एप्रैमले परमप्रभुलाई धेरै रिस उठाइदियो। एप्रैम मृत्यु-दण्ड पाउने अपराधको दोषी छ। यसैकारण उसलाई उसको अपराधको निम्ति दण्ड दिइनेछ। उसको मालिकले उसलाई लज्जित पार्नुहुनेछ।”

No interlinear data available.