Matthew 8 - BBE (Nepali)
1 And when he had come down from the mountain, great numbers of people came after him.येशू डाँडाबाट ओर्ह्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए।
2 And a leper came and gave him worship, saying, Lord, if it is your pleasure, you have power to make me clean.त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”
3 And he put his hand on him, saying, It is my pleasure; be clean. And straight away he was made clean.येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।’ अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो।
4 And Jesus said to him, See that you say nothing about this to anyone; but go and let the priest see you and make the offering which was ordered by Moses, for a witness to them.तब येशूले त्यस मानिसलाई भन्नभयो, ‘हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफै जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।’
5 And when Jesus was come into Capernaum, a certain captain came to him with a request,येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे।
6 Saying, Lord, my servant is ill in bed at the house, with no power in his body, and in great pain.अधिकारीले भने, ‘हे प्रभु! मेरो नोकर पक्षवातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।’
7 And he said to him, I will come and make him well.येशूले ती अधिकारीलाई भन्नुभयो, ‘म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।’
8 And the captain in answer said, Lord, I am not good enough for you to come under my roof; but only say the word, and my servant will be made well.अधिकारीले जवाफ दिए, ‘हे प्रभु! तपाईं मेरो घरमा पस्नु हुने त्यति योग्यको म छैन। तर तपाईंले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्।
9 Because I myself am a man under authority, having under me fighting men; and I say to this one, Go, and he goes; and to another, Come, and he comes; and to my servant, Do this, and he does it.म कसैको अधीनमा छु। अनि मेरो अधिनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आँउछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसंग पनि यस्तो शक्ति छ।’
10 And when these words came to the ears of Jesus he was surprised, and said to those who came after him, Truly I say to you, I have not seen such great faith, no, not in Israel.जब येशुले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइनँ।
11 And I say to you that numbers will come from the east and the west, and will take their seats with Abraham and Isaac and Jacob, in the kingdom of heaven:धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको साज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बस्नेछन्।
12 But the sons of the kingdom will be put out into the dark, and there will be weeping and cries of pain.तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।”
13 And Jesus said to the captain, Go in peace; as your faith is, so let it be done to you. And the servant was made well in that hour.तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, ‘तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।’ अनि ठीक त्यसैबला उसको नोकर निको भयो।
14 And when Jesus had come into Peter's house, he saw his wife's mother in bed, very ill.येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कडा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।
15 And he put his hand on hers and the disease went from her, and she got up and took care of his needs.तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।
16 And in the evening, they took to him a number of people who had evil spirits; and he sent the spirits out of them with a word, and made well all who were ill;त्यसै साँझ मानिसहरूले भुत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए।
17 So that the word of Isaiah the prophet might come true: He himself took our pains and our diseases.यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो‘उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो”
18 Now when Jesus saw a great mass of people about him, he gave an order to go to the other side.येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो।
19 And there came a scribe and said to him, Master, I will come after you wherever you go.त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, ‘हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।’
20 And Jesus said to him, The foxes have holes, and the birds of heaven have a resting-place; but the Son of man has nowhere to put his head.येशूले तिनलाई भन्नुभयो, ‘स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।’
21 And another of the disciples said to him, Lord, let me first go and give the last honours to my father.अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, ‘हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।’
22 But Jesus said to him, Come after me; and let the dead take care of their dead.तर येशूले ती मानिसलाई भन्नुभयो, ‘मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफै गाडुन्।’
23 And when he had got into a boat, his disciples went after him.येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे।
24 And there came up a great storm in the sea, so that the boat was covered with the waves: but he was sleeping.जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो।
25 And they came to him, and, awaking him, said, Help, Lord; destruction is near.चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, ‘हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौ।”
26 And he said to them, Why are you full of fear, O you of little faith? Then he got up and gave orders to the winds and the sea; and there was a great calm.येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?’ तब येशू उठनुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।
27 And the men were full of wonder, saying, What sort of man is this, that even the winds and the sea do his orders?सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।’
28 And when he had come to the other side, to the country of the Gadarenes, there came out to him from the place of the dead, two who had evil spirits, so violent that no man was able to go that way.गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुईजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भुत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिंडने आँट गर्दैनथे।
29 And they gave a loud cry, saying, What have we to do with you, you Son of God? Have you come here to give us punishment before the time?ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, ‘परमेश्वरको पुत्र तपाईं हामीबाट के चहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?’
30 Now there was, some distance away, a great herd of pigs taking their food.छेउको क्षेत्रमा सूँगुरहरूको बथान चरिरहेको थियो।
31 And the evil spirits made strong prayers to him, saying, If you send us out, let us go into the herd of pigs.भूतहरूले येशूलाई बिन्ती गर्न लागे, ‘यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सूंगुरहरूको बथानमा पस्न दिनुहोस्।’
32 And he said to them, Go. And they came out, and went into the pigs; and the herd went rushing down a sharp slope into the sea and came to their end in the water.येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सूँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओह्रलिए। ती सबै झीलमा डुबे।
33 And their keepers went in flight to the town and gave an account of everything, and of the men who had the evil spirits.ती सूँगुरका चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सूँगुरहरू र भुतहरूले सताएको विषयमा सुनाउन थाले।
34 And all the town came out to Jesus; and seeing him they made request that he would go away from their part of the country.तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।
Nepali Bible