Bible

Matthew 28 - YLT (Nepali)

1 And on the eve of the sabbaths, at the dawn, toward the first of the sabbaths, came Mary the Magdalene, and the other Mary, to see the sepulchre,विश्रामको भोलिपल्ट सप्ताहको पहिले दिन थियो। पहिलो दिनको झिसमिसे उज्यालो हुदाँ मरियम मग्दलिनि र मरियम नाम गरेकी अर्की स्त्रीहरू चिहान हेर्न गए।

2 and lo, there came a great earthquake, for a messenger of the Lord, having come down out of heaven, having come, did roll away the stone from the door, and was sitting upon it,त्यसबेला त्यहँ ठूलो भूईंर्चालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।

3 and his countenance was as lightning, and his clothing white as snow,ती स्वर्गदूत बिजुली जस्तै चम्किला थिए। उनको लुगाफाटा हिउँ जस्तो सेतो थियो।

4 and from the fear of him did the keepers shake, and they became as dead men.ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे।

5 And the messenger answering said to the women, `Fear not ye, for I have known that Jesus, who hath been crucified, ye seek;त्यो स्वर्गदूतले भने, “तिमीहरू डराउनु पर्दैन। म जान्दछु तिमीहरू येशूलाई खोजिरहेका छौ, जसलाई क्रूसमा झूण्डयाएर मारिएको थियो।

6 he is not here, for he rose, as he said; come, see the place where the Lord was lying;तर येशू यहाँ हुनुहुन्न। उहाँ मृत्युबाट बौरी उठनु भएको छ, उहाँले पहिले नै भन्नुभए जस्तै। आऊ, अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो।

7 and having gone quickly, say ye to his disciples, that he rose from the dead; and lo, he doth go before you to Galilee, there ye shall see him; lo, I have told you.'अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन्, “येशू पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नु हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।”‘ फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।”

8 And having gone forth quickly from the tomb, with fear and great joy, they ran to tell to his disciples;त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घटनाको विषयमा सुनाउन दगुरे।

9 and as they were going to tell to his disciples, then lo, Jesus met them, saying, `Hail!' and they having come near, laid hold of his feet, and did bow to him.तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, अभिवादन छ! “आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे।

10 Then saith Jesus to them, `Fear ye not, go away, tell to my brethren that they may go away to Galilee, and there they shall see me.'अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।”यहूदी प्रमुखहरूलाई सूचना

11 And while they are going on, lo, certain of the watch having come to the city, told to the chief priests all the things that happened,तिनीहरू त्यहाँ उहाँका चेलाहरूलाई भन्न हिंडे। केही समयपछि चिहानलाई पहरा दिइरहेका सैनिकहरू शहरमा गए। तिनीहरू प्रमुख पूजाहारीहरूकहाँ गए अनि तिनीहरूलाई सम्पूर्ण घटना बारे सुनाए।

12 and having been gathered together with the elders, counsel also having taken, they gave much money to the soldiers,तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए।

13 saying, `Say ye, that his disciples having come by night, stole him -- we being asleep;तिनीहरूले सैनिकहरूलाई भने, “मानिसहरूलाई भन्नू कि राती हामी निदाइरहेको बेला येशूका चेलाहरू आएर उहाँको लाश लिएर गए।

14 and if this be heard by the governor, we will persuade him, and you keep free from anxiety.'कतै बडा हाकिमको कानमा यो खबर पुग्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई कुनै पनि अप्ठेरोबाट मुक्त गर्नेछौं।”

15 And they, having received the money, did as they were taught, and this account was spread abroad among Jews till this day.तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।

16 And the eleven disciples went to Galilee, to the mount where Jesus appointed them,एघारजना चेलाहरू गालील गए।

17 and having seen him, they bowed to him, but some did waver.येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर अर्को शंका थियो।

18 And having come near, Jesus spake to them, saying, `Given to me was all authority in heaven and on earth;येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।

19 having gone, then, disciple all the nations, (baptizing them -- to the name of the Father, and of the Son, and of the Holy Spirit,यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ।

20 teaching them to observe all, whatever I did command you,) and lo, I am with you all the days -- till the full end of the age.'जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।” 

Nepali Bible