Bible

Matthew 21 - YLT (Nepali)

1 And when they came nigh to Jerusalem, and came to Bethphage, unto the mount of the Olives, then Jesus sent two disciples,येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले ‘जैतुन-डाँडा’ को बेथफागेमा रोकिए। येशूले आफ्ना दुई जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो।

2 saying to them, `Go on to the village over-against you, and immediately ye shall find an ass bound, and a colt with her -- having loosed, bring ye to me;येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ।

3 and if any one may say anything to you, ye shall say, that the lord hath need of them, and immediately he will send them.'यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।”‘

4 And all this came to pass, that it might be fulfilled that was spoken through the prophet, saying,अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो

5 `Tell ye the daughter of Zion, Lo, thy king doth come to thee, meek, and mounted on an ass, and a colt, a foal of a beast of burden.'“सियोनको नगरलाई भन, ‘अब तिमीहरूको राजा आउनु हुँदैछ। उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ, उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ, जो काम गर्नकै खातिर जन्मेको पशु हो।”‘

6 And the disciples having gone and having done as Jesus commanded them,चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे।

7 brought the ass and the colt, and did put on them their garments, and set `him' upon them;उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस्नु भयो।

8 and the very great multitude spread their own garments in the way, and others were cutting branches from the trees, and were strewing in the way,येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए।

9 and the multitudes who were going before, and who were following, were crying, saying, `Hosanna to the Son of David, blessed is he who is coming in the name of the Lord; Hosanna in the highest.'केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’

10 And he having entered into Jerusalem, all the city was moved, saying, `Who is this?'त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”

11 And the multitudes said, `This is Jesus the prophet, who `is' from Nazareth of Galilee.'येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।”

12 And Jesus entered into the temple of God, and did cast forth all those selling and buying in the temple, and the tables of the money-changers he overturned, and the seats of those selling the doves,येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो।

13 and he saith to them, `It hath been written, My house a house of prayer shall be called, but ye did make it a den of robbers.'येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।”

14 And there came to him blind and lame men in the temple, and he healed them,केही अन्धा र केही लङ्गडा मानिसहरू मन्दिरमा येशू कहाँ आए। येशूले ती मानिसहरूलाई निको पारिदिनु भयो।

15 and the chief priests and the scribes having seen the wonderful things that he did, and the children crying in the temple, and saying, `Hosanna to the Son of David,' were much displeased;मुख्य पुजाहारीहरू र शास्त्रीहरूले यो दृष्य देखे। तिनीहरूले येशूका चमत्कार कार्यहरू अनि मन्दिरमा बालकहरूले येशूलाई नै प्रंशसा गरिरहेका देखे। बालकहरू भन्दै थिए, “दाऊदका पुत्र, होसन्ना!” यसमा पूजाहरीहरू र शास्त्रीहरू क्रोधित भए।

16 and they said to him, `Hearest thou what these say?' And Jesus saith to them, `Yes, did ye never read, that, Out of the mouth of babes and sucklings Thou didst prepare praise?'मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?”येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’“

17 And having left them, he went forth out of the city to Bethany, and did lodge there,त्यसपछि येशूले त्यो ठाउँलाई छोडनुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो।

18 and in the morning turning back to the city, he hungered,भोलिपल्ट बिहानै, येशू नगरतिर र्फकिरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो।

19 and having seen a certain fig-tree on the way, he came to it, and found nothing in it except leaves only, and he saith to it, `No more from thee may fruit be -- to the age;' and forthwith the fig-tree withered.उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।

20 And the disciples having seen, did wonder, saying, `How did the fig-tree forthwith wither?'चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?”

21 And Jesus answering said to them, `Verily I say to you, If ye may have faith, and may not doubt, not only this of the fig-tree shall ye do, but even if to this mount ye may say, Be lifted up and be cast into the sea, it shall come to pass;येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ।

22 and all -- as much as ye may ask in the prayer, believing, ye shall receive.'विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।

23 And he having come to the temple, there came to him when teaching the chief priests and the elders of the people, saying, `By what authority dost thou do these things? and who gave thee this authority?'येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”

24 And Jesus answering said to them, `I will ask you -- I also -- one word, which if ye may tell me, I also will tell you by what authority I do these things;येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न जाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु।

25 the baptism of John, whence was it? -- from heaven, or from men?' And they were reasoning with themselves, saying, `If we should say, From heaven; he will say to us, Wherefore, then, did ye not believe him?“मलाई भन यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो? मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको भनी?’

26 and if we should say, From men, we fear the multitude, for all hold John as a prophet.'यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।”

27 And answering Jesus they said, `We have not known.' He said to them -- he also -- `Neither do I tell you by what authority I do these things.त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।”तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु।”

28 `And what think ye? A man had two children, and having come to the first, he said, Child, go, to-day be working in my vineyard.'“तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’

29 And he answering said, `I will not,' but at last, having repented, he went.छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो।

30 `And having come to the second, he said in the same manner, and he answering said, I `go', sir, and went not;“त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।

31 which of the two did the will of the father?' They say to him, `The first.' Jesus saith to them, `Verily I say to you, that the tax-gatherers and the harlots do go before you into the reign of God,“अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो।यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाहिले।”येशूले तिनीहरूलाई भन्नुभयो, “म साँचो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्।

32 for John came unto you in the way of righteousness, and ye did not believe him, and the tax-gatherers and the harlots did believe him, and ye, having seen, repented not at last -- to believe him.यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।

33 `Hear ye another simile: There was a certain man, a householder, who planted a vineyard, and did put a hedge round it, and digged in it a wine-press, and built a tower, and gave it out to husbandmen, and went abroad.“यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो।

34 `And when the season of the fruits came nigh, he sent his servants unto the husbandmen, to receive the fruits of it,केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।

35 and the husbandmen having taken his servants, one they scourged, and one they killed, and one they stoned.“तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए।

36 `Again he sent other servants more than the first, and they did to them in the same manner.फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसंग पनि यस्तै नै व्यवहार गरे।

37 `And at last he sent unto them his son, saying, They will reverence my son;त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’

38 and the husbandmen having seen the son, said among themselves, This is the heir, come, we may kill him, and may possess his inheritance;“तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’

39 and having taken him, they cast `him' out of the vineyard, and killed him;अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए।

40 whenever therefore the lord of the vineyard may come, what will he do to these husbandmen?'“अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?”

41 They say to him, `Evil men -- he will evilly destroy them, and the vineyard will give out to other husbandmen, who will give back to him the fruits in their seasons.'ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दृष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”

42 Jesus saith to them, `Did ye never read in the Writings, A stone that the builders disallowed, it became head of a corner; from the Lord hath this come to pass, and it is wonderful in our eyes.येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य कुने ढुँङ्गा बन्यो, यो परमप्रभुले गर्नु भएको हो र यो हाम्रो लागि अचम्मको हुनेछ।’

43 `Because of this I say to you, that the reign of God shall be taken from you, and given to a nation bringing forth its fruit;“त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्।

44 and he who is falling on this stone shall be broken, and on whomsoever it may fall it will crush him to pieces.'अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”

45 And the chief priests and the Pharisees having heard his similes, knew that of them he speaketh,येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे।

46 and seeking to lay hold on him, they feared the multitudes, seeing they were holding him as a prophet.तिनीहरू येशूलाई पक्रने उपाय खोजीरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुन् भन्ने विश्वास थियो।

Nepali Bible