Matthew 13 - YLT (Nepali)
1 And in that day Jesus, having gone forth from the house, was sitting by the sea,ठीक त्यही दिन येशू बाहिर गएर झीलड्ढो छेउमा बस्नु भयो।
2 and gathered together unto him were many multitudes, so that he having gone into the boat did sit down, and all the multitude on the beach did stand,उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढनु भयो। सबै मानिसहरू चाहि किनारमा बसेका थिए।
3 and he spake to them many things in similes, saying: `Lo, the sower went forth to sow,उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो, ‘केही किसान बीऊ छर्नलाई निस्क्यो।
4 and in his sowing, some indeed fell by the way, and the fowls did come and devour them,जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए।
5 and others fell upon the rocky places, where they had not much earth, and immediately they sprang forth, through not having depth of earth,केही बीऊहरुनभएको कारणले बीऊहरू चाडै उम्रनथाले जट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन।
6 and the sun having risen they were scorched, and through not having root, they withered,तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढदै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्।
7 and others fell upon the thorns, and the thorns did come up and choke them,कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए।
8 and others fell upon the good ground, and were giving fruit, some indeed a hundredfold, and some sixty, and some thirty.अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठी अनि कतिपयले तीस गुणा फल फलाए।
9 He who is having ears to hear -- let him hear.'उ जसले सुन्न सक्छ मेरो कुरा सुन।’
10 And the disciples having come near, said to him, `Wherefore in similes dost thou speak to them?'चेलाहरू आए र येशूलाई सोधे, ‘तपाईंले उपदेश गर्न दिनुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”
11 And he answering said to them that -- `To you it hath been given to know the secrets of the reign of the heavens, and to these it hath not been given,येशूले जवाफ दिनुभयो, ‘स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्।
12 for whoever hath, it shall be given to him, and he shall have overabundance, and whoever hath not, even that which he hath shall be taken from him.जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ।
13 `Because of this, in similes do I speak to them, because seeing they do not see, and hearing they do not hear, nor understand,यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्।
14 and fulfilled on them is the prophecy of Isaiah, that saith, With hearing ye shall hear, and ye shall not understand, and seeing ye shall see, and ye shall not perceive,यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो।‘तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौं। तिमीहरू हेर्न त हेर्छौ तर कहिले देख्दैनौ।
15 for made gross was the heart of this people, and with the ears they heard heavily, and their eyes they did close, lest they might see with the eyes, and with the ears might hear, and with the heart understand, and turn back, and I might heal them.हो, यी मानिसहरूको हृदय कठोर भएको छ। कान भएर पनि यिनीहरू सुन्न अस्वीकार गर्छन् तिनीहरूका आँखाछ तापनि तिनीहरू देख्दैनन्। यस्तो भएको छ त्यसकारण तिनीहरूले आफ्ना आँखाले देख्दैनन्। आफ्ना कानले सुन्दैनन् तिनीहरूका हृदयले बुझ्दैनन् हैन भने तिनीहरू मकहाँ आउने थिए सुन्ने थिए अनि म तिमीहरूलाई निको पार्नेथिए।’
16 `And happy are your eyes because they see, and your ears because they hear,तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्।
17 for verily I say to you, that many prophets and righteous men did desire to see that which ye look on, and they did not see, and to hear that which ye hear, and they did not hear.म तिमीहरूलाई साँचो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।
18 `Ye, therefore, hear ye the simile of the sower:“अब किसानको बारेमा उखान सुन।
19 Every one hearing the word of the reign, and not understanding -- the evil one doth come, and doth catch that which hath been sown in his heart; this is that sown by the way.बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।
20 `And that sown on the rocky places, this is he who is hearing the word, and immediately with joy is receiving it,अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ।
21 and he hath not root in himself, but is temporary, and persecution or tribulation having happened because of the word, immediately he is stumbled.तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।
22 `And that sown toward the thorns, this is he who is hearing the word, and the anxiety of this age, and the deceitfulness of the riches, do choke the word, and it becometh unfruitful.अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निस्सासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
23 `And that sown on the good ground: this is he who is hearing the word, and is understanding, who indeed doth bear fruit, and doth make, some indeed a hundredfold, and some sixty, and some thirty.'तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”
24 Another simile he set before them, saying: `The reign of the heavens was likened to a man sowing good seed in his field,त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो,
25 and, while men are sleeping, his enemy came and sowed darnel in the midst of the wheat, and went away,त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहुँको बीच-बीचमा सामा छरेर गयो।
26 and when the herb sprang up, and yielded fruit, then appeared also the darnel.केही समयपछि गहुँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो,
27 `And the servants of the householder, having come near, said to him, Sir, good seed didst thou not sow in thy field? whence then hath it the darnel?उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’
28 And he saith to them, A man, an enemy, did this; and the servants said to him, Wilt thou, then, `that' having gone away we may gather it up?“त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’‘चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’
29 `And he said, No, lest -- gathering up the darnel -- ye root up with it the wheat,‘त्यो मानिसले जवाफ दियो, ‘अहँ, किनभने जब तिमीहरूले सामा उखेल्दा गहुँ पनि उखेल्न सक्छौ।
30 suffer both to grow together till the harvest, and in the time of the harvest I will say to the reapers, Gather up first the darnel, and bind it in bundles, to burn it, and the wheat gather up into my storehouse.'फसलको समयसम्म सामा र गहुँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, ‘पहिले सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहुँ बटुल र मेरो भण्डारमा जम्मा गर।”‘
31 Another simile he set before them, saying: `The reign of the heavens is like to a grain of mustard, which a man having taken, did sow in his field,तब येशूले मानिसहरूलाई अर्को उखान भन्न भयो। ‘स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो।
32 which less, indeed, is than all the seeds, but when it may be grown, is greatest of the herbs, and becometh a tree, so that the birds of the heaven do come and rest in its branches.'त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”
33 Another simile spake he to them: `The reign of the heavens is like to leaven, which a woman having taken, hid in three measures of meal, till the whole was leavened.'येशूले अर्को उखान भन्नुभयो, ‘स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।’
34 All these things spake Jesus in similes to the multitudes, and without a simile he was not speaking to them,येशूले मानिसहरूलाई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहरूलाई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन।
35 that it might be fulfilled that was spoken through the prophet, saying, `I will open in similes my mouth, I will utter things having been hidden from the foundation of the world.'अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो, “म उखान मार्फत तिमीहरूसँग बोल्छु, उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।”
36 Then having let away the multitudes, Jesus came to the house, and his disciples came near to him, saying, `Explain to us the simile of the darnel of the field.'त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, ‘कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।’
37 And he answering said to them, `He who is sowing the good seed is the Son of Man,येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो।
38 and the field is the world, and the good seed, these are the sons of the reign, and the darnel are the sons of the evil one,संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्।
39 and the enemy who sowed them is the devil, and the harvest is a full end of the age, and the reapers are messengers.नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय जाहिं संसारको अन्त्य हो। अनि फसल काटनेहरू परमेश्वरका दूतहरू हुन्।
40 `As, then, the darnel is gathered up, and is burned with fire, so shall it be in the full end of this age,सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ।
41 the Son of Man shall send forth his messengers, and they shall gather up out of his kingdom all the stumbling-blocks, and those doing the unlawlessness,मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्।
42 and shall cast them to the furnace of the fire; there shall be the weeping and the gnashing of the teeth.स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्।
43 `Then shall the righteous shine forth as the sun in the reign of their Father. He who is having ears to hear -- let him hear.तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।
44 `Again, the reign of the heavens is like to treasure hid in the field, which a man having found did hide, and from his joy goeth, and all, as much as he hath, he selleth, and buyeth that field.‘स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।
45 `Again, the reign of the heavens is like to a man, a merchant, seeking goodly pearls,“फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ।
46 who having found one pearl of great price, having gone away, hath sold all, as much as he had, and bought it.एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।
47 `Again, the reign of the heavens is like to a net that was cast into the sea, and did gather together of every kind,“स्वर्गको राज्य समुदमा हालेको एउटा महा जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे।
48 which, when it was filled, having drawn up again upon the beach, and having sat down, they gathered the good into vessels, and the bad they did cast out,त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए।
49 so shall it be in the full end of the age, the messengers shall come forth and separate the evil out of the midst of the righteous,जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्।
50 and shall cast them to the furnace of the fire, there shall be the weeping and the gnashing of the teeth.'स्वर्गदूतहरूले तिनीहरूलाई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दाँत किट्नेछन्।’
51 Jesus saith to them, `Did ye understand all these?' They say to him, `Yes, sir.'तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, ‘के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?’तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु,’ हामीले बुझ्यौं।’
52 And he said to them, `Because of this every scribe having been discipled in regard to the reign of the heavens, is like to a man, a householder, who doth bring forth out of his treasure things new and old.'तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।”
53 And it came to pass, when Jesus finished these similes, he removed thence,यसरी उखानहरूमा शिक्षा दिइसकेपछि येशूले त्यो स्थान छाडनु भयो।
54 and having come to his own country, he was teaching them in their synagogue, so that they were astonished, and were saying, `Whence to this one this wisdom and the mighty works?येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्भित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए?
55 is not this the carpenter's son? is not his mother called Mary, and his brethren James, and Joses, and Simon, and Judas?यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्।
56 and his sisters -- are they not all with us? whence, then, to this one all these?'अनि उनका सबै बहिनीहरू अहिले हामीसँग छन्। यसर्थ, उनले यी कुराहरू गर्ने यत्रो बुद्धि र शक्ति कहाँबाट पाए?’
57 and they were stumbled at him. And Jesus said to them, `A prophet is not without honor except in his own country, and in his own house:'यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।”
58 and he did not there many mighty works, because of their unbelief.त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन।
Nepali Bible