Mark 7 - YLT (Nepali)
1 And gathered together unto him are the Pharisees, and certain of the scribes, having come from Jerusalem,फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए।
2 and having seen certain of his disciples with defiled hands -- that is, unwashed -- eating bread, they found fault;तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)।
3 for the Pharisees, and all the Jews, if they do not wash the hands to the wrist, do not eat, holding the tradition of the elders,फरिसीहरू र सबै यहुदीहरुले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरु आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्।
4 and, `coming' from the market-place, if they do not baptize themselves, they do not eat; and many other things there are that they received to hold, baptisms of cups, and pots, and brazen vessels, and couches.यहूदीहरूले बजारमा केहि चिजहरु किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरुले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि।
5 Then question him do the Pharisees and the scribes, `Wherefore do thy disciples not walk according to the tradition of the elders, but with unwashed hands do eat the bread?'यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”
6 and he answering said to them -- `Well did Isaiah prophesy concerning you, hypocrites, as it hath been written, This people with the lips doth honor Me, and their heart is far from Me;येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन् यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्दछन् तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
7 and in vain do they worship Me, teaching teachings, commands of men;तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ, किनभने तिनीहरूले सिकाएका कुराहरु केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’
8 for, having put away the command of God, ye hold the tradition of men, baptisms of pots and cups; and many other such like things ye do.'तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।”
9 And he said to them, `Well do ye put away the command of God that your tradition ye may keep;तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ।
10 for Moses said, Honour thy father and thy mother; and, He who is speaking evil of father or mother -- let him die the death;मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ। फेरि उनले भनेका छन् कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।
11 and ye say, If a man may say to father or to mother, Korban (that is, a gift), `is' whatever thou mayest be profited out of mine,तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु।
12 and no more do ye suffer him to do anything for his father or for his mother,तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन।
13 setting aside the word of God for your tradition that ye delivered; and many such like things ye do.'यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यर्स्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”
14 And having called near all the multitude, he said to them, `Hearken to me, ye all, and understand;येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन्नु मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु।
15 there is nothing from without the man entering into him that is able to defile him, but the things coming out from him, those are the things defiling the man.यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छन्।”
16 If any hath ears to hear -- let him hear.'तिमीहरू जसले मलाई सुनिरहेकाछौ, सुन।
17 And when he entered into a house from the multitude, his disciples were questioning him about the simile,त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृष्टान्त बारेमा सोधे।
18 and he saith to them, `So also ye are without understanding! Do ye not perceive that nothing from without entering into the man is able to defile him?येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन
19 because it doth not enter into his heart, but into the belly, and into the drain it doth go out, purifying all the meats.'किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)
20 And he said -- `That which is coming out from the man, that doth defile the man;फेरि येशूले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ।
21 for from within, out of the heart of men, the evil reasonings do come forth, adulteries, whoredoms, murders,सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या
22 thefts, covetous desires, wickedness, deceit, arrogance, an evil eye, evil speaking, pride, foolishness;वेश्यागामन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, इर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्।
23 all these evils do come forth from within, and they defile the man.'यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि अशुद्ध तुल्याउँछ।”
24 And from thence having risen, he went away to the borders of Tyre and Sidon, and having entered into the house, he wished none to know, and he was not able to be hid,यशूले त्यो ठाउँ छाडनु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन।
25 for a woman having heard about him, whose little daughter had an unclean spirit, having come, fell at his feet, --एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी।
26 and the woman was a Greek, a Syro-Phenician by nation -- and was asking him, that the demon he may cast forth out of her daughter.त्यो आईमाई यहूदी थिईन्। उ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतात्मा भगाऊन उहाँलाई बिन्ती गरिन्।
27 And Jesus said to her, `Suffer first the children to be filled, for it is not good to take the children's bread, and to cast `it' to the little dogs.'येशूले त्यस आइमाईलाई भन्नुभयो, “केटा केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर फ्याँक्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।”
28 And she answered and saith to him, `Yes, sir; for the little dogs also under the table do eat of the children's crumbs.'आइमाईले भनी, “प्रभु, त्यो साँचो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।”
29 And he said to her, `Because of this word go; the demon hath gone forth out of thy daughter;'तब येशूले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिम्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”
30 and having come away to her house, she found the demon gone forth, and the daughter laid upon the couch.त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो।
31 And again, having gone forth from the coasts of Tyre and Sidon, he came unto the sea of Galilee, through the midst of the coasts of Decapolis,त्यपछि येशूले टायरको इलाका छोडनुभयो अनि साइडन भएर डिकापोलिस इलाका हूँदै गालील तालतिर जानुभयो।
32 and they bring to him a deaf, stuttering man, and they call on him that he may put the hand on him.जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे।
33 And having taken him away from the multitude by himself, he put his fingers to his ears, and having spit, he touched his tongue,येशूले त्यस मानिसलाई भीडबाट उहाँसंगै अलग लानुभयो। उहाँले आफ्नो हातका औंलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो।
34 and having looked to the heaven, he sighed, and saith to him, `Ephphatha,' that is, `Be thou opened;'येशूले आकाशमा हेर्नुभयो, अनि उहाँले लामो सास लिनु भयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, “इफ्फाता” (यसको अर्थ “खोलिजा”)
35 and immediately were his ears opened, and the string of his tongue was loosed, and he was speaking plain.जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रो को वन्धन फुक्यो। अनि उ र स्पष्ट बोल्ने भयो।
36 And he charged them that they may tell no one, but the more he was charging them, the more abundantly they were proclaiming `it',येशूले यी सबै भएका घटनाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कडा आज्ञा गर्नुभयो। उहाँले सधै नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नु भएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नु भयो त्यति नै मानिसहरूले भने।
37 and they were being beyond measure astonished, saying, `Well hath he done all things; both the deaf he doth make to hear, and the dumb to speak.'मानिसहरू साँचै चकित भए। तिनीहरूले भने, “येशूले जे पनि गर्नु भेएको छ। येशूले बैह्रोलाई पनि सुन्नसक्ने अनि लाटोलाईपनि बोल्न सक्ने बनाउनु हुनछ।”
Nepali Bible