Bible

Mark 16 - BBE (Nepali)

1 And when the Sabbath was past, Mary Magdalene and Mary, the mother of James, and Salome, got spices, so that they might come and put them on him.विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे।

2 And very early after dawn on the first day of the week, they came at the time of the coming up of the sun to the place where the body had been put.हप्ताको पहिलो दिनको बिहानै, तिनीहरू चिहाँनमा गइरहेका थिए। यसबेलासम्म घाम झुल्केकै थिएन।

3 And they were saying among themselves, Who will get the stone rolled away from the door for us?ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”

4 And looking up, they saw that the stone was rolled back; and it was of great size.जब स्त्रीहरूले देखे, तिनीहरूले ढुंङ्गा हटाईएको पाए। त्यो ढुंङ्गा अति ठुलो थियो, तर ढोकाबाट यसलाई पल्टाईको थियो।

5 And when they went in, they saw a young man seated on the right side, dressed in a white robe; and they were full of wonder.तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए।

6 And he said to them, Do not be troubled: you are looking for Jesus, the Nazarene, who has been put to death on the cross; he has come back from the dead; he is not here: see, the place where they put him!उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो।

7 But go, say to his disciples and to Peter, He goes before you into Galilee: there you will see him, as he said to you.अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।”

8 And they went out quickly from the place, because fear and great wonder had come on them: and they said nothing to anyone, because they were full of fear that ...ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगूरे। डरको कारणले के घटना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्।(प्रस्तुत पुस्तकमा मर्कूसको केही पुराना यूनानी प्रतिलिपीहरू यहाँ शेष हुन्छ।)

9 Now when he came back from the dead early on the first day of the week, he went first to Mary Magdalene, from whom he had sent out seven evil spirits.हप्ताहको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखापूर्न भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो।

10 She went and gave news of it to those who had been with him, while they were sorrowing and weeping.जब उनले येशूलाई देखिन्, तिनी गईन् अनि उहाँका चेलाहरूलाई भनिन्। उहाँका चेलाहरू उहाँका निम्ति दुःखी भएर विलाप अनि रोई-कराई गरिरहेका थिए।

11 And they, when it came to their ears that he was living, and had been seen by her, had no belief in it.मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखें भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्।

12 And after these things he was seen in another form by two of them, while they were walking on their way into the country.त्यसपछि ती दुइ बाहिर खेतमा हिंडिरहेका बेला उहाँ तिनीहरूकहाँ अघि अर्को रूपमा देखा पर्नुभयो। तर उहाँलाई मारिनु अघिको समयको जस्तो देखिनुहुन्थेन।

13 And they went away and gave news of it to the rest; and they had no belief in what was said.ती चेलाहरू फर्केर गए, अनि अरू चेलाहरूलाई यी कुराहरू वर्ण गरे। तर तिनीहरूले पनि विश्वास गरेनन्।

14 And later he was seen by the eleven themselves while they were taking food; and he said sharp words to them because they had no faith and their hearts were hard, and because they had no belief in those who had seen him after he had come back from the dead.त्यसपछि आफ्ना एघारजना चेलाहरूको अघि देखापर्नु भयो जब तिनीहरू खाँदैथिए। येशूले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो।

15 And he said to them, Go into all the world, and give the good news to everyone.येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर।

16 He who has faith and is given baptism will get salvation; but he who has not faith will be judged.जसले विश्वास गर्छ अनि बप्तिस्मा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ।

17 And these signs will be with those who have faith: in my name they will send out evil spirits; and they will make use of new languages;अनि विश्वास गर्ने मानिसहरूले प्रमाणका निम्ति यी कुराहरू गर्नेछन्। तिनीहरूले भूताहरू मेरो नाउँमा भगाउने छन्। तिनीहरूले कहिल्यै नसिकेका भाषाहरू बोल्नेछन्।

18 They will take up snakes, and if there is poison in their drink, it will do them no evil; they will put their hands on those who are ill, and they will get well.तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्नैछैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।”

19 So then the Lord Jesus, after he had said these words to them, was taken up into heaven and took his seat at the right hand of God.यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो।

20 And they went out, preaching everywhere, the Lord working with them, and giving witness to the word by the signs which came after. So be it.चेलाहरू पृथ्वीको सबै कुनामा गए, अनि सु-समाचार प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई सहायता गर्नुभयो अनि आश्चर्यकर्म गर्ने शक्ति चेलाहरूलाई दिइएकाले सुसमाचारको प्रमाण भयो। 

Nepali Bible