Mark 14 - WEB (Nepali)
1 It was now two days before the feast of the Passover and the unleavened bread, and the chief priests and the scribes sought how they might sieze him by deception, and kill him.निस्तार र अखमिरी रोटीको चाडको निम्ति अब केवल दुइ दिन बाँकि थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू येशूलाई पक्रन अनि मार्ने जाल साजीको भयानक खोजमा थिए।
2 For they said, "Not during the feast, because there might be a riot of the people."तिनीहरूले भने, “तर चाडको समयमा हामीले येशूलाई पक्रन हुँदैन किनभने मानिसहरू क्रोधित हुनेछन् अनि दगां मच्याउने डर हुन्छ।”
3 While he was at Bethany, in the house of Simon the leper, as he sat at the table, a woman came having an alabaster jar of ointment of pure nard-- very costly. She broke the jar, and poured it over his head.येशू बेथानियामा हुनुहुन्थ्यो। सिमोन कुष्ठरोगीको घरमा एउटा मेचमा उहाँ खाना खाँदै हुनुहुनथ्यो त्यसैबेला एउटी स्त्री उहाँकहाँ आई। त्यस स्त्रीले एउटा अति मूल्यावान सिंगमरमरको भुँडुल्को भरि अत्तरको सुग्न्ध भरेर ल्याएकी थिईन्। त्यो सुगन्ध शुद्ध जटामसीद्वारा तयार गरिएको थियो। त्यस पछि त्यस स्त्रीले जारको बिर्को खोली अनि येशूको शिरमा सुगन्ध खन्याइदिई।
4 But there were some who were indignant among themselves, saying, "Why has this ointment been wasted?केही चेलाहरूले जसले यी देखेर रिसाए अनि एक अर्कामा कुरा गर्न थाले। तिनीहरूले भने, “त्यसले किन यो सुगन्ध नष्ट गरेको
5 For this might have been sold for more than three hundred denarii,{300 denarii was about a years wages for an agricultural laborer.} and given to the poor." They grumbled against her.त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे।
6 But Jesus said, "Leave her alone. Why do you trouble her? She has done a good work for me.येशूले भन्नुभयो, “त्यस स्त्रीलाई एक्लो छोडिदेऊ। त्यसलाई तिमीहरूले किन दिक्दारी दिइरहेछौ? त्यसले मेरो लागी खूबै राम्रो काम गरी।
7 For you always have the poor with you, and whenever you want to, you can do them good; but you will not always have me.गरीब मानिसहरू सँधैं तिमीहरूसंग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मदत गर्नसक्छौ। तर म सधैं तिमीहरूसंग हुने छैन।
8 She has done what she could. She has anointed my body beforehand for the burying.त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिईन। त्यसले मलाई मर्नु अघिनै गाडनको तयारीका लागि यसो गरी।
9 Most assuredly I tell you, wherever this Gospel may be preached throughout the whole world, that which this woman has done will also be spoken of for a memorial of her."म तीमीहरूलाई साँचो भन्दछु। जहाँ कही पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।”
10 Judas Iscariot, who was one of the twelve, went away to the chief priests, that he might deliver him to them.त्यसपछि बाह्रजना प्रेरितहरू मध्ये एकजना चेला मुख्य पूजाहारीहरू भएकाहाँ गयो। यो चेलाको नाम थियो यहूदा इस्कारियोत। यहूदाले येशूलाई तिनीहरूको हातमा सुम्पेको चाहन्थ्यष्ठ्वो।
11 They, when they heard it, were glad, and promised to give him money. He sought how he might conveniently deliver him.मुख्य पूजाहारीहरू यो सुनेर खुबै खुशी थिए। यसकोलागि तिनीहरूले उसलाई जति पनि पैसा दिन तयार थिए। अनि यशूलाई तिनीहरूको हातमा सुम्पन उचित समयको प्रतीक्षा यहूदाले गरिरहेका थिए।
12 On the first day of unleavened bread, when they sacrificed the Passover, his disciples asked him, "Where do you want us to go and make ready that you may eat the Passover?"यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज त्यार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज त्यार गरेको चाहनुहुन्छ?”
13 He sent two of his disciples, and said to them, "Go into the city, and there you will meet a man carrying a pitcher of water. Follow him,येशूले आफ्नो दूइजना चेलाहरूलाई नगर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “नगरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग।
14 and wherever he enters in, tell the master of the house, 'The Teacher says, "Where is the guest room, where I may eat the Passover with my disciples?"'त्यो मानिस एउटा घरभित्र पस्नेछ। त्यही घरमा गएर त्यो घरको मालिक संग भनः गुरूज्यु सौध्नु हुन्छ उहाँ अनि उहाँका चेलाहरू निस्तार चाडको भोज खाने कोठा कहाँ होलान्।
15 He will himself show you a large upper room furnished and ready. Make ready for us there."घर मालिकले तिमीहरूलाई मातिल्लो तलाको ठूलो कोठा देखाउनेछ जो सजाएर तयार पारेको छ। हाम्रा निम्ति त्यहाँ बन्दोबस्त गर।”
16 His disciples went out, and came into the city, and found things as he had said to them, and they prepared the Passover.यसकारण चेलाहरू गए अनि शहरमा पसे येशूले भन्नु भएको जस्तै तिनीहरूले सबै कुराहरू भेट्टाए। यसर्थ तिनीहरूले नै निस्तार चाडको भोज तयार गरे।
17 When it was evening he came with the twelve.साँझमा, येशू आफ्ना बाह्रजना प्रेरितहरू लिएर त्यो घरमा जानुभयो।
18 As they sat and were eating, Jesus said, "Most assuredly I tell you, one of you will betray me -- he who eats with me."जब तिनीहरू खाँदै थिए, येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरू बाह्रजना मध्य एकजानले मलाई विश्वास घात गर्नेछौ। त्यो एकजनाले मसंगै अहिले खाईरहेको छ।”
19 They began to be sorrowful, and to ask him one by one, "Surely not I?" And another said, "Surely not I?"चेलाहरू यो सुनेर खुबै दुःखी भए। तिनीहरू सबैले येशूलाई भने, “निश्चयनै त्यो म होइनः ठीक हो?”
20 He answered them, "It is one of the twelve, he who dips with me in the dish.येशूले भन्नुभयो, “उ बाह्रजना मध्ये एक हो। उ त्यही हो जसले मसंगै कचौरामा रोटी चोप्दैछ।
21 For the Son of Man goes, even as it is written about him, but woe to that man by whom the Son of Man is betrayed! It would be better for that man if he had not been born."मानिसको पुत्र जानेछ अनि मर्नेछ। किनकि उनको बारेमा धर्मशास्त्रहरूमा लेखिएको छ। तर त्यस मानिसलाई धिक्कार छ जसद्वारा मानिसको पुत्रलाई विश्वासघात गरिनेछ। बरु पहिल्यै नजन्मेको भए त्यो मानिसलाई यो धेरै राम्रो हुनथियो।”
22 As they were eating, Jesus took bread, and when he had blessed, he broke it, and gave to them, and said, "Take, eat. This is my body."जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुका टुका पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।”
23 He took the cup, and when he had given thanks, he gave to them. They all drank of it.त्यसपछि यशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए।
24 He said to them, "This is my blood of the new covenant, which is poured out for many.त्यसपछि यष्ठ्वेशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। या रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।
25 Most assuredly I tell you, I will no more drink of the fruit of the vine, until that day when I drink it anew in the Kingdom of God."म तिमीहरूलाई साँचो भन्दछु। म यो दाखको रस फेरि त्यसबेलासम्म पिउँदिन जुनबेला सम्म म परमेश्वरको राज्यमा यसलाई नयाँ पिएको हुँदिनँ।”
26 When they had sung a hymn, they went out to the Mount of Olives.तब तिनीहरूले भजन गाए अनि उहाँहरू निस्केर जैतून डाँडातिर जानुभयो।
27 Jesus said to them, "All of you will be made to stumble because of me tonight, for it is written, 'I will strike the shepherd, and the sheep will be scattered.'त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले आफ्ना विश्वास हराउनेछौ। यो कुरा धर्मशास्त्रहरूमा लेखिएको छःम गोठालोलाई मार्नेछु, अनि भेडाहरू तितरबितर हुनेछन्।
28 However, after I am raised up, I will go before you into Galilee."तर म मरेपछि, फेरि मृत्युबाट बौरीनेछु। त्यसपछि म गालील जानेछु। तिनीहरू त्यहाँ पुग्न अघि नै म त्यहाँ पुगेको हुनेछु।”
29 But Peter said to him, "Although all will be offended, yet I will not."पत्रुसले भने, “यदि सबैले आफ्नो विश्वास हराए पनि म कहिल्यै मेरो विश्वास हराउने छैन।”
30 Jesus said to him, "Most assuredly I tell you, that you today, even this night, before the rooster crows twice, you will deny me three times."येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु। आजकोरात दोस्रोपल्ट भाले बास्नुअगि तिमीले मलाई तीनपल्ट ईन्कार गर्ने छौ।”
31 But he spoke all the more, "If I must die with you, I will not deny you." They all said the same thing.तर पत्रुसले जोर दिएर भने, “यदी म तपाईंसंगै मर्नू परेता पनि म कहिल्यै तपाईंलाई इन्कानेर् छुईन!” त्यसरी नै अरू चेलाहरूले पनि त्यही कुरा भने।
32 They came to a place which was named Gethsemane. He said to his disciples, "Sit here, while I pray."येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।”
33 He took with him Peter, James, and John, and began to be greatly troubled and distressed.येशूले पत्रुस, याकूब र यूहन्नालाई आफूसंग लैजानभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो।
34 He said to them, "My soul is exceedingly sorrowful, even to death. Stay here, and watch."उहाँले पत्रुस, याकूब र यूहन्नालाई भन्नुभयो, “मेरो आत्मा दुःखै-दुःखले भरिन लागेको छ। मलाई यहीं पर्ख अनि सर्तक बस।”
35 He went forward a little, and fell on the ground, and prayed that, if it were possible, the hour might pass away from him.अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भूइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कष्टका घडी उहाँबाट बितेर जाओस्।
36 He said, "Abba, Father, all things are possible to you. Please remove this cup from me. However, not what I desire, but what you desire."उहाँले प्रार्थना गर्नुभयो, “अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भ्व छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नूहोस्।”
37 He came and found them sleeping, and said to Peter, "Simon, are you sleeping? Couldn't you watch one hour?तब येशू आफ्ना चेलाहरू भएको ठाउँमा फर्की आउनुभयो। उहाँले तिनीहरूलाई सुतिरहेको पाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, तिमी सुतिरहेका छौ?के मेरो निम्ति एकघण्टासम्म पनि जागा रहन सक्तैनौ
38 Watch and pray, that you may not enter into temptation. The spirit indeed is willing, but the flesh is weak."जागा रहो, अनि प्रार्थना गर, जसमा कि तिमी प्रलोभनमा पर्ने छैनौ। आत्मा राजी छ तर शरीर कमजोर छ।”
39 Again he went away, and prayed, saying the same words.फेरि येशू केही परसम्म जानुभयो अनि त्यही प्रार्थना गर्नूभयो।
40 Again he returned, and found them sleeping, for their eyes were very heavy, and they didn't know what to answer him.फेरि उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा र्फकनु भयो। उहाँले तिनी हरूलाई सुतिरहकै पाउनुभयो। तिनीहरूका आँखाहरू थकित देखिन्थे। तिनीहरूले जान्दैन थिए कि येशूलाई के भन्नु पर्ने हो।
41 He came the third time, and said to them, "Sleep on now, and take your rest. It is enough. The hour has come. Behold, the Son of Man is betrayed into the hands of sinners.येशूले तेस्रो पटक प्रार्थना गरिसकेपछि, उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेको अनि विश्राम गरिरहेका छौ अति भयो! मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिने समय आइपुग्यो।
42 Arise, let us be going. Behold, he who betrays me is at hand."उठ! हामी जानैपर्छ। यहाँ त्यो एकजना आउँदैछ जसले मलाई विश्वासघात गर्नेछ।”
43 Immediately, while he was still speaking, Judas, one of the twelve, came--and with him a multitude with swords and clubs, from the chief priests, the scribes, and the elders.जब येशू बोलिरहेको हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुगे। यहूदा बाह्रजना चेलाहरू मध्ये एकजना थियो। यहूदासंग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू, शास्त्रीहरू र यहूदी अग्रजहरूले पठाएका थिए। ती मानिसहरूका साथमा तरवार र घोंचाहरू थिए।
44 Now he who betrayed him had given them a sign, saying, "Whoever I will kiss, that is he. Seize him, and lead him away safely."यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाईं खान्छु उही नै येशू हुन्। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।”
45 When he had come, immediately he came to him, and said, "Rabbi! Rabbi!" and kissed him.यहूदा आउन साथ येशू कहाँ गयो अनि भन्यो, “गुरूज्यू!” त्यसपछि उसले उहाँलाई म्वाईं खाए।
46 They laid their hands on him, and seized him.तब मानिसहरूले झम्टेर येशूलाई पक्रे।
47 But a certain one of those who stood by drew his sword, and struck the servant of the high priest, and cut off his ear.कुनै एकजना उभिरहेको चेलाले आफ्नो तरवार निकाल्यो अनि त्यसले प्रधान पूजाहारीको एउटा नोकरलाई हान्यो र उसको कान काटिदियो।
48 Jesus answered them, "Have you come out, as against a robber, with swords and clubs to seize me?तब येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरू तरवार र घोचाँहरू लिएर म कहाँ, एक अपराधी झैं मानेर आएको छौ?
49 I was daily with you in the temple teaching, and you didn't arrest me. But this is so that the Scriptures might be fulfilled."प्रत्येकदिन म मन्दिर इलाकामा तिमीहरूसित सिकाइरहेको थिएँ। त्यहाँ तिमीहरूले मलाई पक्रेनौ ।तर धर्मशास्त्रमा लेखिएका कुराहरू पूरा हुनै पर्छ।
50 They all left him, and fled.“त्यसपछि सबै चेलाहरूले उहाँलाई छोडेर भागे।
51 A certain young man followed him, having a linen cloth thrown around himself, over his naked body. The young men grabbed him,एउटा जवान मानिसले येशूलाई पछ्याइरहेको थियो। उसले खालि एउटा मलमलकोवस्त्र मात्र लगाएको थियो। तिनीहरूले उसलाई पनि पक्रेने कोशिश गरे।
52 but he left the linen cloth, and fled from them naked.तर त्यसले त्यो मलमलको बस्त्र छाडयो अनि बस्त्र विहीन् भाग्यो।
53 They led Jesus away to the high priest. All the chief priests, the elders, and the scribes came together with him.येशूलाई पक्रने मानिसहरूले उहाँ लाई प्रधान पूजाहारीको घरमा पुर्याए त्यहाँ सबै मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र शास्त्रीहरू भेला भए।
54 Peter had followed him from a distance, until he came into the court of the high priest. He was sitting with the officers, and warming himself in the light of the fire.पत्रुसले येशूलाई पछ्याउँदै थियो, तर उ उहाँका त्यत्ति नजिक थिएन। पत्रूसले येशूलाई प्रधान पूजाहारीको घरको चौक नपुगे सम्म पछ्याए। त्यो त्यहाँ रक्षक साथ बसिरहेको थियो अनि आगो ताप्दै थियो।
55 Now the chief priests and the whole council sought witnesses against Jesus to put him to death, and found none.मुख्य पूजाहारीहरू, र पूरा यहूदी महासभाले येशूलाई मार्नका निम्ति येशू विरुद्ध झूटो प्रमाण खोजिरहेका थिए। तर तिनीहरूले कुनै त्यस्तो प्रमाण पाएनन्।
56 For many gave false testimony against him, and their testimony didn't agree with each other.अनेकौं मानिसहरू आए अनि येशूको विरूद्ध झूटो आरोपहरू लगाए। तर ती प्रमाणहरू एक अर्कामा मिल्दैनथ्यो।
57 Some stood up, and gave false testimony against him, saying,त्यसपछि केही मानिसहरू उठे, अनि येशूको विरूद्धमा झूटो साक्षी दिए। तिनीहरूले भने,
58 "We heard him say, 'I will destroy this temple that is made with hands, and in three days I will build another made without hands.'"हामीहरूले यस मानिसले भनेका र्छों, मानिसहरूले बनाएको मन्दिर म ध्वंस गरिदिनेछु। त्यसको तीन दिनमा, म अर्को मंन्दिर बनाइदिनेछु जुन मन्दिर मानिसहरूले बनाएको हूँदैन।”‘
59 Even so, their testimony did not agree.तर यी मानिसहरूले भनेका कुरामा पनि कोही सहमत हुने भएनन्।
60 The high priest stood up in the midst, and asked Jesus, "Have you no answer? What is it which these testify against you?"त्यसपछि प्रधान पूजाहारी सबै मानिसहरूको अघि खडा भए, अनि येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा धेरै बोले। आफ्नो विरूद्धमा आएको यस्तो आरोपहरूको विरुद्धमा तपाईंको भन्नु पर्ने केही छ? के यी मानिसहरूले साँचो कुराहरू गरिरहेका छन?
61 But he stayed quiet, and answered nothing. Again the high priest asked him, "Are you the Christ, the Son of the Blessed?"तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन। प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?”
62 Jesus said, "I AM. You will see the Son of Man sitting at the right hand of Power, and coming with the clouds of the sky."येशूले जवाफ दिनुभयो, “हो, म नै परमेश्वरको पुत्र हूँ। तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने पट्टि बसेर स्वर्गको बादलसित आउँदै गरेको देख्नेछौ।”
63 The high priest tore his clothes, and said, "What further need have we of witnesses?जब प्रधान पूजाहारीले यो कुरा सुने, उनी खूबै रिसाए। उनले आफ्नो वस्त्र च्यातै र भने, “हामीलाई अब अरू धेरै गवाहीहरूको आवश्यकता छ र?
64 You have heard the blasphemy! What do you think?" They all condemned him to be worthy of death.तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?”सबैले येशूलाई भूल गरेको ठहराए। अनि मार्नू पर्छ भने।
65 Some began to spit on him, and to cover his face, and to beat him with fists, and to tell him, "Prophesy!" The officers struck him with the palms of their hands.त्यहाँ भएका कतिजनाले येशूलाई थुके। तिनीहरूले येशूको अनुहार छोपिदिए अनि उहाँलाई हिर्काए। तिनीहरूले भने, “तपाईं अगमक्ता हो भनेर हामीलाई देखाउनुहोस्।” त्यसपछि पहरादारहरूले उहाँलाई लगे र कुटे।
66 As Peter was in the courtyard below, one of the maids of the high priest came,त्यति बेला पत्रुस आँगनमा नै थिए। प्रधान पूजाहारीको एकजना नोकर्नी केटी त्यहाँ आई।
67 and seeing Peter warming himself, she looked at him, and said, "You were also with the Nazarene, Jesus!"त्यसले पत्रुसलाई आगो ताप्दै गरेको देखी। त्यो पत्रुसको नजिकै आएर हेरी।तब त्यो केटीले भनी, “नासरतको येशूसंग तिमी पनि थियौ?”
68 But he denied it, saying, "I neither know, nor understand what you are saying." He went out on the porch, and the rooster crowed.तर पत्रुसले यसो भन्दै इन्कार गरे। उनले भने “म जान्दिन अनि बुझ्दिन कि तिमीले के भनिरहे का छौ।” तब पत्रुस त्यो ठाउँ छोडेर आँगनको प्रवेशद्वारतिर गए। त्यसबेला भाले बास्यो।
69 The maid saw him, and began again to tell those who stood by, "This is one of them."त्यो नोकर्नी केटीले उसलाई त्यहाँ देखी। फेरि त्यस केटीले त्यहाँ उभिरहेकाहरूलाई सोधी, “यो मानिस तिनीहरूमध्ये कै एकजना हो।”
70 But he again denied it. After a little while again those who stood by said to Peter, "You truly are one of them, for you are a Galilean, and your speech shows it."फेरि पत्रुसले यी कुरा साँचो होइन भनेर भने।केहीक्षण पछिनै, केही मानिसहरू जो त्यहाँ उभिरहेका थिए, पत्रुसलाई भने, “हामी तिमीलाई ती मध्येहरुको एकजना हो भनेर चिन्दछौं किनभने तिमी गालील बासी हौ।”
71 But he began to curse, and to swear, "I don't know this man of whom you speak!"त्यसपछि पत्रुसले धिक्कार्न लागे अनि उनले भने, “तिमीहरूले जुन मानिसको बारेमा कुरा गर्दैंछौ तिनलाई म चिन्दिन परमेश्वरको नाममा शपथ खाँन्छु।”
72 The rooster crowed the second time. Peter remembered the word, how that Jesus said to him, "Before the rooster crows twice, you will deny me three times." When he thought about that, he wept.अनि तुरन्तै, दोस्रोपल्ट भाले बास्यो। त्यपछि पत्रुसलाई येशूले भन्नु भएको अघिका कुराहरू शम्झन थाले, “दुईपल्ट भाले बास्नु अघिसम्म तिमीले मलाई चिन्दिन भनेर तीनपल्ट भन्ने छौ” पत्रुस त्यसपछि खुबै दुःखित भए अनि रून लागे।
Nepali Bible