Mark 12 - YLT (Nepali)
1 And he began to speak to them in similes: `A man planted a vineyard, and put a hedge around, and digged an under-winevat, and built a tower, and gave it out to husbandmen, and went abroad;येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो।
2 and he sent unto the husbandmen at the due time a servant, that from the husbandmen he may receive from the fruit of the vineyard,केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो।
3 and they, having taken him, did severely beat `him', and did send him away empty.तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए।
4 `And again he sent unto them another servant, and at that one having cast stones, they wounded `him' in the head, and sent away -- dishonoured.फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिर्काए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्।
5 `And again he sent another, and that one they killed; and many others, some beating, and some killing.फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालाहरूकहाँ फठाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालाहरूले कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए।
6 `Having yet therefore one son -- his beloved -- he sent also him unto them last, saying -- They will reverence my son;अब त्यस मानिससंग खेतीवालहरूकहाँ फठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरालाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालहरूकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालहरूले मेरो छोरोलाई त आदर गर्ने नै छन्।
7 and those husbandmen said among themselves -- This is the heir, come, we may kill him, and ours shall be the inheritance;तर खेतीवालहरूले आफूहरू माझ वहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुनछ। यसकारण हामी यसलाई मारौ तब यो दाखबारी हाम्रै हुनेछ।
8 and having taken him, they did kill, and cast `him' forth without the vineyard.तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए।
9 `What therefore shall the lord of the vineyard do? he will come and destroy the husbandmen, and will give the vineyard to others.यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ।
10 And this Writing did ye not read: A stone that the builders rejected, it did become the head of a corner:निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौलानिर्मातहरूले अस्वीकार गरेका ढङ्गाहरू नै कुनाको ढुङ्गा बनेको छ।
11 from the Lord was this, and it is wonderful in our eyes.'परमप्रभुले नै यस्तो गर्नु भएको हो, अनि हाम्रो निम्ति यो अचम्भ भएका छ।”
12 And they were seeking to lay hold on him, and they feared the multitude, for they knew that against them he spake the simile, and having left him, they went away;ती यहूदी प्रमुखहरूले येशूले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशूलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहूदी प्रमुखहरू येशूलाई छोडेर अन्यत्र कतै गए।
13 and they send unto him certain of the Pharisees and of the Herodians, that they may ensnare him in discourse,त्यसपछि, यहूदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येशू भएकहाँ पठाए। तिनीहरूले येशूलाई केही भूल गराएर पक्रने चाहन्थे।
14 and they having come, say to him, `Teacher, we have known that thou art true, and thou art not caring for any one, for thou dost not look to the face of men, but in truth the way of God dost teach; is it lawful to give tribute to Caesar or not? may we give, or may we not give?'फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनू भएको छ। हामीलाई भन्नुहोसः के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”
15 And he, knowing their hypocrisy, said to them, `Why me do ye tempt? bring me a denary, that I may see;'तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।”
16 and they brought, and he saith to them, `Whose `is' this image, and the inscription?' and they said to him, `Caesar's;'तिनीहरूले येशूलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।”
17 and Jesus answering said to them, `Give back the things of Caesar to Caesar, and the things of God to God;' and they did wonder at him.अनि येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशूको कुरा सुनेर छक्क परे।
18 And the Sadducees come unto him, who say there is not a rising again, and they questioned him, saying,तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे।
19 `Teacher, Moses wrote to us, that if any one's brother may die, and may leave a wife, and may leave no children, that his brother may take his wife, and raise up seed to his brother.तिनीहरूले भने, “गुरूज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाईले त्यो विधवालाई आफ्नो दाज्यूकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यूको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ।
20 `There were then seven brothers, and the first took a wife, and dying, he left no seed;सातजना दाज्युभाइ थिए। पहिलो दाज्युले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन।
21 and the second took her, and died, neither left he seed, and the third in like manner,त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। उ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घटना घट्यो तेस्रो भाइसँग पनि।
22 and the seven took her, and left no seed, last of all died also the woman;सबै सात दाज्यु भाइले त्यस स्त्रीलाई विवाह गरे अनि प्रत्येक मरे। कुनै पनि सात दाज्यूभाइबाट सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी।
23 in the rising again, then, whenever they may rise, of which of them shall she be wife -- for the seven had her as wife?'तर सबै सातजना दाज्यूभाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब मानिस मरेर बौरी उठ्नेछ त्यसबेला त्यस स्त्रीको, लोग्ने चाँहि को हुने छ?”
24 And Jesus answering said to them, `Do ye not because of this go astray, not knowing the Writings, nor the power of God?येशूले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ।
25 for when they may rise out of the dead, they neither marry nor are they given in marriage, but are as messengers who are in the heavens.जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछन्।
26 `And concerning the dead, that they rise: have ye not read in the Book of Moses (at The Bush), how God spake to him, saying, I `am' the God of Abraham, and the God of Isaac, and the God of Jacob;मरेका मानिसहरूको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहामको परमेश्वर हुँ, इसहाकको परमेश्वर र याकूबको परमेश्वर।
27 he is not the God of dead men, but a God of living men; ye then go greatly astray.'परमेश्वर मरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलमा परेकाछौ!”
28 And one of the scribes having come near, having heard them disputing, knowing that he answered them well, questioned him, `Which is the first command of all?'शास्त्रीहरूमध्ये एकजना येशूकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसंग येशूले बहस गरिरहेको सुने। येशूले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?’`
29 and Jesus answered him -- `The first of all the commands `is', Hear, O Israel, the Lord is our God, the Lord is one;यशूले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छः इस्राएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वनै एक परमप्रभु हुन्।
30 and thou shalt love the Lord thy God out of all thy heart, and out of thy soul, and out of all thine understanding, and out of all thy strength -- this `is' the first command;तिमीहरुले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।
31 and the second `is' like `it', this, Thou shalt love thy neighbor as thyself; -- greater than these there is no other command.'दोस्रो महान आज्ञा यस्तो छः तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छौ।यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”
32 And the scribe said to him, `Well, Teacher, in truth thou hast spoken that there is one God, and there is none other but He;शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यु, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्।
33 and to love Him out of all the heart, and out of all the understanding, and out of all the soul, and out of all the strength, and to love one's neighbor as one's self, is more than all the whole burnt-offerings and the sacrifices.'अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”
34 And Jesus, having seen him that he answered with understanding, said to him, `Thou art not far from the reign of God;' and no one any more durst question him.येशूले त्यस मानिसले बुद्धिमानपुर्वक जवाफ दिएको पाऊनु भयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्य नजिक छौ।” त्यसपछि अरू कुनै मानिसले पनि उहाँलाई अरू धेरै प्रश्नहरू गर्ने साहस गरेनन्।
35 And Jesus answering said, teaching in the temple, `How say the scribes that the Christ is son of David?येशूले मन्दिरमा सिकाइरहनु भएकोथियो। उहाँले भन्नुभयो, “किन शास्त्रीहरूले ख्रीष्ट नै दाऊदको पुत्र भनेका हुन्?
36 for David himself said in the Holy Spirit, The Lord said to my lord, Sit thou on My right hand, till I place thine enemies -- thy footstool;पवित्र आत्मामा दाऊद आफैले भन्नुभएको छःपरमप्रभुले मेरो प्रभुलाई (ख्रीष्टलाई) भन्नुभएको छः मेरो छेउमा दाहिनेपट्टि बस, अनि म तिम्रा शत्रुहरूलाई तिम्रा वशमा पार्नेछु।
37 therefore David himself saith of him Lord, and whence is he his son?' And the great multitude were hearing him gladly,दाऊद आफैले ख्रीष्टलाई प्रभु भन्नुहुन्नछ। तब कसरी ख्रीष्ट दाऊदको पुत्र हुनसक्छ?’ धेरै मानिसहरूले येशूलाई खूबै आनन्दित भएर सुने।
38 and he was saying to them in his teaching, `Beware of the scribes, who will in long robes to walk, and love salutations in the market-places,येशूले लगातार सिकाउनु भयो। उहाँले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामा वस्त्रहरू पहिरिएर आफूलाई प्रमुख देखाउनको निम्ति हिंडन मन पराउँछन। अनि तिनीहरू आफूलाई बजारमा हुँदा मानिसहरूले तिनीहरूलाई आदर गरून् भन्ने चाहन्छन्।
39 and first seats in the synagogues, and first couches in suppers,सभाघरहरूमा पनि तिनीहरूले अति मुख्य ठाउँहरू ओगट्न चाहन्छन्। अनि भोजहरूमा पनि त्यसरी नै आदरका ठाउँहरूमा बस्न चाहन्छन्।
40 who are devouring the widows' houses, and for a pretense are making long prayers; these shall receive more abundant judgment.'तिमीहरू विधवाहरूसंग कप्टयाइँ गर्दछन् र तिनीहरूलाई लुट्छन्। अनि आफैले लोकचारको निम्ति लामो लामो प्रार्थनाहरू गर्ने गर्दछन्। परमेश्वरले तिनीहरूलाई धेरै दण्ड दिनुहुनेछ।”
41 And Jesus having sat down over-against the treasury, was beholding how the multitude do put brass into the treasury, and many rich were putting in much,येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो।
42 and having come, a poor widow did put in two mites, which are a farthing.तब एउटी गरीब विधवा आई अनि दुईवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।
43 And having called near his disciples, he saith to them, `Verily I say to you, that this poor widow hath put in more than all those putting into the treasury;येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई । तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई।
44 for all, out of their abundance, put in, but she, out of her want, all that she had put in -- all her living.'ती मानिसहरूको धेरै छन्, तर तिनीहरूले आफूलाई नचाहिएको मात्र दिएका छन्। त्यो स्त्री धेरै गरीब छे। तर त्यसले आफूमा भएको सबै नै दिई। अनि त्यसले ती पैसाहरू आफूलाई मदत पुर्याउनको लागि नै हो भन्ने ठानी।”
Nepali Bible