Bible

Mark 1 - ASV (Nepali)

1 The beginning of the gospel of Jesus Christ, the Son of God.येशूख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाहले भनेका घट्नाबाटै आरम्भ हुन्छ।

2 Even as it is written in Isaiah the prophet, Behold, I send my messenger before thy face, Who shall prepare thy way.यशैयाहले लेखेकाछन्:“सुन। म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।”

3 The voice of one crying in the wilderness, Make ye ready the way of the Lord, Make his paths straight;‘उजाड-स्थानमा कोही कराईहेकोछः परमप्रभुको बाटो तयार पार, उहाँका गोरेटोहरू सोझो बनाओ।’”

4 John came, who baptized in the wilderness and preached the baptism of repentance unto remission of sins.बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मादिनु पर्छ। यसरी तिनीहरुको पापहरूको क्षमा हुनेछन्।

5 And there went out unto him all the country of Judaea, and all they of Jerusalem; And they were baptized of him in the river Jordan, confessing their sins.यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।

6 And John was clothed with camel's hair, and `had' a leathern girdle about his loins, and did eat locusts and wild honey.यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।

7 And he preached, saying, There cometh after me he that is mightier than I, the latchet of whose shoes I am not worthy to stoop down and unloose.त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ।

8 I baptized you in water; But he shall baptize you in the Holy Spirit.म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।

9 And it came to pass in those days, that Jesus came from Nazareth of Galilee, and was baptized of John in the Jordan.त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए।

10 And straightway coming up out of the water, he saw the heavens rent asunder, and the Spirit as a dove descending upon him:जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो।

11 And a voice came out of the heavens, Thou art my beloved Son, in thee I am well pleased.स्वर्गबाट एउटा अवाज आयो अनि भन्योः तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।

12 And straightway the Spirit driveth him forth into the wilderness.त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो।

13 And he was in the wilderness forty days tempted of Satan; And he was with the wild beasts; And the angels ministered unto him.चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसंग हुनुहुन्थयो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मदत गरे।

14 Now after John was delivered up, Jesus came into Galilee, preaching the gospel of God,त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो।

15 and saying, The time is fulfilled, and the kingdom of God is at hand: repent ye, and believe in the gospel.येशूले भन्नुभयो, यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।

16 And passing along by the sea of Galilee, he saw Simon and Andrew the brother of Simon casting a net in the sea; for they were fishers.गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए।

17 And Jesus said unto them, Come ye after me, and I will make you to become fishers of men.येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।”

18 And straightway they left the nets, and followed him.त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।

19 And going on a little further, he saw James the `son' of Zebedee, and John his brother, who also were in the boat mending the nets.येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।

20 And straightway he called them: and they left their father Zebedee in the boat with the hired servants, and went after him.तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दूई दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरु आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए।

21 And they go into Capernaum; and straightway on the sabbath day he entered into the synagogue and taught.येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो।

22 And they were astonished at his teaching: For he taught them as having authority, and not as the scribes.त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो।

23 And straightway there was in their synagogue a man with an unclean spirit; and he cried out,जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो।

24 saying, What have we to do with thee, Jesus thou Nazarene? art thou come to destroy us? I know thee who thou art, the Holy One of God.त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।”

25 And Jesus rebuked him, saying, Hold thy peace, and come out of him.येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्!” त्यस मानिसबाट निस्केर बाहिर आइज!”

26 And the unclean spirit, tearing him and crying with a loud voice, came out of him.त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो।

27 And they were all amazed, insomuch that they questioned among themselves, saying, What is this? a new teaching! with authority he commandeth even the unclean spirits, and they obey him.सबै मानिसहरू छक्क परे, र तिनीहरूले एका-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहेको भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।

28 And the report of him went out straightway everywhere into all the region of Galilee round about.अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जाताततै फैलियो।

29 And straightway, when they were come out of the synagogue, they came into the house of Simon and Andrew, with James and John.येशू अनि उहाँका चेलाहरूले सभाघर छोडनुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र अन्द्रियासको घरमा जानुभयो।

30 Now Simon's wife's mother lay sick of a fever; and straightway they tell him of her:सिमोनकी सासु जरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए।

31 and he came and took her by the hand, and raised her up; and the fever left her, and she ministered unto them.त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै जरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्।

32 And at even, when the sun did set, they brought unto him all that were sick, and them that were possessed with demons.त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए।

33 And all the city was gathered together at the door.शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए।

34 And he healed many that were sick with divers diseases, and cast out many demons; and he suffered not the demons to speak, because they knew him.येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू ससबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।

35 And in the morning, a great while before day, he rose up and went out, and departed into a desert place, and there prayed.भोलिपल्ट बिहान, येशू चाँडै उठनुभयो। उहाँले घर छोडनुभयो, विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो।

36 And Simon and they that were with him followed after him;केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए।

37 and they found him, and say unto him, All are seeking thee.तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन।

38 And he saith unto them, Let us go elsewhere into the next towns, that I may preach there also; for to this end came I forth.येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरु शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।”

39 And he went into their synagogues throughout all Galilee, preaching and casting out demons.अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो।येशूद्वारा एकजना रोगी निको भयो

40 And there cometh to him a leper, beseeching him, and kneeling down to him, and saying unto him, If thou wilt, thou canst make me clean.एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।

41 And being moved with compassion, he stretched forth his hand, and touched him, and saith unto him, I will; be thou made clean.येशूलाई त्यस मानिसप्रति दया लग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।”

42 And straightway the leprosy departed from him, and he was made clean.त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।

43 And he strictly charged him, and straightway sent him out,येशूले त्यस मानिसलाई जाने आज्ञा दिनुभयो। उहाँले त्यसलाई कडा चेतावनी पनि दिनुभयो।

44 and saith unto him, See thou say nothing to any man: but go show thyself to the priest, and offer for thy cleansing the things which Moses commanded, for a testimony unto them.येसूले भन्नुभयो, होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।

45 But he went out, and began to publish it much, and to spread abroad the matter, insomuch that Jesus could no more openly enter into a city, but was without in desert places: and they came to him from every quarter.तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जाताततै सबै मानिसहरूसंग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।

Nepali Bible