Bible

Luke 9 - ASV (Nepali)

1 And he called the twelve together, and gave them power and authority over all demons, and to cure diseases.येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो।

2 And he sent them forth to preach the kingdom of God, and to heal the sick.येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो।

3 And he said unto them, Take nothing for your journey, neither staff, nor wallet, nor bread, nor money; neither have two coats.उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिंडदछौ, साथमा लौरो, खानेकुरा, झोला र पैसा रूपियाँ केही नलैजाऊ।

4 And into whatsoever house ye enter, there abide, and thence depart.कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस।

5 And as many as receive you not, when ye depart from that city, shake off the dust from your feet for a testimony against them.यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”

6 And they departed, and went throughout the villages, preaching the gospel, and healing everywhere.त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे।

7 Now Herod the tetrarch heard of all that was done: and he was much perplexed, because that it was said by some, that John was risen from the dead;शासक हेरोदले यी सब घटनाहरू थाहा पाए । तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।”

8 and by some, that Elijah had appeared; and by others, that one of the old prophets was risen again.अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरुमा एकजना बौरी उठेका छन्।”

9 And Herod said, John I beheaded: but who is this, about whom I hear such things? And he sought to see him.हेरोदले भने, “मैले यूहन्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” होरोदले येशूलाई हेर्ने प्रयास गरे।

10 And the apostles, when they were returned, declared unto him what things they had done. And he took them, and withdrew apart to a city called Bethsaida.जब प्रेरितहरू र्फकि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानभयो।

11 But the multitudes perceiving it followed him: and he welcomed them, and spake to them of the kingdom of God, and them that had need of healing he cured.तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।

12 And the day began to wear away; and the twelve came, and said unto him, Send the multitude away, that they may go into the villages and country round about, and lodge, and get provisions: for we are here in a desert place.साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।”

13 But he said unto them, Give ye them to eat. And they said, We have no more than five loaves and two fishes; except we should go and buy food for all this people.तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।”प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुई टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?”

14 For they were about five thousand men. And he said unto his disciples, Make them sit down in companies, about fifty each.त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू छन्।उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।”

15 And they did so, and made them all sit down.त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईमा बसे।

16 And he took the five loaves and the two fishes, and looking up to heaven, he blessed them, and brake; and gave to the disciples to set before the multitude.येशूले पाँचवटा रोटी र दुइवटा माछा लिए। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकूरा टुक्रा टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँडन प्रेरितहरूलाई आह्राउनु भयो।

17 And they ate, and were all filled: and there was taken up that which remained over to them of broken pieces, twelve baskets.सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरीभयो।

18 And it came to pass, as he was praying apart, the disciples were with him: and he asked them, saying, Who do the multitudes say that I am?एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?”

19 And they answering said, John the Baptist; but others `say', Elijah; and others, that one of the old prophets is risen again.चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।”

20 And he said unto them, But who say ye that I am? And Peter answering said, The Christ of God.त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हूँ?”पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”

21 But he charged them, and commanded `them' to tell this to no man;येशूले यो कूरा कसैलाई नभन्न भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।

22 saying, The Son of man must suffer many things, and be rejected of the elders and chief priests and scribes, and be killed, and the third day be raised up.त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।”

23 And he said unto all, If any man would come after me, let him deny himself, and take up his cross daily, and follow me.येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्‌याउनु पर्छ।

24 For whosoever would save his life shall lose it; but whosoever shall lose his life for my sake, the same shall save it.जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ।

25 For what is a man profited, if he gain the whole world, and lose or forfeit his own self?किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैलाई नोकसानमा पार्छ अथवा हराउँछ?

26 For whosoever shall be ashamed of me and of my words, of him shall the Son of man be ashamed, when he cometh in his own glory, and `the glory' of the Father, and of the holy angels.यदि कुनै मानिस म र मेरो वचनसंग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसंग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु।

27 But I tell you of a truth, There are some of them that stand here, who shall in no wise taste of death, till they see the kingdom of God.म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।”

28 And it came to pass about eight days after these sayings, that he took with him Peter and John and James, and went up into the mountain to pray.प्रायः आठ दिनपछि येशूले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो।

29 And as he was praying, the fashion of his countenance was altered, and his raiment `became' white `and' dazzling.जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो।

30 And behold, there talked with him two men, who were Moses and Elijah;दुइजना मानिस त्यहाँ प्रकट भए औ येशूसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए।

31 who appeared in glory, and spake of his decease which he was about to accomplish at Jerusalem.मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो।

32 Now Peter and they that were with him were heavy with sleep: but when they were fully awake, they saw his glory, and the two men that stood with him.पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो।

33 And it came to pass, as they were parting from him, Peter said unto Jesus, Master, it is good for us to be here: and let us make three tabernacles; one for thee, and one for Moses, and one for Elijah: not knowing what he said.जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरूज्यू, हामीलाई यहीं बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ।

34 And while he said these things, there came a cloud, and overshadowed them: and they feared as they entered into the cloud.पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यूहन्ना बादले ढाकेको देखी डराए।

35 And a voice came out of the cloud, saying, This is my Son, my chosen: hear ye him.बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”

36 And when the voice came, Jesus was found alone. And they held their peace, and told no man in those days any of the things which they had seen.जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।

37 And it came to pass, on the next day, when they were come down from the mountain, a great multitude met him.भोलिपल्ट येशू, पत्रुस, याकूब र यूहन्ना पाहाडबाट तल झरे। मानिसको ठूलो भीड उहाँलाई भेट्न आयो।

38 And behold, a man from the multitude cried, saying, Teacher, I beseech thee to look upon my son; for he is mine only child:भीडबाट एकजनाले चिच्याएर येशूलाई भने, “हेगुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो।

39 and behold, a spirit taketh him, and he suddenly crieth out; and it teareth him that he foameth, and it hardly departeth from him, bruising him sorely.शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफुमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट आत्माले संधै कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन।

40 And I besought thy disciples to cast it out; and they could not.मैले तपाईंको चेलाहरूलाई पनि त्यसबाट दुष्ट आत्मा निकाली दिनु भनें तर तिनीहरूले त्यसो गर्न सेकेनन्।”

41 And Jesus answered and said, O faithless and perverse generation, how long shall I be with you, and bear with you? bring hither thy son.येशूले उत्तर दिनुभयो, “अविश्वासी र भडकिएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसंग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”

42 And as he was yet a coming, the demon dashed him down, and tare `him' grievously. But Jesus rebuked the unclean spirit, and healed the boy, and gave him back to his father.जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यहीं भूँइमा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशूले त्यस दुष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई पारी बाबुलाई सुम्पि दिनु भयो।

43 And they were all astonished at the majesty of God. But while all were marvelling at all the things which he did, he said unto his disciples,परमेश्वरको महान शक्ति देखेर सबै मानिसहरू आश्चर्य चकित भए।येशूले गरेका चीजहरूदेखि मानिसहरू अझ सम्म आश्चर्य चकित थिए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो,

44 Let these words sink into your ears: for the Son of man shall be delivered up into the hands of men.“अब म तिमीहरूलाई जे भन्दैछु कहिल्यै नबिर्सनु मानिसका पुत्रलाई केही मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।”

45 But they understood not this saying, and it was concealed from them, that they should not perceive it; and they were afraid to ask him about this saying.तर चेलाहरू येशूले भन्नुभएको यी कुराहरूको अर्थ केही बुझेनन्। यसको अर्थ तिनीहरूले चेलाहरू त्यस विषयमा उहाँलाई सोध्न डराए।

46 And there arose a reasoning among them, which of them was the greatest.येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले।

47 But when Jesus saw the reasoning of their heart, he took a little child, and set him by his side,येशूले तिनका चेलाहरूले गरेको बहसको विषय बुझि हाल्नु भयो। यसकारण उहाँले एउटा बालकलाई लिनु भयो अनि आफ्नो छेउमा उभ्याउनु भयो।

48 and said unto them, Whosoever shall receive this little child in my name receiveth me: and whosoever shall receive me receiveth him that sent me: for he that is least among you all, the same is great.अनि आफ्नो चेलाहरूलाई भन्नु भयो, “यदि कसैले मेरो नाम लिएर यस बालकलाई ग्रहण गर्छ भने, त्यसले मलाई पनि ग्रहण गर्छ। अनि कसैले मलाई ग्रहण गर्छ भने उसले ती मलाई पठाउनेलाई ग्रहण गर्छ जुन मानिस तिमीहरू माझ नगन्य छ, उही सब भन्दा महान हो।”

49 And John answered and said, Master, we saw one casting out demons in thy name; and we forbade him, because he followeth not with us.यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।”

50 But Jesus said unto him, Forbid `him' not: for he that is not against you is for you.येशूले यूहन्नालाई भन्नु भयो, ‘‘त्यसलाई नरोक। यदि कुनै मानिस तिम्रो बिरुद्ध छैन भने त्यो तिमी पट्टिनै हुन्छ।‘‘

51 And it came to pass, when the days were well-nigh come that he should be received up, he stedfastly set his face to go to Jerusalem,येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो।

52 and sent messengers before his face: and they went, and entered into a village of the Samaritans, to make ready for him.येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए।

53 And they did not receive him, because his face was `as though he were' going to Jerusalem.तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो।

54 And when his disciples James and John saw `this', they said, Lord, wilt thou that we bid fire to come down from heaven, and consume them?याकूब, यूहन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?”

55 But he turned, and rebuked them.तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो।

56 And they went to another village.त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो।

57 And as they went on the way, a certain man said unto him, I will follow thee whithersoever thou goest.उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसंगै जान्छु।”

58 And Jesus said unto him, The foxes have holes, and the birds of the heaven `have' nests; but the Son of man hath not where to lay his head.येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।”

59 And he said unto another, Follow me. But he said, Lord, suffer me first to go and bury my father.येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग।“तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।”

60 But he said unto him, Leave the dead to bury their own dead; but go thou and publish abroad the kingdom of God.तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाडन देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।”

61 And another also said, I will follow thee, Lord; but first suffer me to bid farewell to them that are at my house.अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।”

62 But Jesus said unto him, No man, having put his hand to the plow, and looking back, is fit for the kingdom of God.येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्तिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।”

Nepali Bible