Bible

Luke 7 - DBY (Nepali)

1 And when he had completed all his words in the hearing of the people, he entered into Capernaum.जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो।

2 And a certain centurion's bondman who was dear to him was ill and about to die;कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो।

3 and having heard of Jesus, he sent to him elders of the Jews, begging him that he might come and save his bondman.जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो।

4 But they, being come to Jesus, besought him diligently, saying, He is worthy to whom thou shouldest grant this,ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ।”

5 for he loves our nation, and himself has built the synagogue for us.तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”

6 And Jesus went with them. But already, when he was not far from the house, the centurion sent to him friends, saying to him, Lord, do not trouble thyself, for I am not worthy that thou shouldest enter under my roof.यसकारण येशू ती मानिसहरूसंग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, हे प्रभु, तपाईं मोरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन।

7 Wherefore neither did I count myself worthy to come to thee. But say by a word and my servant shall be healed.यसकारण म आफैं पनि तपाँईकहाँ मानसंगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ।

8 For *I* also am a man placed under authority, having under myself soldiers, and I say to this [one], Go, and he goes; and to another, Come, and he comes; and to my bondman, Do this, and he does [it].तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्दछु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्दछु, ‘यो गर’, अनि त्यसले गर्छ।”

9 And Jesus hearing this wondered at him, and turning to the crowd following him said, I say to you, Not even in Israel have I found so great faith.जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।”

10 And they who had been sent returning to the house found the bondman, who was ill, in good health.येशूलाई बोलाउन गएका सबै मानिसहरू घर र्फकिए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।

11 And it came to pass afterwards he went into a city called Nain, and many of his disciples and a great crowd went with him.अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ संगै गहरहेका थिए।

12 And as he drew near to the gate of the city, behold, a dead man was carried out, the only son of his mother, and she a widow, and a very considerable crowd of the city [was] with her.जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासंग थिए।

13 And the Lord, seeing her, was moved with compassion for her, and said to her, Weep not;जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।”

14 and coming up he touched the bier, and the bearers stopped. And he said, Youth, I say to thee, Wake up.येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।”

15 And the dead sat up and began to speak; and he gave him to his mother.त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।

16 And fear seized on all, and they glorified God, saying, A great prophet has been raised up amongst us; and God has visited his people.सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”

17 And this report went out in all Judaea concerning him, and in all the surrounding country.उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।

18 And the disciples of John brought him word concerning all these things:यूहन्नाका चेलाहरुले यी सब घटनाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए।

19 and John, having called two of his disciples, sent to Jesus, saying, Art *thou* he that is coming, or are we to wait for another?यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”

20 But the men having come to him said, John the baptist has sent us to thee, saying, Art *thou* he that is coming, or are we to wait for another?त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?”

21 In that hour he healed many of diseases and plagues and evil spirits, and to many blind he granted sight.त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो।

22 And Jesus answering said to them, Go, bring back word to John of what ye have seen and heard: that blind see, lame walk, lepers are cleansed, deaf hear, dead are raised, poor are evangelized;अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँडन थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।

23 and blessed is whosoever shall not be offended in me.कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।”

24 And the messengers of John having departed, he began to speak to the crowds concerning John: What went ye out into the wilderness to behold? a reed shaken by the wind?जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई?

25 But what went ye out to see? a man clothed in delicate garments? Behold, those who are in splendid clothing and live luxuriously are in the courts of kings.मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्।

26 But what went ye out to see? a prophet? Yea, I say to you, and [what is] more excellent than a prophet.साँच्चै, तिमीहरू यहाँ के हेर्न आयौ? एकजना अगमक्ता? अँ, म तिमीहरूलाई भन्दछु, यूहन्ना अगमवक्ताभन्दा पनि श्रेष्ठ हुन्।

27 This is he concerning whom it is written, Behold, *I* send my messenger before thy face, who shall prepare thy way before thee;उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छःसुन! म मेरो सहयोगीलाई तिम्रो अघि पठाउँछु। जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ।द्भ्य मलकी

28 for I say unto you, Among them that are born of women a greater [prophet] is no one than John [the baptist]; but he who is a little one in the kingdom of God is greater than he.तिमीहरूलाई भन्दछु, यूहन्नानै अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुन् तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।”

29 (And all the people who heard [it], and the tax-gatherers, justified God, having been baptised with the baptism of John;जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए । ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो।

30 but the Pharisees and the lawyers rendered null as to themselves the counsel of God, not having been baptised by him.)तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे।

31 To whom therefore shall I liken the men of this generation, and to whom are they like?“यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्ण गर्नु? तिनीहरू के जस्ता छन्?

32 They are like children sitting in the market-place, and calling one to another and saying, We have piped to you, and ye have not danced; we have mourned to you, and ye have not wept.यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन्हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौं, हामीले बिलौनाका गीत गायौं तर तिमीहरू रोएनौ।

33 For John the baptist has come neither eating bread nor drinking wine, and ye say, He has a demon.बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, उसलाई भूत लागेको छ।’

34 The Son of man has come eating and drinking, and ye say, Behold an eater and wine-drinker, a friend of tax-gatherers and sinners;मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।

35 and wisdom has been justified of all her children.तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”

36 But one of the Pharisees begged him that he would eat with him. And entering into the house of the Pharisee he took his place at table;फरिसीहरूमध्ये एकले येशू संगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरष्ठ्वमा गए अनि खानु बसे।

37 and behold, a woman in the city, who was a sinner, and knew that he was sitting at meat in the house of the Pharisee, having taken an alabaster box of myrrh,त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाडामा केही सुगन्धितबस्तु लिएर आई।

38 and standing at his feet behind [him] weeping, began to wash his feet with tears; and she wiped them with the hairs of her head, and kissed his feet, and anointed [them] with the myrrh.त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।

39 And the Pharisee who had invited him, seeing it, spoke with himself saying, This [person] if he were a prophet would have known who and what the woman is who touches him, for she is a sinner.त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।”

40 And Jesus answering said to him, Simon, I have somewhat to say to thee. And he says, Teacher, say [it].येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।”शिमोनले भने, “तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू!”

41 There were two debtors of a certain creditor: one owed five hundred denarii and the other fifty;येशूले भन्नुभयो, “त्यहाँ दुईजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए।

42 but as they had nothing to pay, he forgave both of them [their debt]: [say,] which of them therefore will love him most?तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?”

43 And Simon answering said, I suppose he to whom he forgave the most. And he said to him, Thou hast rightly judged.शिमोनले भन्यो, “ मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।”येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”

44 And turning to the woman he said to Simon, Seest thou this woman? I entered into thy house; thou gavest me not water on my feet, but *she* has washed my feet with tears, and wiped them with her hair.त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यष्ठ्वौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।

45 Thou gavest me not a kiss, but *she* from the time I came in has not ceased kissing my feet.तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई।

46 My head with oil thou didst not anoint, but *she* has anointed my feet with myrrh.तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई।

47 For which cause I say to thee, Her many sins are forgiven; for she loved much; but he to whom little is forgiven loves little.यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”

48 And he said to her, Thy sins are forgiven.त्यसपछि येशूले स्त्रीलाई भन्नु भयो, “तिम्रो पापहरू क्षमा भएको छ।”

49 And they that were with [them] at table began to say within themselves, Who is this who forgives also sins?खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”

50 And he said to the woman, Thy faith has saved thee; go in peace.येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई रक्षा गरयो। अब तिमी शान्तिसाथ जाऊ।”

Nepali Bible