Luke 7 - BBE (Nepali)
1 After he had come to the end of all his words in the hearing of the people, he went into Capernaum.जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो।
2 And a certain captain had a servant who was very dear to him; this servant was ill and near to death.कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो।
3 And when news of Jesus came to his ears, he sent to him rulers of the Jews, requesting that he would come and make his servant well.जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो।
4 And they, when they came to Jesus, made their request warmly, saying,ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ।”
5 It is right for you to do this for him, because he is a friend to our nation, and himself has put up a Synagogue for us.तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”
6 And Jesus went with them. And when he was not far from the house, the man sent friends to him, saying, Lord, do not give yourself trouble: for I am not important enough for you to come into my house:यसकारण येशू ती मानिसहरूसंग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, हे प्रभु, तपाईं मोरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन।
7 And I had the feeling that I was not even good enough to come to you: but say the word only, and my servant will be well.यसकारण म आफैं पनि तपाँईकहाँ मानसंगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ।
8 For I, myself, am a man under authority, having men under me; and I say to this one, Go, and he goes; and to another, Come, and he comes; and to my servant, Do this, and he does it.तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्दछु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्दछु, ‘यो गर’, अनि त्यसले गर्छ।”
9 And when these things were said to Jesus, he was surprised, and, turning to the mass of people coming after him, said, I have not seen such great faith, no, not in Israel.जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।”
10 And when those who were sent came back to the house they saw that the servant was well.येशूलाई बोलाउन गएका सबै मानिसहरू घर र्फकिए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।
11 And it came about, after a little time, that he went to a town named Nain; and his disciples went with him, and a great number of people.अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ संगै गहरहेका थिए।
12 Now when he came near the door of the town, a dead man was being taken out, the only son of his mother, who was a widow: and a great number of people from the town were with her.जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासंग थिए।
13 And when the Lord saw her, he had pity on her and said to her, Be not sad.जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।”
14 And he came near, and put his hand on the stretcher where the dead man was: and those who were moving it came to a stop. And he said, Young man, I say to you, Get up.येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।”
15 And the dead man got up, and words came from his lips. And he gave him to his mother.त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।
16 And fear came on all, and they gave praise to God, saying, A great prophet is among us: and, God has given thought to his people.सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”
17 And this story about him went through all Judaea and the places round about.उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।
18 And the disciples of John gave him an account of all these things.यूहन्नाका चेलाहरुले यी सब घटनाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए।
19 Then John sent two of his disciples to the Lord, saying, Are you he who is to come, or are we waiting for another?यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”
20 And when the men came to him they said, John the Baptist has sent us to you, saying, Are you he who is to come, or are we waiting for another?त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?”
21 At that time, he made a number of people free from their diseases and their pains, and from evil spirits; and to others who were blind he gave back the use of their eyes.त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो।
22 And answering them he said, Go back and give news to John of what you have seen, and the things which have come to your ears; the blind now see, those who had no power in their legs are walking, lepers are made clean, those who had no hearing now have their ears open, dead men come to life again, and the poor have the good news given to them.अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँडन थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।
23 And a blessing will be on him who has no doubts about me.कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।”
24 And when the men who were sent by John had gone away, he said to the people, about John, What did you go out into the waste land to see? a tall stem moving in the wind?जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई?
25 But what did you go out to see? a man in soft clothing? See now, those who have beautiful clothing and delicate food are in kings' houses.मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्।
26 But what did you go out to see? a prophet? Yes, I say to you, and more than a prophet.साँच्चै, तिमीहरू यहाँ के हेर्न आयौ? एकजना अगमक्ता? अँ, म तिमीहरूलाई भन्दछु, यूहन्ना अगमवक्ताभन्दा पनि श्रेष्ठ हुन्।
27 This is he of whom it has been said, See, I send my servant before your face, who will make ready your way before you.उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छःसुन! म मेरो सहयोगीलाई तिम्रो अघि पठाउँछु। जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ।द्भ्य मलकी
28 I say to you, Among all the sons of women, not one is greater than John: but he who is least in the kingdom of God is greater than he.तिमीहरूलाई भन्दछु, यूहन्नानै अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुन् तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।”
29 (And all the people, and the tax-farmers, to whom John had given baptism, when they had knowledge of these things, gave glory to God.जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए । ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो।
30 But the Pharisees and the teachers of the law were against the purpose of God for themselves, not having had his baptism.)तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे।
31 What comparison am I to make of the men of this generation? what are they like?“यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्ण गर्नु? तिनीहरू के जस्ता छन्?
32 They are like children who are seated in the market-place, crying out to one another, and saying, We made music for you, but you did not take part in the dance; we gave cries of sorrow, but you were not sad.यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन्हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौं, हामीले बिलौनाका गीत गायौं तर तिमीहरू रोएनौ।
33 For John the Baptist came, taking no food or drink, and you say, He has an evil spirit.बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, उसलाई भूत लागेको छ।’
34 The Son of man came feasting, and you say, Here is a lover of food and wine, a friend of tax-farmers and sinners.मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।
35 But wisdom is judged to be right by all her children.तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”
36 And one of the Pharisees made a request that he would take a meal with him. And he went into the Pharisee's house and took his seat at the table.फरिसीहरूमध्ये एकले येशू संगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरष्ठ्वमा गए अनि खानु बसे।
37 And there was a woman in the town who was a sinner; and when she had news that he was a guest in the Pharisee's house, she took a bottle of perfume,त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाडामा केही सुगन्धितबस्तु लिएर आई।
38 And went in and took her place at the back of him, near his feet, weeping, so that his feet were washed with the drops from her eyes, and with her hair she made them dry, and kissing his feet she put the perfume on them.त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।
39 Now when the Pharisee in whose house he was saw it, he said to himself, This man, if he was a prophet, would be conscious what sort of woman this is who has put her hands on him, that she is a sinner.त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।”
40 And Jesus, answering, said, Simon, I have something to say to you. And he said, Master, say on.येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।”शिमोनले भने, “तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू!”
41 And he said, Two men were in debt to a certain man of business: one had a debt of five hundred pence, and the other of fifty.येशूले भन्नुभयो, “त्यहाँ दुईजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए।
42 When they were unable to make payment, he made the two of them free of their debts. Which of them, now, will have the greater love for him?तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?”
43 Simon, in answer, said, It seems he whose debt was greater. And he said, Your decision is right.शिमोनले भन्यो, “ मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।”येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”
44 And turning to the woman he said to Simon, You see this woman? I came into your house; you did not give me water for my feet: but she has been washing my feet with the drops from her eyes, and drying them with her hair.त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यष्ठ्वौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।
45 You did not give me a kiss: but she, from the time when I came in, has gone on kissing my feet.तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई।
46 You put no oil on my head: but she has put perfume on my feet.तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई।
47 And so I say to you, She will have forgiveness for her sins which are great in number, because of her great love: but he who has small need of forgiveness gives little love.यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”
48 And he said to her, You have forgiveness for your sins.त्यसपछि येशूले स्त्रीलाई भन्नु भयो, “तिम्रो पापहरू क्षमा भएको छ।”
49 And those who were seated at table with him said to themselves, Who is this who even gives forgiveness of sins?खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”
50 And he said to the woman, By your faith you have salvation; go in peace.येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई रक्षा गरयो। अब तिमी शान्तिसाथ जाऊ।”
Nepali Bible