Bible

Luke 23 - WEB (Nepali)

1 The whole company of them rose up and brought him before Pilate.त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्योए।

2 They began to accuse him, saying, "We found this man perverting the nation, forbidding paying taxes to Caesar, and saying that he himself is Christ, a king."तिनीहरूले उहाँलाई दोष दिन थाले। तिनीहरूले पिलातसलाई भने, “उहाँले हाम्रा मानिसहरूलाई पथ भ्रष्ट गराँउदै थिए र हामीले उहाँलाई पक्रेकाछौं। उहाँले सिजरलाई कर तिर्नु विरोध गर्नुहुन्छ। उहाँ दावी गर्नु हुन्छ, उहाँ ख्रीष्ट राजा हुनुन्छ।”

3 Pilate asked him, "Are you the King of the Jews?" He answered him, "So you say."पिलातसले यशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?”येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।”

4 Pilate said to the chief priests and the multitudes, "I find no basis for a charge against this man."पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।”

5 But they insisted, saying, "He stirs up the people, teaching throughout all Judea, beginning from Galilee even to this place."तिनीहरूले घरि घरि भने, “तर यो मानिसले! यहूदीयाभरि मानिसहरूलाई उहाँको शिक्षाले उत्तेजित पारी रहेकोछ। उहाँले गालीलमा शुरू गर्नुभयो, अनि अहिले यहीं हुनुहुन्छ।”

6 But when Pilate heard Galilee mentioned, he asked if the man was a Galilean.यो सुने पछि यो मानिस गालीलबाट आएको हो होइन पिलातसले सोधे।

7 When he found out that he was in Herod's jurisdiction, he sent him to Herod, who was also in Jerusalem during those days.पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए।

8 Now when Herod saw Jesus, he was exceedingly glad, for he had wanted to see him for a long time, because he had heard many things about him. He hoped to see some miracle done by him.जब हेरोदले येशूलाई देखे, उनी अत्यन्त खुशी भए। हेरोदले येशूको विषयमा सबै सुनेका थिए। यसैले धेरै दिनदेखि येशूलाई भेट्ने उनको इच्छा थियो। येशूले केही चमत्कार देखाउन् भन्ने हेरोदले आशा गरे।

9 He questioned him with many words, but he gave no answers.हेरोदले उहाँलाई अनेकौं प्रश्नहरू गरे, तर येशूले कुनै उत्तर दिनुभएन।

10 The chief priests and the scribes stood, vehemently accusing him.मुख्य पूजाहारी र व्यवस्थाका शास्त्रीहरू त्यहीं उभिरहेका थिए। तिनीहरू येशूको विरुद्ध दोष लगाएर कराइरहेका थिए।

11 Herod with his soldiers humiliated him and mocked him. Dressing him in luxurious clothing, they sent him back to Pilate.तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए।

12 Herod and Pilate became friends with each other that very day, for before that they were enemies with each other.बितेका दिनाहरूमा हेरोद र पिलातस माझ शत्रुता थियो। तर त्यस दिन ती दुइमाझ मित्रता शुरू भयो।

13 Pilate called together the chief priests and the rulers and the people,पिलातसले मुख्य पूजाहारीहरू र यहूदी शासकहरू

14 and said to them, "You brought this man to me as one that perverts the people, and see, I have examined him before you, and found no basis for a charge against this man concerning those things of which you accuse him.पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उत्तेजित गराइरहेकोछ। तर मैलै तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषरोपनमा मैले उहाँमाथि कुनै दोष पाईन।

15 Neither has Herod, for I sent you to him, and see, nothing worthy of death has been done by him.त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्।

16 I will therefore chastise him and release him."यसकारण, म उहाँलाई हलुका

17 Now he had to release one prisoner to them at the feast.सजाय दिएर छोडिदिनेछु।”

18 But they all cried out together, saying, "Away with this man! Release to us Barabbas!" --तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।”

19 one who was thrown into prison for a certain revolt in the city, and for murder.बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झयालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो।

20 Then Pilate spoke to them again, wanting to release Jesus,पिलातसले येशूलाई मुक्त गर्न चहान्थे। फेरि उनले येशूलाई छोडिदिने बारे तिनीहरूसँग कूरा गरे।

21 but they shouted, saying, "Crucify! Crucify him!"तर तिनीहरू चिच्याइरहे, “उसलाई क्रूसमा झुण्डयाऊ, उसलाई क्रूसमा झुण्डयाऊ।”

22 He said to them the third time, "Why? What evil has this man done? I have found no capital crime in him. I will therefore chastise him and release him."तेस्रोपल्ट पिलातसले मानिसहरूलाई भने, “किन? उहाँले त्यस्तो के गल्ती गर्नु भएको छ? उहाँ दोषी हुनुहुन्न। उहाँलाई मार्नै पर्ने केही कारण भेट्टाइन। यसकारण सामान्य सजाय दिएर म उहाँलाई छोडिदिनेछु।”

23 But they were urgent with loud voices, asking that he might be crucified. Their voices and the voices of the chief priests prevailed.तर येशूलाई क्रूसमा झुण्डाएर मार्नू पर्छ भन्ने विन्ती गर्दै मानिसहरू चिच्याइ रहे।

24 Pilate decreed that what they asked for should be done.तिनीहरू यति साहो चिच्याए कि पिलातसले तिनीहरूको निवेदन पूरा गर्ने निर्णय लिए।

25 He released him who had been thrown into prison for insurrection and murder, for whom they asked, but he delivered Jesus up to their will.मानिसहरू बरब्बासलाई मुक्त गराउन चहान्थे। बरब्बासले मानिसहरूको हत्या गरेको र आतङक फैलाएको आरोपमा कैदमा परेको थियो। पिलातसले बरब्बासलाई मुक्त गिरदिए। तिनीहरूको इच्छा अनुसार जे गर्नु चाहन्थे त्यही गर्नु तिनीहरूलाई येशूलाई तिनले सुम्पिए।

26 When they led him away, they grabbed one Simon of Cyrene, coming from the country, and laid on him the cross, to carry it after Jesus.सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर र्फकिरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिंडन बाध्य गराए।

27 A great multitude of the people followed him, including women who also mourned and lamented him.धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुखी भएर विलाप गरिरहेका थिए।

28 But Jesus, turning to them, said, "Daughters of Jerusalem, don't weep for me, but weep for yourselves and for your children.तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर!

29 For behold, the days are coming in which they will say, 'Blessed are the barren, the wombs that never bore, and the breasts that never nursed.'समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।

30 Then they will begin to tell the mountains, 'Fall on us!' and tell the hills, 'Cover us.'त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, हामीमाथि खस्! अनि पहाडलाई भन्नेछन्, हामीलाई छोप!

31 For if they do these things in the green tree, what will be done in the dry?"जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?”

32 There were also others, two criminals, led with him to be put to death.दूइजना अरू अपराधीहरूलाई पनि उहांसंगै मार्न अघि लगाइएको थियो।

33 When they came to the place that is called The Skull, they crucified him there with the criminals, one on the right and the other on the left.येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।

34 Jesus said, "Father, forgive them, for they don't know what they are doing." Dividing his garments among them, they cast lots.येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।”सिपाहीहरूले चिट्टा उढाएर उनको लुगाहरू बाँडे।

35 The people stood watching. The rulers with them also scoffed at him, saying, "He saved others. Let him save himself, if this is the Christ of God, his chosen one!"मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैलाई बचाउने काम गरोस्?

36 The soldiers also mocked him, coming to him and offering him vinegar,सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए।

37 and saying, "If you are the King of the Jews, save yourself!"ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।”

38 An inscription was also written over him in letters of Greek, Latin, and Hebrew: "THIS IS THE KING OF THE JEWS."क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”

39 One of the criminals who was hanged insulted him, saying, "If you are the Christ, save yourself and us!"एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”

40 But the other answered, and rebuking him said, "Don't you even fear God, seeing you are under the same condemnation?तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ?हामी चाँडै मर्नेछौं।

41 And we indeed justly, for we receive the due reward for our deeds, but this man has done nothing wrong."तिमी र म अपराधी हौ हामीले गर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!”

42 He said to Jesus, "Lord, remember me when you come into your Kingdom."त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”

43 Jesus said to him, "Assuredly I tell you, today you will be with me in Paradise."तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँचो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!”

44 It was now about the sixth hour{Time was counted from sunrise, so the sixth hour was about noon.}, and darkness came over the whole land until the ninth hour.{3:00 PM}अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो।

45 The sun was darkened, and the veil of the temple was torn in two.सूर्यको उज्यालो थिएन! मन्दिरको पर्दा दुइटुक्रा भएर वारपार च्यातियो।

46 Jesus, crying with a loud voice, said, "Father, into your hands I commit my spirit!" Having said this, he breathed his last.येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिंदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो।

47 When the centurion saw what was done, he glorified God, saying, "Certainly this was a righteous man."सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”

48 All the multitudes that came together to see this, when they saw the things that were done, returned home beating their breasts.धेरै मानिसहरू यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गहौं गराए अनि गए।

49 All his acquaintances, and the women who followed with him from Galilee, stood at a distance, watching these things.येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाडा थिए अनि हेरिरहेका थिए।

50 Behold, a man named Joseph, who was a member of the council, a good and righteous manयहूदीहरूको अरमथिया शहरबाट आएको एकजना मानिस थिए। तिनको नाउँ यूसुफ थियो। तिनी असल र धार्मीक मानिस थिए। ऊ परमेश्वरको राज्य आउने भनी र्पखिरहेका थिए। यूसुफ यहूदी महासभाका सदस्य थिए।

51 (he had not consented to their counsel and deed), from Arimathaea, a city of the Jews, who was also waiting for the Kingdom of God:तर तिनले येशूलाई मार्ने अरू यहूदी अगुवाहरूको निर्णयलाई तिनले सहमती दिएका थिएनन्।

52 this man went to Pilate, and asked for Jesus' body.तिनी पिलातसकहाँ येशूको शरीर माग्न गए। पिलातसले तिनलाई येशूको शरीर दिन राजी भए।

53 He took it down, and wrapped it in a linen cloth, and laid him in a tomb that was cut in stone, where no one had ever been laid.अनि यूसुफले क्रूसबाट शरीष्ठ्वरलाई तल ओह्रालेर एउटा लुगाले बेह्रे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन।

54 It was the day of the Preparation, and the Sabbath was drawing near.त्यो तयारीको दिन थियो। जब सूर्य अस्ताउँदै थियो, विश्रामको दिन शुरू हुनेवाला थियो।

55 The women, who had come with him out of Galilee, followed after, and saw the tomb, and how his body was laid.गालीलबाट येशूसंगै आएका स्त्रीहरूले यूसुफलाई पछयाउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे।

56 They returned, and prepared spices and ointments. On the Sabbath they rested according to the commandment.त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।

Nepali Bible