Bible

Luke 1 - DBY (Nepali)

1 Forasmuch as many have undertaken to draw up a relation concerning the matters fully believed among us,प्रिय थियोफिलस, किनभने धेरै मानिलहरूले हाम्रा बीचमा घटेका घटनाहरूकाबिषयमा इतिहास लेख्ने चेष्टा गरेका छन्।

2 as those who from the beginning were eye-witnesses of and attendants on the Word have delivered them to us,तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरूदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्।

3 it has seemed good to *me* also, accurately acquainted from the origin with all things, to write to thee with method, most excellent Theophilus,हे माननीय म आफैंले शुरूदेखि नै होशियार साथ सबै कुराहरूको अध्ययन गरेको छु। त्यसैले, मैले सोचें मैले पनि तिमाहरूको लागि क्रमानुसार यी कुराहरू लेख्नै पर्छ। यसैले, मैले

4 that thou mightest know the certainty of those things in which thou hast been instructed.तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु।

5 There was in the days of Herod, the king of Judaea, a certain priest, by name Zacharias, of the course of Abia, and his wife of the daughters of Aaron, and her name Elizabeth.यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो।

6 And they were both just before God, walking in all the commandments and ordinances of the Lord blameless.ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए।

7 And they had no child, because Elizabeth was barren, and they were both advanced in years.तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए।

8 And it came to pass, as he fulfilled his priestly service before God in the order of his course,जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। परमेश्वर

9 it fell to him by lot, according to the custom of the priesthood, to enter into the temple of the Lord to burn incense.पूजाहारीहरूले संधैं एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो।

10 And all the multitude of the people were praying without at the hour of incense.त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए।

11 And an angel of [the] Lord appeared to him, standing on the right of the altar of incense.त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए।

12 And Zacharias was troubled, seeing [him], and fear fell upon him.जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए।

13 But the angel said to him, Fear not, Zacharias, because thy supplication has been heard, and thy wife Elizabeth shall bear thee a son, and thou shalt call his name John.ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु।

14 And he shall be to thee joy and rejoicing, and many shall rejoice at his birth.तिनेले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै धेरै मानिसहरूमा सुख ल्याउनेछ।

15 For he shall be great before [the] Lord, and he shall drink no wine nor strong drink; and he shall be filled with [the] Holy Spirit, even from his mother's womb.परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैन। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।

16 And many of the sons of Israel shall he turn to [the] Lord their God.तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरू परमेश्वरतिर खिंच्ने माध्यम हुनेछन्।

17 And *he* shall go before him in [the] spirit and power of Elias, to turn hearts of fathers to children, and disobedient ones to [the] thoughts of just [men], to make ready for [the] Lord a prepared people.तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।”

18 And Zacharias said to the angel, How shall I know this, for *I* am an old man, and my wife advanced in years?जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँचो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बुढी नै छिन्?

19 And the angel answering, said to him, *I* am Gabriel, who stand before God, and I have been sent to speak to thee, and to bring these glad tidings to thee;ती स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्वरको अघि खडा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरा गर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो।

20 and behold, thou shalt be silent and not able to speak, till the day in which these things shall take place, because thou hast not believed my words, the which shall be fulfilled in their time.अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किन? किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैर्नों।”

21 And the people were awaiting Zacharias, and they wondered at his delaying in the temple.बाहिरपट्टि, मानिसहरूले जकरियालाई र्पखिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए।

22 But when he came out he could not speak to them, and they recognised that he had seen a vision in the temple. And he was making signs to them, and continued dumb.त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे।

23 And it came to pass, when the days of his service were completed, he departed to his house.जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे।

24 Now after these days, Elizabeth his wife conceived, and hid herself five months, saying,केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्,

25 Thus has [the] Lord done to me in [these] days in which he looked upon [me] to take away my reproach among men.हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।”

26 But in the sixth month, the angel Gabriel was sent of God to a city of Galilee, of which [the] name [was] Nazareth,इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गब्रिएल नाउँ गरेको दुतलाई पठाउनु भयो।

27 to a virgin betrothed to a man whose name [was] Joseph, of the house of David; and the virgin's name [was] Mary.तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो।

28 And the angel came in to her, and said, Hail, [thou] favoured one! the Lord [is] with thee: [blessed art *thou* amongst women].ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।”

29 But she, [seeing] [the angel], was troubled at his word, and reasoned in her mind what this salutation might be.तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”

30 And the angel said to her, Fear not, Mary, for thou hast found favour with God;ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ।

31 and behold, thou shalt conceive in the womb and bear a son, and thou shalt call his name Jesus.सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु।

32 *He* shall be great, and shall be called Son of [the] Highest; and [the] Lord God shall give him the throne of David his father;उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।

33 and he shall reign over the house of Jacob for the ages, and of his kingdom there shall not be an end.उहाँले याकूबका घरानामाथि सँधैंका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”

34 But Mary said to the angel, How shall this be, since I know not a man?मरियमले ती स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, यस्तो कसरी हुन सक्छ?”

35 And the angel answering said to her, [The] Holy Spirit shall come upon thee, and power of [the] Highest overshadow thee, wherefore the holy thing also which shall be born shall be called Son of God.ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाकनेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ।

36 And behold, Elizabeth, thy kinswoman, she also has conceived a son in her old age, and this is the sixth month to her that was called barren:यस विषयमा ध्यान देऊः तिम्रो आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था वृद्ध अनि बाँझी कहलाइए पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्।

37 for nothing shall be impossible with God.किनभने परमेश्वर जस्तै कुरो पनि गर्न सक्नुहुन्छ।”

38 And Mary said, Behold the bondmaid of [the] Lord; be it to me according to thy word. And the angel departed from her.मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि घट्न सक्छ।” त्यसपछि दूत उनीबाट विदा भए।

39 And Mary, rising up in those days, went into the hill country with haste, to a city of Judah,लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गइन्।

40 and entered into the house of Zacharias, and saluted Elizabeth.तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्।

41 And it came to pass, as Elizabeth heard the salutation of Mary, the babe leaped in her womb; and Elizabeth was filled with [the] Holy Spirit,जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्।

42 and cried out with a loud voice and said, Blessed [art] *thou* amongst women, and blessed the fruit of thy womb.तिनले जोरले चिच्याएर भनीन्, “अरू स्त्रीहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ।

43 And whence [is] this to me, that the mother of my Lord should come to me?यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु परयो?

44 For behold, as the voice of thy salutation sounded in my ears, the babe leaped with joy in my womb.जब मैले तिम्रो अभिवादन सुने, मेरो गर्भमा भएको बालक र्हषले उफ्रि्यो।

45 And blessed [is] she that has believed, for there shall be a fulfilment of the things spoken to her from [the] Lord.तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”

46 And Mary said, My soul magnifies the Lord,त्यसपछि मरियमले भनिन्

47 and my spirit has rejoiced in God my Saviour.मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ, अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।

48 For he has looked upon the low estate of his bondmaid; for behold, from henceforth all generations shall call me blessed.किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो, अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,

49 For the Mighty One has done to me great things, and holy [is] his name;किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ। उहाँकोे नाउँ पवित्र होस्।

50 and his mercy [is] to generations and generations to them that fear him.जसले परमेश्वरलाई उपासना गर्छ उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।

51 He has wrought strength with his arm; he has scattered haughty [ones] in the thought of their heart.उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ। उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।

52 He has put down rulers from thrones, and exalted the lowly.उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ।

53 He has filled the hungry with good things, and sent away the rich empty.उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ। तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।

54 He has helped Israel his servant, in order to remember mercy,उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनष्ठ्वु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।

55 (as he spoke to our fathers,) to Abraham and to his seed for ever.उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”

56 And Mary abode with her about three months, and returned to her house.मरियम इलीशिबा संग प्रायः तीन महीनासम्म बसिन्।त्यसपछि घर र्फकिन्।

57 But the time was fulfilled for Elizabeth that she should bring forth, and she gave birth to a son.इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्।

58 And her neighbours and kinsfolk heard that [the] Lord had magnified his mercy with her, and they rejoiced with her.तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसंग खुशी थिए।

59 And it came to pass on the eighth day they came to circumcise the child, and they called it after the name of his father, Zacharias.बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबूको नाउँ थियो।

60 And his mother answering said, No; but he shall be called John.तर उसकी आमाले भनिन्, होइन, उसको नाउँ यूहन्ना हुनेछ।”

61 And they said to her, There is no one among thy kinsfolk who is called by this name.मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।”

62 And they made signs to his father as to what he might wish it to be called.त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?”

63 And having asked for a writing-table, he wrote saying, John is his name. And they all wondered.जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे।

64 And his mouth was opened immediately, and his tongue, and he spake, blessing God.त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्‌यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे।

65 And fear came upon all who dwelt round about them; and in the whole hill-country of Judaea all these things were the subject of conversation.अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले।

66 And all who heard them laid them up in their heart, saying, What then will this child be? And [the] Lord's hand was with him.जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो।जकरियाद्वारा परमेश्वरको प्रशंसा

67 And Zacharias his father was filled with [the] Holy Spirit, and prophesied, saying,त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः

68 Blessed be [the] Lord the God of Israel, because he has visited and wrought redemption for his people,इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।

69 and raised up a horn of deliverance for us in the house of David his servant;परमेश्वरकै सेवक दाऊदका बंशबाट उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।

70 as he spoke by [the] mouth of his holy prophets, who have been since the world began;उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ। धेरै अघिनै उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो।

71 deliverance from our enemies and out of the hand of all who hate us;उहाले हामीलाई शत्रुहरूदेखि अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ।

72 to fulfil mercy with our fathers and remember his holy covenant,उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ। उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।

73 [the] oath which he swore to Abraham our father,उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएकोछ।

74 to give us, that, saved out of the hand of our enemies, we should serve him without fearउहाँले हामीलाई हाम्रो शत्रुहरूको पञ्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ।

75 in piety and righteousness before him all our days.जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अघि सही मार्गमा रहनेछौं।

76 And *thou*, child, shalt be called [the] prophet of [the] Highest; for thou shalt go before the face of [the] Lord to make ready his ways;ए बालक तिमी महामहिमाको अगमवक्ता कहलाइनेछौ। उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ।

77 to give knowledge of deliverance to his people by [the] remission of their sinsतिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो जान्न दिनेछौ।

78 on account of [the] bowels of mercy of our God; wherein [the] dayspring from on high has visited us,परमेश्वरको प्रेमपूर्ण करूणा पाएर हाम्रा निम्ति स्वर्गबाट एउटा नयाँ उज्यालो दिन चम्कनेछ।

79 to shine upon them who were sitting in darkness and in [the] shadow of death, to guide our feet into [the] way of peace.उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मदत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”

80 -- And the child grew and was strengthened in spirit; and he was in the deserts until the day of his shewing to Israel.यसरी नै ती बालक बढदै गए र आत्मामा शक्तिमान हुँदै गए। जबसम्म इस्राएलमा मानिसहरूलाई शिक्षा दिन तिनी आएनन् त्यत्तिबेला सम्म यूहन्ना मानिसहरूदेखि टाडा भएर बसे।

Nepali Bible