Bible

Leviticus 7 - WBT (Nepali)

1 Likewise this is the law of the trespass-offering: it is most holy.“दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ।

2 In the place where they kill the burnt-offering shall they kill the trespass-offering: and the blood of it shall he sprinkle around upon the altar.जहाँ सबै होमबलि मारिन्छ त्यही ठाउँमा दोषबलिको पनि त्यही गरियोस्। अनि वेदीको वरीपरि सबैतिर त्यसको रगत छर्कोस्।

3 And he shall offer of it all its fat; the rump, and the fat that covereth the inwards,“त्यसको सबै बोसो, बोसे पुच्छर, आन्द्रा भुँडी छोप्ने बोसो,

4 And the two kidneys, and the fat that is on them, which is by the flanks, and the caul that is above the liver, with the kidneys, that shall he take away:दुवै मृगौला र त्यसमाथि भएको बोसो, मिगौलासमेत मांशपेशीको तल्लो भागको बोसो अनि कलेजालाई ढाक्ने मासु मृगैला सितै निकाल्नु पर्छ र चढाउनु पर्छ।

5 And the priest shall burn them upon the altar for an offering made by fire to the LORD: it is a trespass-offering.पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति कै वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ।

6 Every male among the priests shall eat of it: it shall be eaten in the holy place: it is most holy.“अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ।

7 As the sin-offering is, so is the trespass-offering: there is one law for them: the priest that maketh atonement with it shall have it.दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो।

8 And the priest that offereth any man's burnt-offering, even the priest shall have to himself the skin of the burnt-offering which he hath offered.जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ।

9 And all the meat-offering that is baked in the oven, and all that is dressed in the frying-pan, and in the pan, shall be the priest's that offereth it.अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ।

10 And every meat-offering mingled with oil, and dry, shall all the sons of Aaron have, one as much as another.तर अर्को अन्नबलि जो तेलमा मिसाएर अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हारूनका छोराहरूको हुन्छ।मेलबलिहरू

11 And this is the law of the sacrifice of peace-offerings, which he shall offer to the LORD.“परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने,

12 If he shall offer it for a thanksgiving, then he shall offer with the sacrifice of thanksgiving unleavened cakes mingled with oil, and unleavened wafers anointed with oil, and cakes mingled with oil, of fine flour, fried.उसले उसको धन्यवाद बलिसित खमीर नहाली तेलमा मुछेको रोटी, खमीर नहाली तेल दलेको बाबर रोटी र तेलमा डुबाएको शुद्ध पीठोको फुलौरा चढाओस्।

13 Besides the cakes, he shall offer for his offering, leavened bread, with the sacrifice of thanksgiving of his peace-offerings.उसले मेलबलिसित धन्यवादको भेटी खमीर मिसाएको रोटी पनि चढाओस्। यसबाट उसले परमप्रभुलाई प्रत्येक एक एकवटा उपहार चढाउनेछ।

14 And of it he shall offer one out of the whole oblation for a heave-offering to the LORD, and it shall be the priest's that sprinkleth the blood of the peace-offerings.मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छ यो बलि उसैको हुन्छ।

15 And the flesh of the sacrifice of his peace-offerings for thanksgiving shall be eaten the same day that it is offered; he shall not leave any of it until the morning.धन्यवादको निम्ति मेल बलिको मासु त्यही बलि चढाएकै दिन खाई सक्नुपर्छ। यसको कुनै अंश अर्को बिहान सम्म रहनुहुँदैन।

16 But if the sacrifice of his offering shall be a vow or a voluntary offering, it shall be eaten the same day that he offereth his sacrifice: and on the morrow also the remainder of it shall be eaten:“यदि उसको बलि परमप्रभुअघि विशेष भाकल पूरा गर्नु राखिएको अथवा परमप्रभुलाई भेटी चढाएको अर्थ लाग्छ। तब बलिदान त्यही दिन खानुपर्छ जहिले बलि चढाइन्छ अनि रहेको अर्को दिन खानु सकिन्छ।

17 But the remainder of the flesh of the sacrifice on the third day shall be burnt with fire.तर यदि केही मासु तेस्रो दिनसम्म रहे आगोमा जलाउनुपर्छ।

18 And if any of the flesh of the sacrifice of his peace-offerings shall be eaten at all on the third day, it shall not be accepted, neither shall it be imputed to him that offereth it; it shall be an abomination, and the soul that eateth of it shall bear his iniquity.यदि मेलबलिको मासु तेस्रो दिनमा खाए, त्यो स्वीकृत हुने छैन, त्यो एउटा चढाउनेको निम्ति केही गनिने छैन यो अशुद्ध भएको छ। मानिस दोषी हुनेछ अनि जसले यसलाई खान्छ दण्ड पाउँनेछ।

19 And the flesh that toucheth any unclean thing shall not be eaten; it shall be burnt with fire: and as for the flesh, all that shall be clean shall eat of it.“कुनै अशुद्ध कुरोले छोएको मासु खान हुँदैन। त्यसलाई आगोमा जलाउनु पर्छ। अनि अरू शुद्ध मानिस जति छन् तिनीहरूले मेल बलिबाट मासु खान सक्छन्।

20 But the soul that eateth of the flesh of the sacrifice of peace-offerings that pertain to the LORD, having his uncleanness upon him, even that soul shall be cut off from his people.तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्‌याउनु पर्छ।

21 Moreover, the soul that shall touch any unclean thing, as the uncleanness of man, or any unclean beast, or any abominable unclean thing, and eat of the flesh of the sacrifice of peace-offerings which pertain to the LORD, even that soul shall be cut off from his people.“जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।”

22 And the LORD spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

23 Speak to the children of Israel, saying, Ye shall eat no manner of fat, of ox, or of sheep, or of goat.“इस्राएली मानिसहरूलाई भन, तिमीहरूले साँढे, भेडा अथवा बाख्राहरूको बोसो खानु हुँदैन।

24 And the fat of the beast that dieth of itself, and the fat of that which is torn with beasts, may be used for any other purpose; but ye shall in no wise eat of it.तिमीहरूले आफैं मरेको पशु अथवा जंगली जानवरहरूले मारेको पशु अन्य कुनै काममा लाग्न सक्छ, तर तिमीहरूले खानु हुँदैन।

25 For whoever eateth the fat of the beast, of which men offer an offering made by fire to the LORD, even the soul that eateth it shall be cut off from his people.परमप्रभुलाई चढाएको पशुको बोसो जुन मानिसले खान्छ उसलाई उसका मानिसहरूबाट अलग्ग गराउनुपर्छ।

26 Moreover, ye shall eat no manner of blood, whether of fowl or of beast, in any of your dwellings.“चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु।

27 Whatever soul it may be that eateth any manner of blood, even that soul shall be cut off from his people.यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।”

28 And the LORD spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

29 Speak to the children of Israel, saying, He that offereth the sacrifice of his peace-offerings to the LORD, shall bring his oblation to the LORD of the sacrifice of his peace-offerings.“इस्राएलका मानिसहरूलाई भन, ‘जसले मेलबलि चढाउँछ, उसले बलिको निम्ति उपहार आफैं लिएर आउनुपर्छ।

30 His own hands shall bring the offerings of the LORD made by fire, the fat with the breast, that shall he bring, that the breast may be waved for a wave-offering before the LORD.परमप्रभुलाई चढाउने भेटी आफ्नो हातमा लिएर परमप्रभुअघि छातीको ह्याकुलो बोसोसमेत डोलाउने बलिको रूपमा चढाउनुपर्छ।

31 And the priest shall burn the fat upon the altar: but the breast shall be Aaron's and his sons'.पूजाहारीले बोसो वेदीमा जलाउनु पर्छ तर हारून र उनका छोराहरूको हुन्छ।

32 And the right shoulder shall ye give to the priest for a heave-offering of the sacrifices of your peace-offerings.मेलबलिको निम्ति चढाएको बलिको दाहिने फिला चाहि पूजाहारीलाई दिइयोस्।

33 He among the sons' of Aaron that offereth the blood of the peace-offerings, and the fat, shall have the right shoulder for his part.हारूनका छोराहरू मध्ये एक जना पूजाहारी जसले आफ्नो भागबाट मेलबलिको रगत र बोसो चढाउँछ। मेलबलिको दाहिने फिला चाँहि पूजाहरीको हुन्छ।

34 For the wave-breast and the heave-shoulder have I taken of the children of Israel from off the sacrifices of their peace-offerings, and have given them to Aaron the priest, and to his sons, by a statute for ever, from among the children of Israel.किनभने डोलाइने बलिको ह्याकुलो र मैत्रीबलिको दाहिने तिघ्राको उपहार जो मैले इस्राएलीहरूबाट लिएको थिएँ पूजाहारी हारून र उनका छोराहरूलाई नियमित उपहारको रूपमा दिएको छु।”

35 This is the portion of the anointing of Aaron, and of the anointing of his sons, out of the offerings of the LORD made by fire, in the day when he presented them to minister to the LORD in the priest's office;जुन दिन हारून र तिनका छोराहरूलाई परमप्रभुको सेवा गर्न पूजाहारी पदमा नियुक्ति गरियो त्यसै दिनदेखि परमप्रभुको निम्ति आगोमा चढाइएका बलिहरूबाट तिनीहरूको भाग पाउँछन्।

36 Which the LORD commanded to be given to them by the children of Israel, in the day that he anointed them, by a statute for ever throughout their generations.परमप्रभुले मानिसहरूलाई बलिको तिनीहरूको भाग सदा-सर्वदा पूजाहारीलाई दिनु भन्नु भएकोछ। उहाँले यी आज्ञाहरू त्यस दिन दिनुभयो जब उहाँले तिनीहरूलाई पूजाहारी नियुक्त गर्नुभयो।

37 This is the law of the burnt-offering, of the meat-offering, and of the sin-offering, and of the trespass-offering, and of the consecrations, and of the sacrifice of the Peace-offerings;यिनीहरू नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, मैत्रीबलि अनि अपर्णबलिका नियमहरू हुन्।

38 Which the LORD commanded Moses in mount Sinai, in the day that he commanded the children of Israel to offer their oblations to the LORD, in the wilderness of Sinai.जुनदिन परमप्रभुले सीनै मरूभूमिमा इस्राएलीहरूलाई उहाँको निम्ति बलि ल्याउने आज्ञा दिनु भयो त्यही दिन परमप्रभुले मोशालाई यी आज्ञाहरू सीनै पर्वतमा दिनु भएको थियो।

Nepali Bible