Bible

Leviticus 22 - BBE (Nepali)

1 And the Lord said to Moses,परमप्रभुले मोशालाई भन्नुभयो,

2 Give orders to Aaron and to his sons to keep themselves separate from the holy things of the children of Israel which they give to me, and not to make my holy name common: I am the Lord,“हारून र त्यसका छोराहरूलाई भनः इस्राएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायौ भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ।

3 Say to them, If any man of all your seed through all your generations, being unclean, comes near the holy things which the children of Israel make holy to the Lord, he will be cut off from before me: I am the Lord.हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्‌याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।

4 No man of the seed of Aaron who is a leper, or who has a flow from his body, may take of the holy food till he is clean. And any man touching anything which is unclean because of the dead, or any man whose seed goes from him;“यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु स्त्राव रोग छ भने ऊ शुद्ध नहोउञ्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ।

5 Or anyone touching any unclean thing which goes flat on the earth, or someone by whom he may be made unclean in any way whatever;उनले कुनै घस्रने अशुद्ध पशुहरू छोए पनि अशुद्ध हुन सक्छन्। के गर्दा अथवा कसरी कुनै व्यक्ति अशुद्ध भयो त्यो कुनै मुख्य कुरा होइन, तर कुनै पूजाहारीले अशुद्ध मानिसलाई छुँदा नै अशुद्ध भइहाल्छन्।

6 Any person touching any such unclean thing will be unclean till evening, and may not take of the holy food till his flesh has been bathed in water;यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन।

7 And when the sun has gone down he will be clean; and after that he may take part in the holy food, because it is his bread.घाम अस्ताएपछि मात्र उनी पवित्र हुनु सक्छन् अनि पवित्र खाना खानु सक्छन्। किन? किनभने पवित्र खाना उसको हुन्छ।

8 That which comes to a natural death, or is attacked by beasts, he may not take as food, for it will make him unclean: I am the Lord.“यदि कुनै पूजाहारीले आफैं मरेको अथवा जंगली जनावरले मारेको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ।

9 So then, let them keep what I have put into their care, for fear that sin may come on them because of it, so causing their death because they have made it common: I am the Lord, who make them holy.“मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्‌याएको छु।

10 No outside person may take of the holy food, or one living as a guest in the priest's house, or a servant working for payment.पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्।

11 But any person for whom the priest has given money, to make him his, may take of it with him; and those who come to birth in his house may take of his bread.तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नैं पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्।

12 And if the daughter of a priest is married to an outside person she may not take of the holy things which are lifted up as offerings.पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छे भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्दिन।

13 But if a priest's daughter is a widow, or parted from her husband, and has no child, and has come back to her father's house as when she was a girl, she may take of her father's bread; but no outside person may do so.पूजाहारीको कुनै छोरी विधवा हुनु सक्छे अथवा उसलाई आफ्नो पतिद्वारा छुट्‌याउन सक्छ अनि यदि तिनीहरूका छोरा-छोरीहरूलाई सहायता गर्ने छैन भने ऊ आफ्नो बुबाको घरमा जान सक्छे। तब उसले आफ्नो बुबाको भागबाट केही अंश पवित्र खाद्य खान सक्छे। पूजाहारीको परिवारले मात्र यो भोजन खान सक्छ।

14 And if a man takes the holy food in error, he will have to give the holy thing back to the priest, with the addition of a fifth part.यदि कुनै मानिसले पवित्र थाहा नपाई खान्छ भने उसले त्यसको पाँचौ भाग थपेर पूजाहारीलाई दिनुपर्छ।

15 And they may not make common the holy things which the children of Israel give to the Lord,“इस्राएलका मानिसहरूले परमप्रभुलाई बलि चढाउन सक्छन् र यी बलिहरू नै पवित्र बनिन्छन्। यसर्थ पूजाहारीहरूले यी पवित्र बलिहरू अपवित्र पार्नु हुँदैन।

16 So causing sin to come on them when they take their holy things for food: I am the Lord who make them holy.यदि पूजाहारीहरूले यी उपहारहरूलाई पवित्र मान्दैनन्, तिनीहरूले जब यी पवित्र चीजहरू खान्छन् तब आफ्नो पाप अझै थपिरहेका हुन्छन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।”

17 And the Lord said to Moses,परमप्रभुले मोशालाई भन्नुभयो,

18 Say to Aaron and to his sons and to all the children of Israel, If any man of the children of Israel, or of another nation living in Israel, makes an offering, given because of an oath or freely given to the Lord for a burned offering;“हारून, उनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भनः इस्राएलमा बसोबास गर्ने विदेशी होस अथवा देशी, त्यस मानिसको बलि कुनै विशेष बलि होस् अथवा त्यो उसको भाकलको बलि होस्।

19 So that it may be pleasing to the Lord, let him give a male, without any mark, from among the oxen or the sheep or the goats.“ती उपहारहरू परमेश्वरलाई चढाउन इच्छा गर्ने मानिसले चढाएका हुन्। यसर्थ कुनै खोट भएको बलि तिमीहरूले ग्रहण गर्नु हुँदैन कारण त्यस्तो बलि म ग्रहण गर्दिनँ।

20 But anything which has a mark you may not give; it will not make you pleasing to the Lord.साँढे, बाख्रा अथवा भेडा जुन सुकै उपहार होस् तर त्यो पुरूष अनि निष्खोट हुनुपर्छ।

21 And whoever makes a peace-offering to the Lord, in payment of an oath or as a free offering, from the herd or the flock, if it is to be pleasing to the Lord, let it be free from any mark or damage.“कुनै व्यक्तिले मेलबलि अथवा परमप्रभुलाई स्वेच्छाले आफ्नो भाकल पूरा गर्न बलि चढाउनु सक्छ, तर त्यो बलि बलियो अनि निष्खोट हुनुपर्छ त्यो साँढे होस् अथवा भेडा।

22 Anything blind or broken or damaged or having any disease or any mark on it may not be offered to the Lord; you may not make an offering of it by fire on the altar to the Lord.तिमीहरूले परमप्रभुको वेदीको आगोमा कुनै प्रकारको रोगी पश उपहार स्वरूपमा चढाउनु हुँदैन। यसर्थ कुनै बलि तिनीहरू परमप्रभुलाई चढाउछौ त्यो अन्धो, लंङ्गडो, अयोग्य अनि चर्मरोग अथवा धातुरोग भोगेको छ भने यस्ता पशुहरू उपहारको रूपमा चढाउनु हुँदैन।

23 An ox or a lamb which has more or less than its natural parts, may be given as a free offering; but it will not be taken in payment of an oath.“कोही समयमा लामो खुट्टा भएको अथवा खुट्टाहरू ठीकसँग नबढेको साँढे अथवा थुमा पनि हुन्छन्, अनि यदि पशुहरूबाट कसैले परमप्रभुलाई विशेष बलि चढाउन चाहे त्यो परमप्रभुले ग्रहण गर्नु हुन्छ। तर यस्तो पशुको बलि कुनै भाकल गरिएको बलि ग्रहण गर्नुहुन्न।

24 An animal which has its sex parts damaged or crushed or broken or cut, may not be offered to the Lord; such a thing may not be done anywhere in your land.“यस्तो पशु नचढाऊ जसको अण्डाकोष कुच्याएको अथवा काटिएको छ। यस्तो आफ्नो भूमिमा नचढाऊ।

25 And from one who is not an Israelite you may not take any of these for an offering to the Lord; for they are unclean, there is a mark on them, and the Lord will not be pleased with them.“यस्ता प्रकारका पशुहरू विदेशीहरूबाट आफ्ना परमेश्वरलाई खाद्यको रूपमा चढाउन न ल्याऊ। किनभने ती पशुहरू घाइते छन् तिनीहरू खोट लागेका छन् अनि ग्रहण योग्य हुँदैनन्।”

26 And the Lord said to Moses,परमप्रभुले मोशालाई भन्नुभयो,

27 When an ox or a sheep or a goat is given birth, let it be with its mother for seven days; and after the eighth day it may be taken as an offering made by fire to the Lord.“जब बाछो, अथवा पाठा अथवा सानो बोका जन्मन्छ त्यसको माऊले त्यसलाई आफूसंगै सात दिनसम्म राख्नुपर्छ आनि त्यसपछि आठौं दिन यो परमप्रभुद्वारा आगो बलिको रूपमा स्वीकार गरिनेछ।

28 A cow or a sheep may not be put to death with its young on the same day.तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेडाहरूमा पनि लाग हुन्छ।

29 And when you make an offering of praise to the Lord, make it in a way which is pleasing to him.“यदि तिमी परमप्रभुलाई धन्यवाद बलि चढाउछौ, तिमीले चढाउँन सक्छौ तर त्यो बलि परमेश्वरलाई ग्रहणयोग्य हुनुपर्छ।

30 Let it be used for food on the same day; do not keep any part of it till the morning: I am the Lord.तिमीले त्यो बलि चढाएको पशुको मासु त्यही दिन खाई सक्नुपर्छ भोलि बिहानसम्म बाँकी राख्नु हुँदैन। म परमप्रभु हुँ।

31 So then, keep my orders and do them: I am the Lord.“मेरो आज्ञाहरू याद राख अनि पालन गर। म परमप्रभु हुँ।

32 And do not make my holy name common; so that it may be kept holy by the children of Israel: I am the Lord who make you holy,इस्राएलका मानिसहरूले मलाई विशेष रूपमा स्वीकार गर्नु पर्छ। मेरो नाउँको आदर गर्नु पर्छ। म परमप्रभु हुँ अनि तिमीहरूलाई पवित्र बनाउँछु।

33 Who took you out of the land of Egypt that I might be your God: I am the Lord.मैले तिमीहरूलाई मिश्र देशबाट ल्याएँ। म तिमीहरूको परमेश्वर भएको छु। म परमप्रभु हुँ।”विशेष पवित्र दिनहरू

Nepali Bible