Sign in / My account

Lamentations 3 - YLT (Nepali)

1 I `am' the man `who' hath seen affliction By the rod of His wrath.म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें।

2 Me He hath led, and causeth to go `in' darkness, and without light.परमप्रभुले मलाई डोर्याउनु भयो र ज्योति नभएको कालो अँध्यारोमा ल्‌याउनु भयो।

3 Surely against me He turneth back, He turneth His hand all the day.परमप्रभुको हात मेरो विरूद्ध उठ्यो, उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।

4 He hath worn out my flesh and my skin. He hath broken my bones.उहाँले मेरो मासु र छाला तान्नु भयो। उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।

5 He hath built up against me, And setteth round poverty and weariness.परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो। उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।

6 In dark places He hath caused me to dwell, As the dead of old.धेरै समय देखि मृत रहेको मानिस झैं उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो।

7 He hath hedged me about, and I go not out, He hath made heavy my fetter.परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ। उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।

8 Also when I call and cry out, He hath shut out my prayer.मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।

9 He hath hedged my ways with hewn work, My paths He hath made crooked.उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो। उहाँले मेरो मार्ग ध्वंश गर्नु भयो।

10 A bear lying in wait He `is' to me, A lion in secret hiding-places.परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।

11 My ways He is turning aside, and He pulleth me in pieces, He hath made me a desolation.परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो। उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो। उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।

12 He hath trodden His bow, And setteth me up as a mark for an arrow.उहाँले आफ्नो धनु तयार पार्नु भयो। उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो।

13 He hath caused to enter into my reins The sons of His quiver.उहाँले मलाई भुँडीमा हिर्काउनु भयो। उहाँले मलाई काँडले हिर्काउनु भयो।

14 I have been a derision to all my people, Their song all the day.म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु। सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।

15 He hath filled me with bitter things, He hath filled me `with' wormwood.परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।

16 And He breaketh with gravel my teeth, He hath covered me with ashes.परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो उहाँले मलाई दलदलमा धकेली दिनुभयो।

17 And Thou castest off from peace my soul, I have forgotten prosperity.मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्। मसंग भएका सबै राम्रा कुराहरू मैले भूलें।

18 And I say, Perished hath my strength and my hope from Jehovah.मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन्।”

19 Remember my affliction and my mourning, Wormwood and gall!परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।

20 Remember well, and bow down doth my soul in me.म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु।

21 This I turn to my heart -- therefore I hope.तर त्यसपछि अन्य केही कुरा सोचें,। तब ममा आशा जाग्यो। मैले के सोचें भन्दा

22 The kindnesses of Jehovah! For we have not been consumed, For not ended have His mercies.परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।

23 New every morning, abundant `is' thy faithfulness.हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।

24 My portion `is' Jehovah, hath my soul said, Therefore I hope for Him.म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।”

25 Good `is' Jehovah to those waiting for Him, To the soul `that' seeketh Him.परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।

26 Good! when one doth stay and stand still For the salvation of Jehovah.ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!

27 Good for a man that he beareth a yoke in his youth.मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो।

28 He sitteth alone, and is silent, For He hath laid `it' upon him.जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ। त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ।

29 He putteth in the dust his mouth, if so be there is hope.त्यो मानिसले परमप्रभुको अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ। हुनसक्छ, त्यहाँ अझ आशा होला।

30 He giveth to his smiter the cheek, He is filled with reproach.त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।

31 For the Lord doth not cast off to the age.त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।

32 For though He afflicted, yet He hath pitied, According to the abundance of His kindness.जब परमप्रभुले दण्ड दिनुहुन्छ, उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।

33 For He hath not afflicted with His heart, Nor doth He grieve the sons of men.परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न। उहाँ मानिसहरूलाई दुखी बनाउन चाहनुहुन्न।

34 To bruise under one's feet any bound ones of earth,परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।

35 To turn aside the judgment of a man, Over-against the face of the Most High,उहाँले सर्वोच्च परमेश्वर सामु मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।

36 To subvert a man in his cause, the Lord hath not approved.मानिसलाई धोका दिएको मनपराउनु हुन्न। यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।

37 Who `is' this -- he hath said, and it is, `And' the Lord hath not commanded `it'?परमप्रभुले आज्ञा नगरूञ्जेलसम्म कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन।

38 From the mouth of the Most High Go not forth the evils and the good.सर्वोचय परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।

39 What -- sigh habitually doth a living man, A man for his sin?जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ। कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन

40 We search our ways, and investigate, And turn back unto Jehovah.जाँचौं र हेरौं हामीले के के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौ।

41 We lift up our heart on the hands unto God in the heavens.हामी हाम्रा हृदय र हातहरू र्स्वगका परमप्रभुको तर्फ उठाऔं, अनि

42 We -- we have transgressed and rebelled, Thou -- Thou hast not forgiven.उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”

43 Thou hast covered Thyself with anger, And dost pursue us; Thou hast slain -- Thou hast not pitied.तपाईंले स्वयंलाई क्रोधले ढाक्नु अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।

44 Thou hast covered Thyself with a cloud, So that prayer doth not pass through.तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।

45 Offscouring and refuse Thou dost make us In the midst of the peoples.तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर र फोहरी बनाउनु भयो।

46 Opened against us their mouth have all our enemies.हाम्रा सारा शत्रुहरू हामीसँग क्रोधित भएर बोले।

47 Fear and a snare hath been for us, Desolation and destruction.हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।”

48 Rivulets of water go down my eye, For the destruction of the daughter of my people.मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।

49 Mine eye is poured out, And doth not cease without intermission,मेरा आँखाबाट निरन्तर आँसु बगिरहे।

50 Till Jehovah looketh and seeth from the heavens,परमप्रभु म लगातार रूने छु, जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न। म लगातार रूँने छु जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।

51 My eye affecteth my soul, Because of all the daughters of my city.मेरा सबै शहरहरू रोएको देखेर मेरो आँखाहरूले मलाई दुखी तुल्यायो।

52 Hunted me sore as a bird have my enemies without cause.हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले हामीलाई मात्र चरालाई झैं खेदाए।

53 They have cut off in a pit my life, And they cast a stone against me.म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुंङ्गाहरू वर्षाए।

54 Flowed have waters over my head, I have said, I have been cut off.मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैलाई भनें, “म खत्तम भएँ।”

55 I called Thy name, O Jehovah, from the lower pit.हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।

56 My voice Thou hast heard, Hide not Thine ear at my breathing -- at my cry.तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्।”

57 Thou hast drawn near in the day I call Thee, Thou hast said, Fear not.मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो। तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”

58 Thou hast pleaded, O Lord, the pleadings of my soul, Thou hast redeemed my life.परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।

59 Thou hast seen, O Jehovah, my overthrow, Judge Thou my cause.हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्।

60 Thou hast seen all their vengeance, All their thoughts of me.मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।

61 Thou hast heard their reproach, O Jehovah, All their thoughts against me,हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो। मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।

62 The lips of my withstanders, Even their meditation against me all the day.मेरा शत्रुहरूका शब्द र विचारहरू सारा समय मेरो विरूद्धछन्।

63 Their sitting down, and their rising up, Behold attentively, I `am' their song.जब तिनीहरू उठ बस गर्छन। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।

64 Thou returnest to them the deed, O Jehovah, According to the work of their hands.हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।

65 Thou givest to them a covered heart, Thy curse to them.तिनीहरू माथि आफ्नो श्राप स्वरूप कठोर हृदय दिनुहोस्।

66 Thou pursuest in anger, and destroyest them, From under the heavens of Jehovah!तिनीहरूलाई क्रोधमा खेद्नु होस्। तिनीहरूको सर्वनाश गर्नुहोस् हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।

Nepali Bible