Bible

Lamentations 3 - WEB (Nepali)

1 I am the man that has seen affliction by the rod of his wrath.म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें।

2 He has led me and caused me to walk in darkness, and not in light.परमप्रभुले मलाई डोर्याउनु भयो र ज्योति नभएको कालो अँध्यारोमा ल्‌याउनु भयो।

3 Surely against me he turns his hand again and again all the day.परमप्रभुको हात मेरो विरूद्ध उठ्यो, उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।

4 My flesh and my skin has he made old; he has broken my bones.उहाँले मेरो मासु र छाला तान्नु भयो। उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।

5 He has built against me, and compassed me with gall and travail.परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो। उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।

6 He has made me to dwell in dark places, as those that have been long dead.धेरै समय देखि मृत रहेको मानिस झैं उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो।

7 He has walled me about, that I can't go forth; he has made my chain heavy.परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ। उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।

8 Yes, when I cry, and call for help, he shuts out my prayer.मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।

9 He has walled up my ways with hewn stone; he has made my paths crooked.उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो। उहाँले मेरो मार्ग ध्वंश गर्नु भयो।

10 He is to me as a bear lying in wait, as a lion in secret places.परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।

11 He has turned aside my ways, and pulled me in pieces; he has made me desolate.परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो। उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो। उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।

12 He has bent his bow, and set me as a mark for the arrow.उहाँले आफ्नो धनु तयार पार्नु भयो। उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो।

13 He has caused the shafts of his quiver to enter into my reins.उहाँले मलाई भुँडीमा हिर्काउनु भयो। उहाँले मलाई काँडले हिर्काउनु भयो।

14 I am become a derision to all my people, and their song all the day.म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु। सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।

15 He has filled me with bitterness, he has sated me with wormwood.परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।

16 He has also broken my teeth with gravel stones; he has covered me with ashes.परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो उहाँले मलाई दलदलमा धकेली दिनुभयो।

17 You have removed my soul far off from peace; I forgot prosperity.मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्। मसंग भएका सबै राम्रा कुराहरू मैले भूलें।

18 I said, My strength is perished, and my expectation from Yahweh.मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन्।”

19 Remember my affliction and my misery, the wormwood and the gall.परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।

20 My soul still remembers them, and is bowed down within me.म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु।

21 This I recall to my mind; therefore have I hope.तर त्यसपछि अन्य केही कुरा सोचें,। तब ममा आशा जाग्यो। मैले के सोचें भन्दा

22 [It is of] Yahweh's loving kindnesses that we are not consumed, because his compassion doesn't fail.परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।

23 They are new every morning; great is your faithfulness.हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।

24 Yahweh is my portion, says my soul; therefore will I hope in him.म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।”

25 Yahweh is good to those who wait for him, to the soul that seeks him.परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।

26 It is good that a man should hope and quietly wait for the salvation of Yahweh.ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!

27 It is good for a man that he bear the yoke in his youth.मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो।

28 Let him sit alone and keep silence, because he has laid it on him.जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ। त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ।

29 Let him put his mouth in the dust, if so be there may be hope.त्यो मानिसले परमप्रभुको अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ। हुनसक्छ, त्यहाँ अझ आशा होला।

30 Let him give his cheek to him who strikes him; let him be filled full with reproach.त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।

31 For the Lord will not cast off forever.त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।

32 For though he cause grief, yet will he have compassion according to the multitude of his loving kindnesses.जब परमप्रभुले दण्ड दिनुहुन्छ, उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।

33 For he does not afflict willingly, nor grieve the children of men.परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न। उहाँ मानिसहरूलाई दुखी बनाउन चाहनुहुन्न।

34 To crush under foot all the prisoners of the earth,परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।

35 To turn aside the right of a man before the face of the Most High,उहाँले सर्वोच्च परमेश्वर सामु मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।

36 To subvert a man in his cause, the Lord doesn't approve.मानिसलाई धोका दिएको मनपराउनु हुन्न। यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।

37 Who is he who says, and it comes to pass, when the Lord doesn't command it?परमप्रभुले आज्ञा नगरूञ्जेलसम्म कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन।

38 Doesn't evil and good come out of the mouth of the Most High?सर्वोचय परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।

39 Why does a living man complain, a man for the punishment of his sins?जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ। कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन

40 Let us search and try our ways, and turn again to Yahweh.जाँचौं र हेरौं हामीले के के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौ।

41 Let us lift up our heart with our hands to God in the heavens.हामी हाम्रा हृदय र हातहरू र्स्वगका परमप्रभुको तर्फ उठाऔं, अनि

42 We have transgressed and have rebelled; you have not pardoned.उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”

43 You have covered with anger and pursued us; you have killed, you have not pitied.तपाईंले स्वयंलाई क्रोधले ढाक्नु अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।

44 You have covered yourself with a cloud, so that no prayer can pass through.तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।

45 You have made us an off-scouring and refuse in the midst of the peoples.तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर र फोहरी बनाउनु भयो।

46 All our enemies have opened their mouth wide against us.हाम्रा सारा शत्रुहरू हामीसँग क्रोधित भएर बोले।

47 Fear and the pit are come on us, devastation and destruction.हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।”

48 My eye runs down with streams of water, for the destruction of the daughter of my people.मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।

49 My eye pours down, and doesn't cease, without any intermission,मेरा आँखाबाट निरन्तर आँसु बगिरहे।

50 Until Yahweh look down, and see from heaven.परमप्रभु म लगातार रूने छु, जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न। म लगातार रूँने छु जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।

51 My eye affects my soul, because of all the daughters of my city.मेरा सबै शहरहरू रोएको देखेर मेरो आँखाहरूले मलाई दुखी तुल्यायो।

52 They have chased me sore like a bird, those who are my enemies without cause.हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले हामीलाई मात्र चरालाई झैं खेदाए।

53 They have cut off my life in the dungeon, and have cast a stone on me.म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुंङ्गाहरू वर्षाए।

54 Waters flowed over my head; I said, I am cut off.मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैलाई भनें, “म खत्तम भएँ।”

55 I called on your name, Yahweh, out of the lowest dungeon.हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।

56 You heard my voice; don't hide your ear at my breathing, at my cry.तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्।”

57 You drew near in the day that I called on you; you said, Don't be afraid.मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो। तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”

58 Lord, you have pleaded the causes of my soul; you have redeemed my life.परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।

59 Yahweh, you have seen my wrong; judge you my cause.हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्।

60 You have seen all their vengeance and all their devices against me.मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।

61 You have heard their reproach, Yahweh, and all their devices against me,हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो। मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।

62 The lips of those that rose up against me, and their device against me all the day.मेरा शत्रुहरूका शब्द र विचारहरू सारा समय मेरो विरूद्धछन्।

63 See you their sitting down, and their rising up; I am their song.जब तिनीहरू उठ बस गर्छन। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।

64 You will render to them a recompense, Yahweh, according to the work of their hands.हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।

65 You will give them hardness of heart, your curse to them.तिनीहरू माथि आफ्नो श्राप स्वरूप कठोर हृदय दिनुहोस्।

66 You will pursue them in anger, and destroy them from under the heavens of Yahweh.तिनीहरूलाई क्रोधमा खेद्नु होस्। तिनीहरूको सर्वनाश गर्नुहोस् हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।

Nepali Bible