Luke 6:39 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अहँ! दुवै नै खाडलमा पर्नेछन्।
Luke 6:39 in Other Translations
King James Version (KJV) And he spake a parable unto them, Can the blind lead the blind? shall they not both fall into the ditch?
American Standard Version (ASV) And he spake also a parable unto them, Can the blind guide the blind? shall they not both fall into a pit?
Bible in Basic English (BBE) And he gave them teaching in the form of a story, saying, Is it possible for one blind man to be guide to another? will they not go falling together into a hole?
Darby English Bible (DBY) And he spoke also a parable to them: Can a blind [man] lead a blind [man]? shall not both fall into [the] ditch?
World English Bible (WEB) He spoke a parable to them. "Can the blind guide the blind? Won't they both fall into a pit?
Young's Literal Translation (YLT) And he spake a simile to them, `Is blind able to lead blind? shall they not both fall into a pit?
he spake
Εἶπεν
epō
APE-oh
And
δὲ
de
thay
a parable
παραβολὴν
parabolē
pa-ra-voh-LAY
unto them,
αὐτοῖς·
autos
af-TOSE
Μήτι
mēti
MAY-tee
Can
δύναται
dynamai
THYOO-na-may
the blind
τυφλὸς
typhlos
tyoo-FLOSE
the blind?
τυφλὸν
typhlos
tyoo-FLOSE
lead
ὁδηγεῖν
hodēgeō
oh-thay-GAY-oh
not
οὐχὶ
ouchi
oo-HEE
both
ἀμφότεροι
amphoteros
am-FOH-tay-rose
into
εἰς
eis
ees
the ditch?
βόθυνον
bothynos
VOH-thyoo-nose
shall they fall
πεσοῦνται
piptō
PEE-ptoh
Read Full Chapter :
Luke 6
Cross Reference
मत्ती 15:14
फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”
2 तिमोथी 3:13
मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्।
यशैया 9:16
जुन मानिसहरूले अगुवाई गरे तिनीहरूले गल्ती बाटो डोर्याए। अनि तिनीहरूलाई पछ्याउनेहरू नष्ट हुने छन्।
यर्मिया 14:15
यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने छैन्।’ ती अगमवक्ताहरू भोकले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन।
मत्ती 23:16
यी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्याउँछौ। तिमीहरू भन्दछौ, ‘यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ’
1 तिमोथी 6:3
कोही मानिसहरूले झूटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशू ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन।
यशैया 56:10
पहरादारहरू सबै अन्धा छन्। के गरिरहेका छन तिनीहरू स्वयं जान्दैनन्। तिनीहरू नभुक्ने कुकुरहरू जस्ता छन त्यसले भुक्दैनन्। तिनीहरू भूइँमा सुत्छन्। अहो! तिनीहरू सुत्न मन पराउँछन्।
रोमी 2:19
तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ।
यर्मिया 6:15
पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका नराम्रा कुराहरूले लज्जित हुनु पर्ने। तर तिनीहरू एकदमै लज्जित छैनन्। तिनीहरू कसरी लज्जित हुनु पर्ने जान्दैनन्। यसकारण तिनीहरू अरूसितै दण्डित हुनु पर्छ। जब म मानिसहरूलाई सजाय दिन्छु तिनीहरू भूँईमा फ्याँकिनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
यर्मिया 8:12
तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ। तर तिनीहरू पटक्कै लज्जित छैनन्। कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्। यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु तिनीहरू अरू मानिसहरूसितै तल झर्छन।” परमप्रभु यसो भन्नुहुन्छ।
मीका 3:6
यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ, तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ। भविष्यको गर्वमा जे लुकेको छ, तिमीले बताउन सक्दैनौ। यसकारण तिमीहरुलाई अँध्यरो जस्तै लाग्नेछ। अगमवक्ताहरुमाथि सूर्य अस्ताउनेछ। अनि उनिहरुलाई दिन पनि रात जस्तै हुनेछ।
जकरिया 11:15
तब परमप्रभुले मलाई भन्नुभयो, “अब मूर्ख गोठालाको लौरोको खोजी गर।
मत्ती 23:33
तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ।