Bible

Exodus 2 - BBE (Nepali)

1 Now a man of the house of Levi took as his wife a daughter of Levi.एकजना मानिस जो लेवी कुलका थिए, तिनले लेवी कुलकै एउटी आइमाईलाई विवाह गरे।

2 And she became with child and gave birth to a Son; and when she saw that he was a beautiful child, she kept him secretly for three months.त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाएर राखी।

3 And when she was no longer able to keep him secret, she made him a basket out of the stems of water-plants, pasting sticky earth over it to keep the water out; and placing the baby in it she put it among the plants by the edge of the Nile.जब उनले त्यसलाई अझ लामो समयसम्म लुकाउन सकिन उसले एउटा डालो बनाई अनि त्यसलाई अलकत्राले लिपि कारण यसो गर्दा त्यो पानीमा बग्थ्यो, उसले त्यो बालकलाई डालो भित्र हाली अनि डालो निगालोधारी बीच नील नदीको छेउमा राखी।

4 And his sister took her place at a distance to see what would become of him.त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी।

5 Now Pharaoh's daughter came down to the Nile to take a bath, while her women were walking by the riverside; and she saw the basket among the river-plants, and sent her servant-girl to get it.जब फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन् तिनकी सेवीकाहरू नील नदीको छेउमा हिंडे, फिरऊनकी छोरीले डालो अग्ला निगालो घारिको बीचमा देखिन्। यसर्थ तिनले त्यो डालो ल्याउन तिनीहरू मध्ये एकजनालाई अह्राइन्।

6 And opening it, she saw the child, and he was crying. And she had pity on him, and said, This is one of the Hebrews' children.राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।

7 Then his sister said to Pharaoh's daughter, May I go and get you one of the Hebrew women to give him the breast?त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोजूँ जसले यो नानीलाई तपाईंको निम्ति स्याहार सुसार गर्न सक्छे?”

8 And Pharaoh's daughter said to her, Go. And the girl went and got the child's mother.फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याई देऊ।”यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई।

9 And Pharaoh's daughter said to her, Take the child away and give it milk for me, and I will give you payment. And the woman took the child and gave it milk at her breast.फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।”तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी।

10 And when the child was older, she took him to Pharaoh's daughter and he became her son, and she gave him the name Moses, Because, she said, I took him out of the water.त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।

11 Now when Moses had become a man, one day he went out to his people and saw how hard their work was; and he saw an Egyptian giving blows to a Hebrew, one of his people.जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रू, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएको देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले मोशाको एकजना हिब्रू मानिसलाई हिर्काउँदै गरेको देखे।

12 And turning this way and that, and seeing no one, he put the Egyptian to death, covering his body with sand.मोशाले चारैतिर हेरे र त्यहाँ कोही अरू मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे।

13 And he went out the day after and saw two of the Hebrews fighting: and he said to him who was in the wrong, Why are you fighting your brother?अर्को दिन दुइ जना हिब्रू मानिसहरूलाई आफ्स्तमा लडाइँ गर्दै गरेको भेटे। तिनीहरू मध्ये एकजनाको कसुर भएको उनले पाए अनि तिनलाई भने, “तिमीले किन आफ्नो छिमेकीलाई नोक्सान पुर्याइरहेकाछौं?”

14 And he said, Who made you a ruler and a judge over us? are you going to put me to death as you did the Egyptian? And Moses was in fear, and said, It is clear that the thing has come to light.त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?”तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह पाए छ।”

15 Now when Pharaoh had news of this, he would have put Moses to death. But Moses went in flight from Pharaoh into the land of Midian: and he took his seat by a water-spring.मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए।जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे।

16 Now the priest of Midian had seven daughters: and they came to get water for their father's flock.त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए।

17 And the keepers of the sheep came up and were driving them away; but Moses got up and came to their help, watering their flock for them.तर त्यहाँ केही भेडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बंचाए अनि पानी झिके र पशुहरूलाई दिए।

18 And when they came to Reuel their father, he said, How is it that you have come back so quickly today?तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”

19 And they said, An Egyptian came to our help against the keepers of sheep and got water for us and gave it to the flock.केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।”

20 And he said to his daughters, Where is he? why have you let the man go? make him come in and give him a meal.यसकारण रूएलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एक्लै छोड्यौ? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसंगै खाओस्!”

21 And Moses was happy to go on living with the man; and he gave his daughter Zipporah to Moses.मोशा रूएलसंग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासंग मोशाको विवाह गरिदिए।

22 And she gave birth to a son, to whom he gave the name Gershom: for he said, I have been living in a strange land.सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।

23 Now after a long time the king of Egypt came to his end: and the children of Israel were crying in their grief under the weight of their work, and their cry for help came to the ears of God.धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो।

24 And at the sound of their weeping the agreement which God had made with Abraham and Isaac and Jacob came to his mind.परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नु भयो र उहाँले अब्राहाम, इसहाक अनि याकूबसित गर्नु भएको करार सम्झनु भयो।

25 And God's eyes were turned to the children of Israel and he gave them the knowledge of himself.परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो।

Nepali Bible