Bible

Deuteronomy 21 - YLT (Nepali)

1 `When one is found slain on the ground which Jehovah thy God is giving to thee to possess it -- fallen in a field -- it is not known who hath smitten him,“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए।

2 then have thine elders and thy judges gone out and measured unto the cities which `are' round about the slain one,तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्त्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ।

3 and it hath been, the city which `is' near unto the slain one, even the elders of that city have taken a heifer of the herd, which hath not been wrought with, which hath not drawn in the yoke,जब तिमीहरूले जान्ने छौ कुन चाही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ।

4 and the elders of that city have brought down the heifer unto a hard valley, which is not tilled nor sown, and have beheaded there the heifer in the valley.शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ।

5 `And the priests, sons of Levi, have come nigh -- for on them hath Jehovah thy God fixed to serve Him, and to bless in the name of Jehovah, and by their mouth is every strife, and every stroke --पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)

6 and all the elders of that city, who are near unto the slain one, do wash their hands over the heifer which is beheaded in the valley,मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ।

7 and they have answered and said, Our hands have not shed this blood, and our eyes have not seen --यी बूढा-प्रधानहरूले भन्नुपर्छ, ‘हामीले यस मानिसलाई मारेनौं अनि यो घट्ना पनि देखेनौं।

8 receive atonement for Thy people Israel, whom Thou hast ransomed, O Jehovah, and suffer not innocent blood in the midst of Thy people Israel; and the blood hath been pardoned to them,हे परमप्रभु! तपाईंले इस्राएललाई बचाउनु भयो। हामी तपाईंका मानिसहरू हौ, अब हामीलाई शुद्ध पार्नुहोस्। यो निर्दोष मानिसलाई मारेकोमा हामीमाथि दोष नलागोस्।’ यस प्रकारले त्यस निर्दोष मानिसको हत्या गरेको निम्ति ती मानिसहरू निर्दोष साबित हुनेछन्।

9 and thou dost put away the innocent blood out of thy midst, for thou dost that which `is' right in the eyes of Jehovah.यसरी तिमीहरूले सही कार्य गर्नेछौ अनि आफ्नो समूहबाट दोष हटाउनेछौ।

10 `When thou goest out to battle against thine enemies, and Jehovah thy God hath given them into thy hand, and thou hast taken captive its captivity,“तिमीहरूले आफ्नो शत्रुहरू विरूद्ध लडाइँ लड्नेछौ तथा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजयी तुल्याउनु हुनेछ। तिमीहरूले शत्रुहरूलाई पक्रेर कैदी झैं लिएर आउनेछौ।

11 and hast seen in the captivity a woman of fair form, and hast delighted in her, and hast taken to thee for a wife,ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ।

12 then thou hast brought her in unto the midst of thy household, and she hath shaved her head, and prepared her nails,तब तिमीले उसलाई आफ्नो घरमा ल्याउनु पर्छ अनि उसले आफ्नो केश अनि नङ्ग काट्नु पर्छ।

13 and turned aside the raiment of her captivity from off her, and hath dwelt in thy house, and bewailed her father and her mother a month of days, and afterwards thou dost go in unto her and hast married her, and she hath been to thee for a wife:“उसले आफ्नो लुगा खोल्नु पर्छ जसले संकेत दिन्छ तिनी लडाइँमा बन्दी भएकी थिइन् अनि आफ्नो माता-पिताबाट छुट्टिएको एक महीना सम्म स्त्री तिम्रो घरमा बसेर विलाप गरोस् त्यसपछि तिमी त्यस महिलाकहाँ गएर उसको पति बनिन सएछौ अनि तिनी तिम्री पत्नी हुन सएछिन्।

14 `And it hath been -- if thou hast not delighted in her, that thou hast sent her away at her desire, and thou dost not at all sell her for money; thou dost not tyrannize over her, because that thou hast humbled her.यदि तिनलाई मन पराएनौ भने पारपाचुके गरिदेऊ उसलाई मुक्त गरि देऊ तर बेच्न भने सक्तैनौ। कमारीलाई झैं ब्याबहार गर्न पाउँदैनौ किनभने तिमीले त्यो स्त्रीसँग सहवास गरेका थियौ।जेठो छोरो

15 `When a man hath two wives, the one loved and the other hated, and they have borne to him sons (the loved one and the hated one), and the first-born son hath been to the hated one;“कुनै मानिसको दुई जना पत्नी हुन सएछन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सएछ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सएछ।

16 then it hath been, in the day of his causing his sons to inherit that which he hath, he is not able to declare first-born the son of the loved one, in the face of the son of the hated one -- the first-born.जब उसले आफ्नो सम्पत्ति ती नानीहरू मध्ये बाँड्छ उसले प्रेम गरेकी पत्नीको नानीलाई जेठो नानीको अंश दिन सक्तैन।

17 But the first-born, son of the hated one, he doth acknowledge, to give to him a double portion of all that is found with him, for he `is' the beginning of his strength; to him `is' the right of the first-born.उसले आफूले प्रेम नगरेकी पत्नीबाट जन्मिएको जेठो नानीलाई स्वीकार गर्नै पर्छ र त्यो नानीले दुई गुणा अंश पाउनै पर्छ। किन? किनभने त्यो नानी पहिलो नानी हो र जेठो छोराको अधिकार उसकै हुन्छ।

18 `When a man hath a son apostatizing and rebellious -- he is not hearkening to the voice of his father, and to the voice of his mother, and they have chastised him, and he doth not hearken unto them --“कसैको छोरा माता-पिताको आज्ञा पालन नगर्ने अट्टेरी हुन सएछ। माता-पिताले छोरालाई दण्ड दिन्छन् तर त्यो छोरा आफ्नो माता-पितलाई नटेर्ने नै हुन्छ।

19 then laid hold on him have his father and his mother, and they have brought him out unto the elders of his city, and unto the gate of his place,तब माता-पिताले उसलाई शहरको सभा घरमा बूढा-प्रधानहरूको अघि लैजानु पर्छ।

20 and have said unto the elders of his city, Our son -- this one -- is apostatizing and rebellious; he is not hearkening to our voice -- a glutton and drunkard;माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छः ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्राउँछौ ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’

21 and all the men of his city have stoned him with stones, and he hath died, and thou hast put away the evil out of thy midst, and all Israel do hear and fear.तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौ। इस्राएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्।

22 `And when there is in a man a sin -- a cause of death, and he hath been put to death, and thou hast hanged him on a tree,“कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सएछन्।

23 his corpse doth not remain on the tree, for thou dost certainly bury him in that day -- for a thing lightly esteemed of God `is' the hanged one -- and thou dost not defile thy ground which Jehovah thy God is giving to thee -- an inheritance.त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाडनु पर्छ। किन? किनभने त्यो मानिस जसलाई रूखमा झुण्डाइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।

Nepali Bible