Bible

Judges 4 - BBE (Nepali)

1 And the children of Israel again did evil in the eyes of the Lord when Ehud was dead.एहूदको मृत्युपछि मानिसहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरे।

2 And the Lord gave them up into the hands of Jabin, king of Canaan, who was ruling in Hazor; the captain of his army was Sisera, who was living in Harosheth of the Gentiles.यसर्थ परमप्रभुले कनानका राजा इस्राएलका मानिसहरूलाई पराजित गर्न याबीनलाई दिनु भयो। याबीनले हासोर नाउँ गरेको शहरमा शासन गर्थे। राजा याबीन सेनाका सेनापति सीसरा नाउँका व्यक्ति थिए। सीसरा हरोशेत हग्गोयिम नाउँको शहरमा बस्थे।

3 Then the children of Israel made prayer to the Lord; for he had nine hundred iron war-carriages, and for twenty years he was very cruel to the children of Israel.सीसरासित 900 फलामका रथहरू थिए। अनि बीस वर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे।

4 Now Deborah, a woman prophet, the wife of Lapidoth, was judge of Israel at that time.त्यहाँ दबोरा नाउँ गरेकी एउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससमय तिनी इस्राएलको न्यायकर्त्ता थिइन्।

5 (And she had her seat under the palm-tree of Deborah between Ramah and Beth-el in the hill-country of Ephraim; and the children of Israel came up to her to be judged.)दबोरा दबोराको खूजर-रूख मुनि बस्ने र्गथिन्। अनि इस्राएलका मानिसहरू सीसराको विषयमा वकालत गर्न तिनीकहाँ आए। दबोराको खजूरको रूख रामा अनि बेतेल शहरहरूको माझमा, एप्रैमको पहाडी देशमा थियो।

6 And she sent for Barak, the son of Abinoam, from Kedesh-naphtali, and said to him, Has not the Lord, the God of Israel, given orders saying, Go and get your force into line in Mount Tabor, and take with you ten thousand men of the children of Naphtali and of the children of Zebulun?दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ।

7 And I will make Sisera, the captain of Jabin's army, with his war-carriages and his forces, come against you at the river Kishon, where I will give him into your hands.म राजा याबीनका सेनापति सीसरालाई तिमीहरूकहाँ आउन उत्तेजित पार्नेछु। म सीसरालाई तिनका रथहरू, अनि सेनाहरू लिएर किशोन नदीमा आउन लाउनेछु। तब म तिमीहरूलाई त्यहाँ सीसरालाई पराजित गर्नमा सहायता गर्नेछु।”‘

8 And Barak said to her, If you will go with me then I will go; but if you will not go with me I will not go.तब बाराकले दबोरालाई भने, “यदि तपाईं मसित जानु हुन्छ भने म जानेछु अनि यसो गर्नेछु। तर यदि तपाईं मसित जानु हुन्न भने म जाने छैन।”

9 And she said, I will certainly go with you: though you will get no honour in your undertaking, for the Lord will give Sisera into the hands of a woman. So Deborah got up and went with Barak to Kedesh.दबोराले उत्तर दिइन्, “निश्चयनै म तिमीसित जानेछु,” “तर तिम्रो मनोबृत्तिको कारणले जब सीसरालाई पराजित गरिन्छ तिमीलाई सम्मान गरिने छैन। परमप्रभुले एउटी स्त्रीलाई सीसरामाथि पराजित पार्न दिनुहुनेछ।”यसर्थ दबोरा बाराकसित केदेश शहरमा गइन्।

10 Then Barak sent for Zebulun and Naphtali to come to Kedesh; and ten thousand men went up after him, and Deborah went up with him.केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुसरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्।

11 Now Heber the Kenite, separating himself from the rest of the Kenites, from the children of Hobab, the brother-in-law of Moses, had put up his tent as far away as the oak-tree in Zaanannim, by Kedesh.अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्नीम नामक ठाउँमा बज्राँकाठको रूखद्वारा आफ्नो घर निर्माण गरेका थिए। सानन्नीम केदेश शहरको नजिकमा थियो।

12 And word was given to Sisera that Barak, the son of Abinoam, had gone up to Mount Tabor.कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बाराक तबोर पर्वतमा थियो।

13 So Sisera got together all his war-carriages, nine hundred war-carriages of iron, and all the people who were with him, from Harosheth of the Gentiles as far as the river Kishon.यसर्थ सीसराले आफ्ना 900 फलामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हग्गोयिम शहरदेखि कीशोन नदी तर्फ हिंडे।

14 Then Deborah said to Barak, Up! for today the Lord has given Sisera into your hands: has not the Lord gone out before you? So Barak went down from Mount Tabor and ten thousand men after him.तब दबोराले बाराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौ कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोर्याउनु हुनेछ।” यसकारण बाराकले 10,000 मानिसहरूलाई ताबोर पर्वतबाट तल झारे।

15 And the Lord sent fear on Sisera and all his war-carriages and all his army before Barak; and Sisera got down from his war-carriage and went in flight on foot.बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्वमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलै भागे।

16 But Barak went after the war-carriages and the army as far as Harosheth of the Gentiles; and all Sisera's army was put to the sword; not a man got away.बाराक अनि तिनका मानिसहरू सीसराका सेनासित युद्ध गरिरहे। बाराक अनि तिनका मानिसहरूले सीसराका रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म खेदेर लगे। बाराक अनि तिनका मानिसहरूले सीसराका मानिसहरूलाई मार्न तिनीहरूका निम्ति तरवार प्रयोग गरे। सीसराका कुनै पनि मानिसलाई जीवित छोडेनन्।

17 But Sisera went in flight on foot to the tent of Jael, the wife of Heber the Kenite; for there was peace between Jabin, king of Hazor, and the family of Heber the Kenite.तर सीसरा भागे। तिनी त्यो पालमा आए जहाँ याएल नाउँकी स्त्री बस्थिन्। याएल हेबेर नाउँका मानिसकी पत्नी थिइन। तिनी केनी मानिसहरू मध्ये एक थिइन्। हेबेरका परिवार हसोरका राजा याबीन साथ शान्तिसित थिए। यसर्थ सीसरा याएलको पालतिर भागे।

18 And Jael went out to Sisera, and said to him, Come in, my lord, come in to me without fear. So he went into her tent, and she put a cover over him.याएलले सीसरालाई आउँदै गरेको देखिन्, यसर्थ उसलाई भेटून तिनी बाहिर गइन्। याएलले सीसरालाई भनिन्, “महाशय मेरो पालमा आउनु होस्। भित्र आउनु होस्। भयभीत नहुनुहोस्।” यसर्थ सीसरा याएलको पालमा गए, अनि तिनले उसलाई एउटा गलैंचाले ढाकिदिइन्।”

19 Then he said to her, Give me now a little water, for I have need of a drink. And opening a skin of milk, she gave him drink, and put the cover over him again.सीसराले याएललाई भने, “म तिर्खाएको छु। कृपया मलाई केही पानी पिउन देऊ।” याएलसित पशुको छालाद्वारा बनाएका एउटा थैलो थियो। तिनले त्यस थैलोमा दूध राखेकी थिइन्। याएलले सीसरालाई दूध पिउन दिइन्। त्यसपछि सीसरालाई गलैंचाले छोपिदिइन्।

20 And he said to her, Take your place at the door of the tent, and if anyone comes and says to you, Is there any man here, say, No.तब सीसराले याएललाई भने, “जाऊ, पालको प्रवेशस्थानमा उभिरहु। यदि कोही आएर तिमीलाई, ‘यहाँ भित्र कोही छ?’ भनेर सोध्यो भने, ‘छैन भनेर त्यसलाई भनिदिनु।”‘

21 Then Jael, Heber's wife, took a tent-pin and a hammer and went up to him quietly, driving the pin into his head, and it went through his head into the earth, for he was in a deep sleep from weariness; and so he came to his end.तर याएलले एक कीला र मार्तोल खोजिन्। याएल चूपचाप सीसरा कहाँ गइन्। सीसरा अत्यन्त थकित थिए, यसर्थ तिनी निदाइरहेका थिए। याएलले त्यो पालको किला सीसराका शिर तिर राखिन् अनि त्यसलाई मार्तोलले हिर्काइन्। त्यो पालको कीला सीसराको शिरको छेउ भएर भूइँमा गाडियो अनि सीसराको मृत्यु भयो।

22 Then Jael went out, and meeting Barak going after Sisera, said to him, Come, and I will let you see the man you are searching for. So he came into her tent and saw, and there was Sisera stretched out dead with the tent-pin in his head.त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेटून बाहिर आइन् अनि भनिन्, “भित्रै आउनु होस्, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउँने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गएको पालको कीला सहित भूइँमा मरिरहेको भेट्टाए।

23 So that day God overcame Jabin, king of Canaan, before the children of Israel.त्यसदिन परमेश्वरले इस्राएली मानिसहरूका निम्ति कनानका राजा याबीनलाई पराजित गर्न दिनुभयो।

24 And the power of the children of Israel went on increasing against Jabin, king of Canaan, till he was cut off.यसरी इस्राएली मानिसहरूले कनानका राजा याबीनलाई पराजित नपारूञ्जेल झन-झन शक्तिशाली हुँदै गए। इस्राएलका मानिसहरूले अन्तमा कनानका राजा याबीनलाई नष्ट पारे।

Nepali Bible