Bible

Jude 1:3-16 in Nepali

Jude 1:3
प्रिय मित्रहरु, म तिमीहरुलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरुलाई परमेश्वरले उहाँको पवित्र मानिसहरुलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संर्घष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो।

Jude 1:4
कोही मानिसहरु तिमीहरुको समूहमा सुटुक्क पसेका छन्। तिनीहरुले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरुले तिनीहरुको विषयमा लेखेका थिए। तिनीहरु परमेश्वरका शत्रुहरु हुन्। तिनीहरुले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरु हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।

Jude 1:5
तिमीहरुले जानिसकेको कुराहरु तिमीहरुलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरुलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरुको संहार गर्नु भयो जसले विश्वास गरेनन्।

Jude 1:6
अनि याद गर, ती स्वर्गदूतहरुलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरुले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरुलाई अन्धकारमा राख्नु भयो। तिनीहरुलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरुलाई राख्नु भयो।

Jude 1:7
सदोम अनि गमोरा शहरहरु अनि वरिपरिका अन्य शहरहरुलाई स्मरण गर। तिनीहरु पनि ती स्वर्गदूतहरु जस्तै हुन्। ती शहरहरु व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरुले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरुको दण्ड हाम्रो निम्ति उदाहरण हो।

Jude 1:8
ती तिमीहरुका दलमा पस्ने मानिसहरु पनि त्यही अनुसरण गर्छन्। तिनीहरुलाई तिनीहरुको सपनाले डोर्याएको छ अनि तिनीहरुले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरु आफैलाई अनैतिक बनाउँछन्। तिनीहरु परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरुको निन्दा गर्छन्।

Jude 1:9
प्रधान स्वर्गदूत मिखाएलले पनि यसो गरेनन्। मिखाएलले शैतानसंग मोशाको शरीर छ भन्ने कुरामा मानेन। तर मिखाएलले निन्दनीय वचनहरुले शैतानलाई गाली गर्ने आँट गरेनन्। यसकारण, मिखाएलले भने, “परमप्रभुले तिमीलाई दण्डित तुल्याउने छन्।”

Jude 1:10
तर यी मानिसहरु जुन कुराहरु आफैले बुझेंका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरु प्रयोग गर्छन्। अनि तिनीहरुले जे बुइछन् बुद्धिद्धारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुइछन्। अनि यी कुराहरुद्वारा तिनीहरु ध्वंश हुन्छन्।

Jude 1:11
यो तिनीहरुका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरुले कयिन हिँडेको मार्ग अनुसरण गरेका छन्। धन कमाउन तिनीहरु बालाम हिँडेको बाटोमा हिडिरहेका छन्। तिनीहरु परमेश्वरको विरोधमा कोरह झैं लडछन्। यसर्थ कोरह झैं तिनीहरु पनि सडनेछन्।

Jude 1:12
यी मानिसहरु तिमीहरुको समूह भोजमा भएका फोहोर दागहरु जस्तै हुन्। तिनीहरु तिमीहरुको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरु आफ्नै स्वार्थ केन्द्रित गोठालाहरु हुन्। ती वृष्टिहीन मेघहरु हुन्। बतासले तिनीहरुलाई चारैतिर उडाउँछ। तिनीहरु ती बृक्षहरु हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरु पूर्णरुपले मर्छन्।

Jude 1:13
तिनीहरु समुद्रका भयानक छाल जस्तै हुन्। छालले फिँज सृष्टि गर्छ। यी मानिसहरुले, छालले फिँज उत्पन्न गरे भै लज्जापूर्ण कुराहरु गर्छन्। यी मानिसहरु ती ताराहरु जस्तै हुन् जो आकाशमा निरुद्देश्य घुम्छन्। तिनीहरुको निम्ति चुक झैं कालो ठाँउ सदैवको लागि राखिएको छ।

Jude 1:14
आदमका सातौं सन्तान हनोकले तिनीहरुको बारेमा येसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं हजारौं पवित्र दूतहरुसंग आउँनु हुँदैछ।

Jude 1:15
प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरुको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरुलाई दण्ड दिन आउँनु हुँदैछ। परमेश्वरले तिनीहरुले गरेको परमेश्वर विरोधी जम्मै कुराहरुको निम्ति तिनीहरु सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरुलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकदु कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”

Jude 1:16
यी मानिसहरु सदैव विरोध जनाउँछन् अनि अरुको त्रुटि खोज्छन्। तिनीहरुले सदैव तिनीहरुले गर्न चाहेका कुकर्महरु गर्छन्। तिनीहरु आफ्नै गर्व गर्छन्। तिनीहरुले अन्य मानिसहरुको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरु जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।

Nepali Bible