Bible

Joshua 21 - WBT (Nepali)

1 Then came near the heads of the fathers of the Levites to Eleazar the priest, and to Joshua the son of Nun, and to the heads of the fathers of the tribes of the children of Israel;लेवी कुल समूहका शासकहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका अन्य कुल समूहका शासकहरूसित बात गर्न गए।

2 And they spoke to them at Shiloh in the land of Canaan, saying, the LORD commanded by the hand of Moses to give us cities to dwell in, with their suburbs for our cattle.यो कुरा कनानको भूमिको शीलो शहरमा भयो। लेवी अगुवाहरूले तिनीहरूलाई भने, “हामीहरूलाई बस्नका निम्ति शहरहरू दिनु भनी मोशाद्वारा परमप्रभुले तिमीहरूलाई आदेश दिएका थिए। अनि उहाँले हामीलाई खेतहरू पनि दिनु जहाँ हाम्रा पशुहरू चर्छन्, भनी तपाईंलाई आदेश दिनु भएको थियो।”

3 And the children of Israel gave to the Levites out of their inheritance, at the commandment of the LORD, these cities and their suburbs.यसर्थ इस्राएलका मानिसहरूले परमप्रभुको यो आदेशको पालन गरे। तिनीहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति ती वरिपरिका भूमि दिए।

4 And the lot came out for the families of the Kohathites: and the children of Aaron the priest, who were of the Levites, had by lot out of the tribe of Judah, and out of the tribe of Simeon, and out of the tribe of Benjamin, thirteen cities.कहातीको कुल, लेवीको वंश समूहका पूजाहारी हारूनका वंशजहरू थिए। कहाती वंशका अंशलाई तेह्र शहरहरू दिइए जो यहूदा, शिमोन अनि बिन्यामीनका इलाका भित्र थिए।

5 And the rest of the children of Kohath had by lot out of the families of the tribe of Ephraim, and out of the tribe of Dan, and out of the half-tribe of Manasseh, ten cities.अन्य कहाती कुलहरूलाई दश शहरहरू दिइए जो एप्रैम, दान अनि आधा मनश्शेका इलाका भित्र थिए।

6 And the children of Gershon had by lot out of the families of the tribe of Issachar, and out of the tribe of Asher, and out of the tribe of Naphtali, and out of the half-tribe of Manasseh in Bashan, thirteen cities.गेर्शोन कुलका मानिसहरूलाई तेह्र शहरहरू प्रदान गरिए। यी शहरहरू ती इलाकामा थिए जो इस्साकार, आशेर, नप्ताली अनि बाशानमा भएको आधा मनश्शेका थिए।

7 The children of Merari by their families had out of the tribe of Reuben, and out of the tribe of Gad, and out of the tribe of Zebulun, twelve cities.मरारी कुलका मानिसहरूलाई बाह्र शहरहरू दिइए। यी बाह्र शहरहरू रूबेन, गाद अनि जबूलूनका इलाकाबाट आएका थिए।

8 And the children of Israel gave by lot to the Levites these cities with their suburbs, as the LORD commanded by the hand of Moses.यसरी इस्राएलका मानिसहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि ती वरिपरिका खेतहरू दिए जसरी परमप्रभुले मोशालाई भन्नु भएको थियो।

9 And they gave out of the tribe of the children of Judah, and out of the tribe of the children of Simeon, these cities which are here mentioned by name,यी नाउँहरू ती शहरहरूका हुन् जो यहूदा अनि शिमोनको इलाकामा थिए।

10 Which the children of Aaron, being of the families of the Kohathites, who were of the children of Levi, had: for theirs was the first lot.कहात कुलबाट शहरहरू पहिला लेवीहरूलाई प्रदान गरियो।

11 And they gave them the city of Arba the father of Anak (which city is Hebron) in the hill-country of Judah, with its suburbs round it.लेवीहरूलाई तिनीहरूले दिए किर्यत-अर्बा (यो हेब्रोन हो। यसको नाउँ अर्बानामको मानिसको नाउँबाट राखिएको थियो। अर्बा अनाकका पिता थिए।) तिनीहरूका पशुहरूका निम्ति पनि कहातीहरूले शहर छेऊका केही भूमि तिनीहरूलाई दिए।

12 But the fields of the city, and its villages, they gave to Caleb the son of Jephunneh for his possession.तर किर्यतर्बा शहर वरिपरिका खेत अनि समाना शहरहरू यपुन्नेका छोरा कालेबका थिए।

13 Thus they gave to the children of Aaron the priest, Hebron with its suburbs, to be a city of refuge for the slayer; and Libnah with its suburbs,यसर्थ तिनीहरूले हेब्रोन शहर हारूनका वंशलाई दिए (हेब्रोन शरणस्थान-शहर थियो।) हारूनका सन्तानहरूलाई तिनीहरूले लिब्ना,

14 And Jattir with its suburbs, and Eshtemoa with its suburbs,यत्तीर, एश्तमो,

15 And Holon with its suburbs, and Debir with its suburbs,होलोन, दबीर,

16 And Ain with its suburbs, and Juttah with its suburbs, and Beth-shemesh with its suburbs; nine cities out of those two tribes.ऐन, युत्ता अनि बेतशेमेश पनि दिए। तिनीहरूलाई पशुहरूको निम्ति पनि ती शहरहरू नजिकका केही भूमि तिनीहरूले दिए। तिनीहरूले ती दुइ समूहहरूलाई नै शहरहरू दिए।

17 And out of the tribe of Benjamin, Gibeon with its suburbs, Geba with its suburbs,तिनीहरूले हारूनका सन्तानलाई शहरहरू दिए जो बिन्यामीनका कुल समूहका थिए। यी शहरहरू गिबोन, गेबा,

18 Anathoth with its suburbs, and Almon with its suburbs; four cities.अनातोत अनि अल्मोन थिए। तिनीहरूले यी चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति यी शहरहरू नजिकैका केही भूमि तिनीहरूलाई दिएका थिए।

19 All the cities of the children of Aaron, the priests, were thirteen cities with their suburbs.त्यहाँ जम्मा तिनीहरूले पूजाहारीहरूलाई तेह्र शहरहरू प्रदान गरे। (सबै पूजाहारीहरू हारूनका सन्तानहरू थिए।) तिनीहरूले तिनीहरूका पशुहरूका निम्ति पनि प्रत्येक शहर नजिकैका केही भूमि तिनीहरूलाई दिए।

20 And the families of the children of Kohath, the Levites who remained of the children of Kohath, even they had the cities of their lot out of the tribe of Ephraim.कहात वंशका अन्य मानिसहरूलाई ती शहरहरू प्रदान गरिए जो एप्रैम कुल समूहका क्षेत्रमा थिए। तिनीहरूले यी शहरहरू पाए।

21 For they gave them Shechem with its suburbs in mount Ephraim, to be a city of refuge for the slayer; and Gezer with its suburbs,एप्रैमको पहाडी देशका शकेम शहर। (शकेम एक शरण स्थान शहर थियो।) तिनीहरूले गेजेर,

22 And Kibzaim with its suburbs, and Beth-horon with its suburbs; four cities.किब्सैम अनि बेथहोरोन पनि प्राप्त गरे। एप्रैमले तिनीहरूलाई चार शहरहरू अनि प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूका पशुहरूका निम्ति दिए।

23 And out of the tribe of Dan, Eltekeh with its suburbs, Gibbethon with its suburbs,दानको कुल समूहले तिनीहरूलाई एल्तके, गिब्बतौन,

24 Ajalon with its suburbs, Gath-rimmon with its suburbs; four cities.अय्यालोन अनि गात-रिम्मोन दिए। दानले तिनीहरूलाई चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

25 And out of the half-tribe of Manasseh, Taanach with its suburbs, and Gath-rimmon with its suburbs; two cities.मनश्शेको आधा कुल समूहले तिनीहरूलाई तानाक र गत्रिम्मोन दिए। यो मनश्शेको आधा कुल समूहले तिनीहरूलाई दुइ शहर अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

26 All the cities were ten with their suburbs, for the families of the children of Kohath that remained.कहात कुलका बाँकी मानिसहरूले जम्मा दश शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।

27 And to the children of Gershon, of the families of the Levites, out of the other half-tribe of Manasseh they gave Golan in Bashan with its suburbs, to be a city of refuge for the slayer, and Beesh-terah with its suburbs; two cities.गेर्शोन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाएःमनश्शेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलन दिए। (गोलन शरणस्थान-शहर थियो।) मनश्शेले तिनीहरूलाई बेश्तरा पनि दिए। यो मनश्शेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

28 And out of the tribe of Issachar, Kishon with its suburbs, Dabareh with its suburbs,इस्साकार कुलसमूहले तिनीहरूलाई किश्योन, दाबरत,

29 Jarmuth with its suburbs, En-gannim with its suburbs; four cities.यर्मत अनि एन्गन्नीम दिए। इस्साकारले जम्मा चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूलाई दिए।

30 And out of the tribe of Asher, Mishal with its suburbs, Abdon with its suburbs,आशेरका कुल समूहले तिनीहरूलाई मिशाल, अब्दोन,

31 Helkath with its suburbs, and Rehob with its suburbs; four cities.हेल्कात, अनि रहोब दिए। जम्मा आशेरले तिनीहरूलाई चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

32 And out of the tribe of Naphtali, Kedesh in Galilee with its suburbs, to be a city of refuge for the slayer; and Hammoth-dor with its suburbs, and Kartan with its suburbs; three cities.नप्ताली कुल समूहले तिनीहरूलाई गालीलको केदेश दिए। (केदेश शरणस्थान-शहर थियो।) नप्तालीले तिनीहरूलाई हम्मोत्दर अनि कर्तान पनि दिए। नप्तालीले जम्मा तीन शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

33 All the cities of the Gershonites, according to their families, were thirteen cities with their suburbs.गेर्शोन कुलले जम्मा तेह्र शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।

34 And to the families of the children of Merari, the rest of the Levites, out of the tribe of Zebulun, Jokneam with its suburbs, and Kartah with its suburbs,अन्य लेवीसमूह मरारी कुलका थिए। मरारी कुलले यी शहरहरू पाएःजबूलूनका कुल समूहले तिनीहरूलाई योक्नाम, कर्ता,

35 Dimnah with its suburbs, Nahalal with its suburbs; four cities.दिम्ना, अनि नहलाल दिए। जबूलूनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

36 And out of the tribe of Reuben, Bezer with its suburbs, and Jahazah with its suburbs,रूबेन कुल समूहले तिनीहरूलाई बेसेर, यहसा,

37 Kedemoth with its suburbs, and Mephaath with its suburbs; four cities.कदेमोत, अनि मेपात दिए। रूबेनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।

38 And out of the tribe of Gad, Ramoth in Gilead with its suburbs to be a city of refuge for the slayer; and Mahanaim with its suburbs,गाद कुल समूहले तिनीहरूलाई गिलादको रामोत दिए। (रामोत शरणस्थन-शहर थियो।) तिनीहरूले महनैम,

39 Heshbon with its suburbs, Jazer with its suburbs; four cities in all.हेस्बोन अनि याजेर पनि तिनीहरूलाई दिए। तिनीहरूलाई गादले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।

40 So all the cities for the children of Merari by their families, which were remaining of the families of the Levites, were by their lot twelve cities.यसरी, अन्तिम लेवी कुलले जम्मा बाह्र शहरहरू प्राप्त गरे।

41 All the cities of the Levites within the possession of the children of Israel were forty and eight cities with their suburbs.यसरी लेवीहरूले जम्मा अठचालीस शहरहरू अनि आफ्ना पशुहरूका निम्ति हरेक शहर वरिपरिका केही भूमि प्राप्त गरे। यी सबै शहरहरू ती इलाकामा थिए जो अन्य कुल समूहहरूका थिए।

42 These cities were every one with their suburbs around them. Thus were all these cities.यी प्रत्येक शहरमा आफ्ना पशुहरूका निम्ति केही भूमि थियो।प्रत्येक शहरका निम्ति त्यो प्रकृत थियो।

43 And the LORD gave to Israel all the land which he swore to give to their fathers: and they possessed it, and dwelt in it.यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे।

44 And the LORD gave them rest on all sides, according to all that he swore to their fathers: and there stood not a man of all their enemies before them; the LORD delivered all their enemies into their hand.अनि परमप्रभुले तिनीहरूलाई, उहाँले तिनीहरूका अगुवाहरूसित प्रतिज्ञा गर्नु भए जस्तै, आफ्नो भूमिका चारैतिर शान्ति प्रदान गर्नदिनु भयो। तिनीहरूका कुनै पनि शत्रुहरूले तिनीहरूलाई परास्त गरेनन्। परमप्रभुले इस्राएलका मानिसहरूलाई हरेक शत्रुलाई परास्त गर्न दिनुभयो।

45 There failed not aught of any good thing which the LORD had spoken to the house of Israel; all came to pass.परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इस्राएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्ण गर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।

Nepali Bible