Joshua 20 - BBE (Nepali)
1 And the Lord said to Joshua,तब परमप्रभुले यहोशूलाई भन्नु भयो,
2 Say to the children of Israel, Let certain towns be marked out as safe places, as I said to you by the mouth of Moses,“मैले तिमीहरूलाई निर्देश दिन मैले मोशालाई आज्ञा गरे झैं सुरक्षाका विशेष शहरहरू निर्माण गर्न इस्राएलीहरूलाई भन। इस्राएलीहरूलाई शरण स्थानको विशेष शहरहरू नियुक्त गर्नु भन।
3 So that any man who in error and without design has taken the life of another, may go in flight to them: and they will be safe places for you from him who has the right of punishment for blood.यदि कुनै मानिसले अर्को मानिसलाई मार्छ, तर त्यो अन्जानमा हो अनि उसले त्यस मानिसलाई मार्न चाहेको होइन भने उसलाई मार्न चाहने उसका आफान्तहरूबाट लुक्नका निम्ति त्यो शरण शहरमा जान सक्छ।
4 And if anyone goes in flight to one of those towns, and comes into the public place of the town, and puts his cause before the responsible men of the town, they will take him into the town and give him a place among them where he may be safe.“त्यस मानिसले जे गर्नुपर्छ त्यो यो हो। जब त्यो भागेर ती शहरहरू मध्ये एउटामा जान्छ। त्यो त्यस शहरको प्रवेश द्वारमा रोकिएर उभिनु पर्छ अनि मानिसहरूका अगुवाहरूलाई भन्नु पर्छ के भएको थियो। तब अगुवाहरूले त्यसलाई शहरमा प्रवेश गर्न दिने छन्। त्यसलाई तिनीहरूँगै बस्न दिऊन्।
5 And if the one who has the right of punishment comes after him, they are not to give the taker of life up to him; because he was the cause of his neighbour's death without designing it and not in hate.तर त्यस मानिसलाई खेद्दै आउने मानिस शहरमा पछ्याउँदै आउन सक्नेछ। यदि यस्तो भयो भने शहरका अगुवाहरूले उसलाई छोड्नु हुँदैन। तिनीहरूले त्यस मानिसको रक्षा गर्नुपर्छ जो तिनीहरू कहाँ सुरक्षाको निम्ति आएकोछ किनभने त्यसले एउटा मानिसलाई अन्जानमा मारेको थियो। उ क्रोधित भएको थिएन, अनि त्यस मानिसलाई मार्ने योजना गरेको थिएन।
6 And he is to go on living in that town till he has to come before the meeting of the people to be judged; (till the death of him who is high priest at that time:) then the taker of life may come back to his town and to his house, to the town from which he had gone in flight.त्यो मानिसलाई त्यस शहरको न्यायलयले त्यसको न्याय नगरे सम्म त्यस शहरमा बस्नु पर्नेछ। अनि प्रधान पूजाहारीको मृत्यु नहुञ्जेल त्यो त्यस शहरमा बस्नु पर्नेछ। त्यसपछि त्यो आफ्नै घर भएको शहरमा फर्की जानसक्नेछ, जहाँबाट त्यो व्यक्ति भागेको थियो।”
7 So they made selection of Kedesh in Galilee in the hill-country of Naphtali, and Shechem in the hill-country of Ephraim, and Kiriath-arba (which is Hebron) in the hill-country of Judah.यसर्थ इस्राएलका मानिसहरूले “शरणस्थान-शहरहरू” घोषणा गर्नको निम्ति केही शहरहरू चुने। ती शहरहरू थिएः गालीलमा नप्तालीको पहाडी देश कादेश एप्रैमको पहाडी देश शकेममा।यहूदाको पहाडी देशमा किर्यतर्बा (हेब्रोन)।
8 And on the east side of Jordan at Jericho, they made selection of Bezer in the waste land, in the table-land, out of the tribe of Reuben, and Ramoth in Gilead out of the tribe of Gad, and Golan in Bashan out of the tribe of Manasseh.रूबेनको भूमिको मरूभूमि इलाकाको यरीहोदेखि यर्दन नदी पारी पूर्वको बेसेर, गादको भूमि गिलादको रामोत, मनश्शेका भूमिमा बाशानको गोलान।
9 These were the towns marked out for all the children of Israel and for the man from a strange country living among them, so that anyone causing the death of another in error, might go in flight there, and not be put to death by him who has the right of punishment for blood till he had come before the meeting of the people.कुनै इस्राएली वा कुनै विदेशी तिनीहरूमाझ बस्ने जसले अन्जानमा कसैलाई मारेका थिए, उनीहरूलाई सुरक्षाका ती शहरहरू मध्ये एउटामा भागेर जान दिइन्थ्यो। तब त्यो मानिस त्यहाँ सुरक्षित हुनसक्थिएन अनि कसैद्वारा, जसले त्यसलाई खेदिरहेथ्यो, त्यसलाई मारिदिन्थे। त्यस मानिसलाई त्यस शहरको अदालत द्वारा जाँच गरिनेछ।
Nepali Bible