John 20 - KJV (Nepali)
1 The first day of the week cometh Mary Magdalene early, when it was yet dark, unto the sepulchre, and seeth the stone taken away from the sepulchre.हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गई। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुंगा हाटाइएको थियो।
2 Then she runneth, and cometh to Simon Peter, and to the other disciple, whom Jesus loved, and saith unto them, They have taken away the LORD out of the sepulchre, and we know not where they have laid him.यसैले मरियम शिमोन पत्रुस र अन्य चेलाहरूकहाँ गई (जसलाई येशूले धेरै माया गर्नुहुन्थ्यो।) मरियमले तिनीहरूलाई भनिन, “तिनीहरूले प्रभुको देहलाई चिहानबाट लगेछन्। हामी जान्दैनौ तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।”
3 Peter therefore went forth, and that other disciple, and came to the sepulchre.यसकारण पत्रुस र अर्को चेला चिहानमा जानलागे।
4 So they ran both together: and the other disciple did outrun Peter, and came first to the sepulchre.तिनीहरू दुवै दुगरे, तर अर्को चेला पत्रुस भन्दा छिटो दगुरे। यसैले अर्को चेला चिहानमा पहिले पुगे।
5 And he stooping down, and looking in, saw the linen clothes lying; yet went he not in.चेलाले निहुरिएर तलतिर हेरे। तिनीहरूले सूती लुगाको टुक्राहरू मात्र त्यहाँ रहेको देखे, तिनीहरू भित्र झरेनन्।
6 Then cometh Simon Peter following him, and went into the sepulchre, and seeth the linen clothes lie,त्यसपछि शिमोन पत्रुस आइपुग्यो। पुत्रस चिहान भित्र गयो। उसले सूती लुगाको टुक्रा मात्र त्यहाँ रहेको देख्यो।
7 And the napkin, that was about his head, not lying with the linen clothes, but wrapped together in a place by itself.उसले येशूको टाउँको बाँधिएको लुगा पनि देख्यो। त्यो लुगा पट्याएर सूतीको कपडाका टुक्रादेखि अलग्गा राखिएको थियो।
8 Then went in also that other disciple, which came first to the sepulchre, and he saw, and believed.त्यसपछि अर्को चेला पनि पस्यो। यो मानिस अघि चिहानमा पहिलो पुग्ने चेला थियो। तिनले भित्र पुगेर जे देखे त्यो विश्वास गरे।
9 For as yet they knew not the scripture, that he must rise again from the dead.ती चेलाहरूले अझ बुझेका थिएनन कि धर्मशास्त्रले भनेकोछ कि येशू मृत्युबाट जागी उठ्नै पर्छ।
10 Then the disciples went away again unto their own home.त्यसपछि चेलाहरू आफ्ना घर र्फक।
11 But Mary stood without at the sepulchre weeping: and as she wept, she stooped down, and looked into the sepulchre,तर मरियम चिहानकै बाहिर उभिएर रोइरही। जब रोई रहेकी थिइन् चिनहान भित्र हेर्नु तिनी निहुरिन्।
12 And seeth two angels in white sitting, the one at the head, and the other at the feet, where the body of Jesus had lain.मरियमले सेतो वस्त्रमा दुई स्वर्गदूतहरू देखी । तिनीहरू जहाँ येशूको टाउँकोपट्टी र अर्को स्वर्गदूत येशूको खुट्टापट्टी बसिरहेका थिए।
13 And they say unto her, Woman, why weepest thou? She saith unto them, Because they have taken away my LORD, and I know not where they have laid him.स्वर्गदूतहरूले मरियमलाई सोधे, “हे! नारी! किन रोईरहेकी छौ?”मरियमले जवाफ दिइन, “कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन।”
14 And when she had thus said, she turned herself back, and saw Jesus standing, and knew not that it was Jesus.मरियमले यति भनिसकेर जब र्फकिन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन्। तर तिनले येशू भनेर चिनिनन्।
15 Jesus saith unto her, Woman, why weepest thou? whom seekest thou? She, supposing him to be the gardener, saith unto him, Sir, if thou have borne him hence, tell me where thou hast laid him, and I will take him away.येशूले उनलाई सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?”मरियमले उहाँलाई त्यहाँ बगैंचाको माली सम्झी। तब मरियमले उहाँलाई सोधी, “के तिमीले येशूलाई लग्यौ, महोदय? भन उहाँलाई कहाँ राखेकाछौ। म त्यही जानेछु र उहाँलाई लानेछु।”
16 Jesus saith unto her, Mary. She turned herself, and saith unto him, Rabboni; which is to say, Master.येशूले उसलाई भन्नुभयो, “हे मरियम।”मरियम येशू तर्फ फर्की र यहूदी भाषामा उसलाई भनी, “रब्बोनी।” (अर्थ “हे गुरुज्यु”)
17 Jesus saith unto her, Touch me not; for I am not yet ascended to my Father: but go to my brethren, and say unto them, I ascend unto my Father, and your Father; and to my God, and your God.येशूले उसलाई भन्नुभयो, “मलाई नछोऊ। म अझ् सम्म पिताकोमा गई सकेको छुइँन। तर मेरा दाज्यु-भाइहरू भएकोमा जाऊ, र तिनीहरूलाई यसो भनः ‘म मेरो पिता र तिमीहरूका पिताकहाँ फर्की जाँदैछु। म मेरो परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ फर्की जाँदैछु।”‘
18 Mary Magdalene came and told the disciples that she had seen the LORD, and that he had spoken these things unto her.मरियम मग्दलिनी चेलाहरूकहाँ गईन् अनि उनीहरूलाई भनिन, “मैले प्रभुलाई भेटें।” अनि येशूले जे भन्नु भएको थियो ती सब भनिदिइन्।
19 Then the same day at evening, being the first day of the week, when the doors were shut where the disciples were assembled for fear of the Jews, came Jesus and stood in the midst, and saith unto them, Peace be unto you.हप्ताको पहिलो दिन थियो। चेलाहरू त्यो बलुकी भेला भएका थिए। यहूदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशू आउनु भयो र तिनीहरूका सामुने उभिनु भयो। येशूले भन्नुभयो “शान्ति तिमीहरूसँग रहोस्।”
20 And when he had so said, he shewed unto them his hands and his side. Then were the disciples glad, when they saw the LORD.येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।
21 Then said Jesus to them again, Peace be unto you: as my Father hath sent me, even so send I you.त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसंग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।”
22 And when he had said this, he breathed on them, and saith unto them, Receive ye the Holy Ghost:यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ।”
23 Whose soever sins ye remit, they are remitted unto them; and whose soever sins ye retain, they are retained.यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदियौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन्।”
24 But Thomas, one of the twelve, called Didymus, was not with them when Jesus came.थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए।
25 The other disciples therefore said unto him, We have seen the LORD. But he said unto them, Except I shall see in his hands the print of the nails, and put my finger into the print of the nails, and thrust my hand into his side, I will not believe.अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास र्गदिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औलाँ त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”
26 And after eight days again his disciples were within, and Thomas with them: then came Jesus, the doors being shut, and stood in the midst, and said, Peace be unto you.एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसंग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिनु भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।”
27 Then saith he to Thomas, Reach hither thy finger, and behold my hands; and reach hither thy hand, and thrust it into my side: and be not faithless, but believing.त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ।” मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाऊ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।”
28 And Thomas answered and said unto him, My LORD and my God.थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”
29 Jesus saith unto him, Thomas, because thou hast seen me, thou hast believed: blessed are they that have not seen, and yet have believed.येशूले थोमालाई भन्नुभयो, “तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ। ती मानिसहरू धन्य हुन् जस-जसले मलाई नदेखिकनै विश्वास गरे।”
30 And many other signs truly did Jesus in the presence of his disciples, which are not written in this book:येशूले धेरै अरू चमत्कारहरू देखाउनु भएको उहाँका चेलाहरूले देखेका थिए। ती चमत्कारहरू यस पुस्तकमा लेखिएको छैन।
31 But these are written, that ye might believe that Jesus is the Christ, the Son of God; and that believing ye might have life through his name.तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं
Nepali Bible