John 2 - YLT (Nepali)
1 And the third day a marriage happened in Cana of Galilee, and the mother of Jesus was there,दुइदिन पश्चात् गालीलको काना भन्ने शहरमा विवाह समारोह भइरहेको थियो। येशूकी आमा त्यहाँ हुनुहुन्थयो।
2 and also Jesus was called, and his disciples, to the marriage;येशू अनि उहाँका चेलाहरूलाई पनि त्यहाँ निम्तिाइएको थियो।
3 and wine having failed, the mother of Jesus saith unto him, `Wine they have not;'विवाह समारोहमा प्रशस्त दाखरस थिएन। दाखरस जति सकिसके पछि येशूकी आमाले उहाँलाई भनिन् “तिनीहरूसंग अरु दाखरस छैन।”
4 Jesus saith to her, `What -- to me and to thee, woman? not yet is mine hour come.'येशूले उत्तर दिनुभयो, “प्रिय नारी, मैले के गर्नु पर्छ, मलाई नभन मेरो समय अझ आई सकेको छैन।”
5 His mother saith to the ministrants, `Whatever he may say to you -- do.'येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”
6 And there were there six water-jugs of stone, placed according to the purifying of the Jews, holding each two or three measures.त्यहाँ ढुंगाका ठूल-ठूला छ वटा पानीका घ्याम्पाहरू थिए। यहूदीहरूले आफ्ना शुद्धी धर्मानुष्ठानमा ती पानीका घ्याम्पाहरू चलाउने गर्दथे। प्रत्येक घ्याम्पाहरू बीस अथवा तीस गेलेन परिमाणको थियो।
7 Jesus saith to them, `Fill the water-jugs with water;' and they filled them -- unto the brim;येशूले नोकरहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तब नोकरहरूले मुखसम्मै घ्याम्पाहरूमा पानी भरिदिए।
8 and he saith to them, `Draw out, now, and bear to the director of the apartment;' and they bare.तब येशूले नोकरहरूलाई भन्नुभयो, “अब केही पानी घ्याम्पाबाट निकाल र लगेर समारोहका अध्यक्षक कहाँ पुर्याऊ।” तिनीहरूले त्यसै गरे।
9 And as the director of the apartment tasted the water become wine, and knew not whence it is, (but the ministrants knew, who have drawn the water,) the director of the feast doth call the bridegroom,विवाह समारोहका मुखियाले चाखे, पानी दाखरस भइसकेको थियो। दाखरस कहाँबाट आयो तिनलाई थाहा भएन। तर यो विषय नोकरहरालाई मात्र थाहा थियो जसले पानी ल्याएका थिए। तब मुखियाले बेहुलालाई बोलाउन पठाए र
10 and saith to him, `Every man, at first, the good wine doth set forth; and when they may have drunk freely, then the inferior; thou didst keep the good wine till now.'उनले बेहुलालाई भने, “मानिसहरूले पहिले राम्रो दाखरस संधैं बाँडछन्। पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँडन थाल्दछन्। तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ।”
11 This beginning of the signs did Jesus in Cana of Galilee, and manifested his glory, and his disciples believed in him;येशूले सर्वप्रथम गालीलको काना शहरमा गर्नु भएको चमत्कार यही थियो। येशूले आफ्नो महानता देखाउनु भयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
12 after this he went down to Capernaum, he, and his mother, and his brethren, and his disciples; and there they remained not many days.त्यसपछि येशू कफर्नहुम शहर तर्फ जानु भयो। उहाँकी आमा, भाइहरू अनि चेलाहरू उहाँसंगै गए। तिनहरू केही दिनको लागि मात्र कफर्नहुममा बास बसे।
13 And the passover of the Jews was nigh, and Jesus went up to Jerusalem,यहूदीहरूको निस्तार चाडअति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो।
14 and he found in the temple those selling oxen, and sheep, and doves, and the money-changers sitting,यरूशलेममा येशू मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोरू, भेंडा अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नु भयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यपार गरिरहेका थिए।
15 and having made a whip of small cords, he put all forth out of the temple, also the sheep, and the oxen; and of the money-changers he poured out the coins, and the tables he overthrew,येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो।
16 and to those selling the doves he said, `Take these things hence; make not the house of my Father a house of merchandise.'येशूले ती ढुकुरह्ररू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।”
17 And his disciples remembered that it is written, `The zeal of Thy house did eat me up;'यो भइसके पछि येशूका चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरेः “तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।”
18 the Jews then answered and said to him, `What sign dost thou shew to us -- that thou dost these things?'यहूदीहरूले येशूलाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।”
19 Jesus answered and said to them, `Destroy this sanctuary, and in three days I will raise it up.'येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”
20 The Jews, therefore, said, `Forty and six years was this sanctuary building, and wilt thou in three days raise it up?'यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस र्वष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”
21 but he spake concerning the sanctuary of his body;वास्तवमा मन्दिरको संदर्भ येशूलाई आफ्नो शरीरसंग थियो।
22 when, then, he was raised out of the dead, his disciples remembered that he said this to them, and they believed the Writing, and the word that Jesus said.मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येशूले भन्नुभएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे।
23 And as he was in Jerusalem, in the passover, in the feast, many believed in his name, beholding his signs that he was doing;यहूदीहरूको निस्तार चाडको समय येशू यरूशलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखइसके पछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले।
24 and Jesus himself was not trusting himself to them, because of his knowing all `men',तर यशूले तिनीहरूमाथि भरोसा राख्नु भएन। किन त्यसो गर्नु भयो? किनभने ती मानिसहरूले उहाँप्रति के सोचिरहेका हुन्थे,
25 and because he had no need that any should testify concerning man, for he himself was knowing what was in man.कसैले मानिसहरूको विषयमा उहाँलाई भन्नु पर्ने आवश्यक थिएन किनभने उहाँले मानिसको हृदयमा के छ जान्नु हुन्थ्यो।
Nepali Bible