John 2 - DBY (Nepali)
1 And on the third day a marriage took place in Cana of Galilee, and the mother of Jesus was there.दुइदिन पश्चात् गालीलको काना भन्ने शहरमा विवाह समारोह भइरहेको थियो। येशूकी आमा त्यहाँ हुनुहुन्थयो।
2 And Jesus also, and his disciples, were invited to the marriage.येशू अनि उहाँका चेलाहरूलाई पनि त्यहाँ निम्तिाइएको थियो।
3 And wine being deficient, the mother of Jesus says to him, They have no wine.विवाह समारोहमा प्रशस्त दाखरस थिएन। दाखरस जति सकिसके पछि येशूकी आमाले उहाँलाई भनिन् “तिनीहरूसंग अरु दाखरस छैन।”
4 Jesus says to her, What have I to do with thee, woman? mine hour has not yet come.येशूले उत्तर दिनुभयो, “प्रिय नारी, मैले के गर्नु पर्छ, मलाई नभन मेरो समय अझ आई सकेको छैन।”
5 His mother says to the servants, Whatever he may say to you, do.येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”
6 Now there were standing there six stone water-vessels, according to the purification of the Jews, holding two or three measures each.त्यहाँ ढुंगाका ठूल-ठूला छ वटा पानीका घ्याम्पाहरू थिए। यहूदीहरूले आफ्ना शुद्धी धर्मानुष्ठानमा ती पानीका घ्याम्पाहरू चलाउने गर्दथे। प्रत्येक घ्याम्पाहरू बीस अथवा तीस गेलेन परिमाणको थियो।
7 Jesus says to them, Fill the water-vessels with water. And they filled them up to the brim.येशूले नोकरहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तब नोकरहरूले मुखसम्मै घ्याम्पाहरूमा पानी भरिदिए।
8 And he says to them, Draw out now, and carry [it] to the feast-master. And they carried [it].तब येशूले नोकरहरूलाई भन्नुभयो, “अब केही पानी घ्याम्पाबाट निकाल र लगेर समारोहका अध्यक्षक कहाँ पुर्याऊ।” तिनीहरूले त्यसै गरे।
9 But when the feast-master had tasted the water which had been made wine (and knew not whence it was, but the servants knew who drew the water), the feast-master calls the bridegroom,विवाह समारोहका मुखियाले चाखे, पानी दाखरस भइसकेको थियो। दाखरस कहाँबाट आयो तिनलाई थाहा भएन। तर यो विषय नोकरहरालाई मात्र थाहा थियो जसले पानी ल्याएका थिए। तब मुखियाले बेहुलालाई बोलाउन पठाए र
10 and says to him, Every man sets on first the good wine, and when [men] have well drunk, then the inferior; thou hast kept the good wine till now.उनले बेहुलालाई भने, “मानिसहरूले पहिले राम्रो दाखरस संधैं बाँडछन्। पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँडन थाल्दछन्। तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ।”
11 This beginning of signs did Jesus in Cana of Galilee, and manifested his glory; and his disciples believed on him.येशूले सर्वप्रथम गालीलको काना शहरमा गर्नु भएको चमत्कार यही थियो। येशूले आफ्नो महानता देखाउनु भयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
12 After this he descended to Capernaum, he and his mother and his brethren and his disciples; and there they abode not many days.त्यसपछि येशू कफर्नहुम शहर तर्फ जानु भयो। उहाँकी आमा, भाइहरू अनि चेलाहरू उहाँसंगै गए। तिनहरू केही दिनको लागि मात्र कफर्नहुममा बास बसे।
13 And the passover of the Jews was near, and Jesus went up to Jerusalem.यहूदीहरूको निस्तार चाडअति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो।
14 And he found in the temple the sellers of oxen and sheep and doves, and the money-changers sitting;यरूशलेममा येशू मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोरू, भेंडा अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नु भयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यपार गरिरहेका थिए।
15 and, having made a scourge of cords, he cast [them] all out of the temple, both the sheep and the oxen; and he poured out the change of the money-changers, and overturned the tables,येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो।
16 and said to the sellers of doves, Take these things hence; make not my Father's house a house of merchandise.येशूले ती ढुकुरह्ररू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।”
17 [And] his disciples remembered that it is written, The zeal of thy house devours me.यो भइसके पछि येशूका चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरेः “तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।”
18 The Jews therefore answered and said to him, What sign shewest thou to us, that thou doest these things?यहूदीहरूले येशूलाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।”
19 Jesus answered and said to them, Destroy this temple, and in three days I will raise it up.येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”
20 The Jews therefore said, Forty and six years was this temple building, and thou wilt raise it up in three days?यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस र्वष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”
21 But *he* spoke of the temple of his body.वास्तवमा मन्दिरको संदर्भ येशूलाई आफ्नो शरीरसंग थियो।
22 When therefore he was raised from among [the] dead, his disciples remembered that he had said this, and believed the scripture and the word which Jesus had spoken.मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येशूले भन्नुभएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे।
23 And when he was in Jerusalem, at the passover, at the feast, many believed on his name, beholding his signs which he wrought.यहूदीहरूको निस्तार चाडको समय येशू यरूशलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखइसके पछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले।
24 But Jesus himself did not trust himself to them, because he knew all [men],तर यशूले तिनीहरूमाथि भरोसा राख्नु भएन। किन त्यसो गर्नु भयो? किनभने ती मानिसहरूले उहाँप्रति के सोचिरहेका हुन्थे,
25 and that he had not need that any should testify of man, for himself knew what was in man.कसैले मानिसहरूको विषयमा उहाँलाई भन्नु पर्ने आवश्यक थिएन किनभने उहाँले मानिसको हृदयमा के छ जान्नु हुन्थ्यो।
Nepali Bible