John 16 - YLT (Nepali)
1 `These things I have spoken to you, that ye may not be stumbled,“मैले यी कुराहरू तिमाहरूलाई भनें ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छौनौ।
2 out of the synagogues they will put you; but an hour doth come, that every one who hath killed you, may think to offer service unto God;तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आँउदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वकरको सेवा गर्दैछौ भन्ने सोच्नेछन्।
3 and these things they will do to you, because they did not know the Father, nor me.मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिनीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्।
4 `But these things I have spoken to you, that when the hour may come, ye may remember them, that I said `them' to you, and these things to you from the beginning I did not say, because I was with you;यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं।“मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसंगै थिएँ।
5 and now I go away to Him who sent me, and none of you doth ask me, Whither dost thou go?अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोधेनौ, ‘तपाईं कहाँ गइरहुन भएको छ?’
6 but because these things I have said to you, the sorrow hath filled your heart.तिमीहरूका हृदय उदासिनताले भरिएको छ किनभने मैले तिमीहरूलाई ती कुराहरू भने।
7 `But I tell you the truth; it is better for you that I go away, for if I may not go away, the Comforter will not come unto you, and if I go on, I will send Him unto you;तर म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किन? किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन।
8 and having come, He will convict the world concerning sin, and concerning righteousness, and concerning judgment;जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछः पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा।
9 concerning sin indeed, because they do not believe in me;सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्।
10 and concerning righteousness, because unto my Father I go away, and no more do ye behold me;उसले मेरो र्धमिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ।
11 and concerning judgment, because the ruler of this world hath been judged.अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।
12 `I have yet many things to say to you, but ye are not able to bear `them' now;“मलाई अझ तिमीहरूसंग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ।
13 and when He may come -- the Spirit of truth -- He will guide you to all the truth, for He will not speak from Himself, but as many things as He will hear He will speak, and the coming things He will tell you;तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन् उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ।
14 He will glorify me, because of mine He will take, and will tell to you.सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासंग छन् ती सबै मेरा हुन्।
15 `All things, as many as the Father hath, are mine; because of this I said, That of mine He will take, and will tell to you;त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।
16 a little while, and ye do not behold me, and again a little while, and ye shall see me, because I go away unto the Father.'“केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देख्नेछौ।”
17 Therefore said `some' of his disciples one to another, `What is this that he saith to us, A little while, and ye do not behold me, and again a little while, and ye shall see me, and, Because I go away unto the Father?'कोही चेलाहरूले आपसमा भने, “येशूले जब त्यसो भन्नु हुन्छ त्यसको मतलब के हो? ‘केही बेरपछि तिमीहरूले मलाई देख्नछैनौ अनि तब केही बेरपछि मलाई फेरि देख्नेछौ?’ ‘त्यसो जब भन्नुहुन्छ म पिताकहाँ जादैछु त्यसको अर्थ के हो?”
18 they said then, `What is this he saith -- the little while? we have not known what he saith.'चेलाहरूले सोधे, “केही बेरपछि भन्नुको ‘उहाँको तात्पर्य के हो? उहाँले के भनिरहनु भएको छ हामीले केही बुझेनौ।”
19 Jesus, therefore, knew that they were wishing to ask him, and he said to them, `Concerning this do ye seek one with another, because I said, A little while, and you do not behold me, and again a little while, and ye shall see me?येशूले जान्नु भयो कि चेलाहरूले त्यस विषयमा उहाँलाई सोध्न चाहन्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू आपसमा सोधिरहेछौ मेरो भन्नुको तात्पर्य जब मैले भने, केही बेरपछि तिमीहरूले मलाई देख्ने छैनौ। तिमीहरूले यो जान्नलाई आपसमा बहस गरेकाछौ। त्यसपछि फेरि अर्को केही बेरपछि देख्नेछौ?
20 verily, verily, I say to you, that ye shall weep and lament, and the world will rejoice; and ye shall be sorrowful, but your sorrow joy will become.म तिमीहरूलाई साँचो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।
21 `The woman, when she may bear, hath sorrow, because her hour did come, and when she may bear the child, no more doth she remember the anguish, because of the joy that a man was born to the world.जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्।
22 `And ye, therefore, now, indeed, have sorrow; and again I will see you, and your heart shall rejoice, and your joy no one doth take from you,तिमीहरूसंग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन।
23 and in that day ye will question me nothing; verily, verily, I say to you, as many things as ye may ask of the Father in my name, He will give you;त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ। म तिमीहरूलाई साँचो भन्दछु। मेरो नाममा जे मागे पनि मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।
24 till now ye did ask nothing in my name; ask, and ye shall receive, that your joy may be full.तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।
25 `These things in similitudes I have spoken to you, but there cometh an hour when no more in similitudes will I speak to you, but freely of the Father, will tell you.“यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदैछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा म तिमीहरूलाई सरल भाषामा भन्नेछु।
26 `In that day, in my name ye will make request, and I do not say to you that I will ask the Father for you,त्यस समय मेरो नाममा मेरा पितालाई बिन्ती गर्नेछौ। तर मैले भनिरहेकोछैन कि तिमीहरूको निम्ति म मेरा पितालाई भन्नेछु।
27 for the Father himself doth love you, because me ye have loved, and ye have believed that I from God came forth;किनभने पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेकाछौ। त्यसकारणले तिमीहरूले विश्वास गर्छौ कि म परमेश्वरबाट आएको हुँ।
28 I came forth from the Father, and have come to the world; again I leave the world, and go on unto the Father.'म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”
29 His disciples say to him, `Lo, now freely thou dost speak, and no similitude speakest thou;तब येशूका चेलाहरूले भने, “तपाईंले अहिले हामीलाई खुलस्त भन्नुभयो। त्यस्तो भुझ्नै नसक्ने अप्ठेरो नबनाई तपाईंले भन्नु भएन।
30 now we have known that thou hast known all things, and hast no need that any one do question thee; in this we believe that from God thou didst come forth.'हामीले अब बुझ्न सक्छौ कि तपाईंले प्रत्येक कुरा जान्नु हुन्छ। तपाईंले सोध्नु अगाडि नै कुनै पनि मानिसको उत्तर दिनु सक्नुहुन्छ। यही कारणले हामीलाई विश्वास दिलाउँछ कि तपाईं परमेश्वरबाटै आउनु भएको हो।”
31 Jesus answered them, `Now do ye believe? lo, there doth come an hour,येशूले भन्नुभयो, “यसर्थः अब तिमीहरूले विश्वास गर्यौ?
32 and now it hath come, that ye may be scattered, each to his own things, and me ye may leave alone, and I am not alone, because the Father is with me;ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसंग रहनु हुनेछ।
33 these things I have spoken to you, that in me ye may have peace, in the world ye shall have tribulation, but take courage -- I have overcome the world.'“मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”
Nepali Bible