John 16 - WEB (Nepali)
1 "These things have I spoken to you, so that you wouldn't be caused to stumble.“मैले यी कुराहरू तिमाहरूलाई भनें ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छौनौ।
2 They will put you out of the synagogues. Yes, the time comes that whoever kills you will think that he offers service to God.तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आँउदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वकरको सेवा गर्दैछौ भन्ने सोच्नेछन्।
3 They will do these things{TR adds "to you"} because they have not known the Father, nor me.मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिनीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्।
4 But I have told you these things, so that when the time comes, you may remember that I told you about them. I didn't tell you these things from the beginning, because I was with you.यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं।“मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसंगै थिएँ।
5 But now I am going to him who sent me, and none of you asks me, 'Where are you going?'अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोधेनौ, ‘तपाईं कहाँ गइरहुन भएको छ?’
6 But because I have told you these things, sorrow has filled your heart.तिमीहरूका हृदय उदासिनताले भरिएको छ किनभने मैले तिमीहरूलाई ती कुराहरू भने।
7 Nevertheless I tell you the truth: It is to your advantage that I go away, for if I don't go away, the Counselor won't come to you. But if I go, I will send him to you.तर म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किन? किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन।
8 When he has come, he will convict the world about sin, about righteousness, and about judgment;जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछः पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा।
9 about sin, because they don't believe in me;सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्।
10 about righteousness, because I am going to my Father, and you won't see me any more;उसले मेरो र्धमिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ।
11 about judgment, because the prince of this world has been judged.अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।
12 "I have yet many things to tell you, but you can't bear them now.“मलाई अझ तिमीहरूसंग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ।
13 However when he, the Spirit of truth, has come, he will guide you into all truth, for he will not speak from himself; but whatever he hears, he will speak. He will declare to you things that are coming.तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन् उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ।
14 He will glorify me, for he will take from what is mine, and will declare it to you.सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासंग छन् ती सबै मेरा हुन्।
15 All things whatever the Father has are mine; therefore I said that he takes{TR reads "will take" instead of "takes"} of mine, and will declare it to you.त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।
16 A little while, and you will not see me. Again a little while, and you will see me."“केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देख्नेछौ।”
17 Some of his disciples therefore said to one another, "What is this that he says to us, 'A little while, and you won't see me, and again a little while, and you will see me;' and, 'Because I go to the Father?'"कोही चेलाहरूले आपसमा भने, “येशूले जब त्यसो भन्नु हुन्छ त्यसको मतलब के हो? ‘केही बेरपछि तिमीहरूले मलाई देख्नछैनौ अनि तब केही बेरपछि मलाई फेरि देख्नेछौ?’ ‘त्यसो जब भन्नुहुन्छ म पिताकहाँ जादैछु त्यसको अर्थ के हो?”
18 They said therefore, "What is this that he says, 'A little while?' We don't know what he is saying."चेलाहरूले सोधे, “केही बेरपछि भन्नुको ‘उहाँको तात्पर्य के हो? उहाँले के भनिरहनु भएको छ हामीले केही बुझेनौ।”
19 Therefore Jesus perceived that they wanted to ask him, and he said to them, "Do you inquire among yourselves concerning this, that I said, 'A little while, and you won't see me, and again a little while, and you will see me?'येशूले जान्नु भयो कि चेलाहरूले त्यस विषयमा उहाँलाई सोध्न चाहन्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू आपसमा सोधिरहेछौ मेरो भन्नुको तात्पर्य जब मैले भने, केही बेरपछि तिमीहरूले मलाई देख्ने छैनौ। तिमीहरूले यो जान्नलाई आपसमा बहस गरेकाछौ। त्यसपछि फेरि अर्को केही बेरपछि देख्नेछौ?
20 Most assuredly I tell you, that you will weep and lament, but the world will rejoice. You will be sorrowful, but your sorrow will be turned into joy.म तिमीहरूलाई साँचो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।
21 A woman, when she gives birth, has sorrow, because her time has come. But when she has delivered the child, she doesn't remember the anguish any more, for the joy that a human being is born into the world.जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्।
22 Therefore you now have sorrow, but I will see you again, and your heart will rejoice, and no one will take your joy away from you.तिमीहरूसंग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन।
23 "In that day you will ask me no questions. Most assuredly I tell you, whatever you may ask of the Father in my name, he will give it to you.त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ। म तिमीहरूलाई साँचो भन्दछु। मेरो नाममा जे मागे पनि मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।
24 Until now, you have asked nothing in my name. Ask, and you will receive, that your joy may be made full.तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।
25 I have spoken these things to you in figures of speech. But the time is coming when I will no more speak to you in figures of speech, but will tell you plainly about the Father.“यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदैछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा म तिमीहरूलाई सरल भाषामा भन्नेछु।
26 In that day you will ask in my name; and I don't say to you, that I will pray to the Father for you,त्यस समय मेरो नाममा मेरा पितालाई बिन्ती गर्नेछौ। तर मैले भनिरहेकोछैन कि तिमीहरूको निम्ति म मेरा पितालाई भन्नेछु।
27 for the Father himself loves you, because you have loved me, and have believed that I came forth from God.किनभने पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेकाछौ। त्यसकारणले तिमीहरूले विश्वास गर्छौ कि म परमेश्वरबाट आएको हुँ।
28 I came out from the Father, and have come into the world. Again, I leave the world, and go to the Father."म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”
29 His disciples said to him, "Behold, now you speak plainly, and speak no figures of speech.तब येशूका चेलाहरूले भने, “तपाईंले अहिले हामीलाई खुलस्त भन्नुभयो। त्यस्तो भुझ्नै नसक्ने अप्ठेरो नबनाई तपाईंले भन्नु भएन।
30 Now we know that you know all things, and don't need for anyone to question you. By this we believe that you came forth from God."हामीले अब बुझ्न सक्छौ कि तपाईंले प्रत्येक कुरा जान्नु हुन्छ। तपाईंले सोध्नु अगाडि नै कुनै पनि मानिसको उत्तर दिनु सक्नुहुन्छ। यही कारणले हामीलाई विश्वास दिलाउँछ कि तपाईं परमेश्वरबाटै आउनु भएको हो।”
31 Jesus answered them, "Do you now believe?येशूले भन्नुभयो, “यसर्थः अब तिमीहरूले विश्वास गर्यौ?
32 Behold, the time is coming, yes, and has now come, that you will be scattered, everyone to his own place, and you will leave me alone. Yet I am not alone, because the Father is with me.ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसंग रहनु हुनेछ।
33 I have told you these things, that in me you may have peace. In the world you have oppression; but cheer up! I have overcome the world."“मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”
Nepali Bible