Bible

John 15 - WEB (Nepali)

1 "I am the true vine, and my Father is the farmer.येशूले भन्नुभयो, “म साँचो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ।

2 Every branch in me that doesn't bear fruit, he takes away. Every branch that bears fruit, he prunes, that it may bear more fruit.म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।

3 You are already pruned clean because of the word which I have spoken to you.मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ।

4 Remain in me, and I in you. As the branch can't bear fruit by itself, unless it remains in the vine, so neither can you, unless you remain in me.मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अर्न्तनिहित भएको हुनै पर्छ। तिमीहरूसंग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ।

5 I am the vine. You are the branches. He who remains in me, and I in him, the same bears much fruit, for apart from me you can do nothing.“म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ।

6 If a man doesn't remain in me, he is thrown out as a branch, and is withered; and they gather them, throw them into the fire, and they are burned.यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्।

7 If you remain in me, and my words remain in you, you will ask whatever you desire, and it will be done for you.“यदि तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ।

8 "In this is my Father glorified, that you bear much fruit; and so you will be my disciples.तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हौ। यसले मेरो पितालाई महिमा दिदँछ।

9 Even as the Father has loved me, I also have loved you. Remain in my love.म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ।

10 If you keep my commandments, you will remain in my love; even as I have kept my Father's commandments, and remain in his love.मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गरयो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ।

11 I have spoken these things to you, that my joy may remain in you, and that your joy may be made full.मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसंग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु।

12 "This is my commandment, that you love one another, even as I have loved you.यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें।

13 Greater love has no one than this, that someone lay down his life for his friends.महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ।

14 You are my friends, if you do whatever I command you.तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने।

15 No longer do I call you servants, for the servant doesn't know what his lord does. But I have called you friends, for everything that I heard from my Father, I have made known to you.म तिमीहरूलाई नोकरहरू भनेर डाक्ने छैन। एक नोकरले उसको मालिकले के गर्छ भनेर केही पनि जान्दैन अब म तिमीहरूलाई मित्र भनेर बोलाउँछु किनभने मेरा पिताले मलाई जे-जे भन्नुभयो ती सबै तिमीहरूलाई भनिसकेकोछु।

16 You didn't choose me, but I chose you, and appointed you, that you should go and bear fruit, and that your fruit should remain; that whatever you will ask of the Father in my name, he may give it to you.तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ।

17 "I command these things to you, that you may love one another.यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।

18 If the world hates you, you know that it has hated me before it hated you.“यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर।

19 If you were of the world, the world would love its own. But because you are not of the world, since I chose you out of the world, therefore the world hates you.यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छानें। यसैले तिमीहरू संसारसंग सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ।

20 Remember the word that I said to you: 'A servant is not greater than his lord.' If they persecuted me, they will also persecute you. If they kept my word, they will keep yours also.मैले तिमीहरूलाई भनेका कुराहरू सम्झः एक नौकर उसको मालिक भन्दा श्रेष्ट हुँदैन। यदि मानिसहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनछन् यही मानिसहरूले मेरो शिक्षा पालन गरे भने तिनीहरूले तिमीहरूको आज्ञा पालन गर्नेछन्।

21 But all these things will they do to you for my name's sake, because they don't know him who sent me.मानिसहरूले यी सबै कुराहरू मेरो कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। उहाँलाई तिनीहरूले चिन्दैनन् जसले मलाई पठाउनु भयो।

22 If I had not come and spoken to them, they would not have had sin; but now they have no excuse for their sin.यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन।

23 He who hates me, hates my Father also.जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ।

24 If I hadn't done among them the works which no one else did, they wouldn't have had sin. But now have they seen and also hated both me and my Father.मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्।

25 But this happened so that the word may be fulfilled which was written in their law, 'They hated me without a cause.'तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयोः यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिनीहरूले मलाई घृणा गरे।’

26 "When the Counselor{Greek Parakletos: Counselor, Helper, Advocate, Intercessor, and Comfortor.} has come, whom I will send to you from the Father, the Spirit of truth, who proceeds from the Father, he will testify about me.“म तिमीहरूलाई पिताबाट सहायक पठाइदिनेछु। सहायक सत्यको आत्मा हो जो पिताबाट आउँदछ। जब उनी आउँछन्, उसले मेरो विषयमा बताउनेछन्।

27 You will also testify, because you have been with me from the beginning.अनि तिमीहरूले मेरो विषयमा मानिसहरूलाई भन किनभने तिमीहरू शुरुदेखिनै मसंग छौ।

Nepali Bible