Bible

John 12 - YLT (Nepali)

1 Jesus, therefore, six days before the passover, came to Bethany, where was Lazarus, who had died, whom he raised out of the dead;निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्।

2 they made, therefore, to him a supper there, and Martha was ministering, and Lazarus was one of those reclining together (at meat) with him;बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँडने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए।

3 Mary, therefore, having taken a pound of ointment of spikenard, of great price, anointed the feet of Jesus and did wipe with her hair his feet, and the house was filled from the fragrance of the ointment.मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।

4 Therefore saith one of his disciples -- Judas Iscariot, of Simon, who is about to deliver him up --यहूदा इस्करयोती त्यहाँ थिए। यहूदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए)। यहूदाले मरियमले त्यसो गरेको मन पराएन।

5 `Wherefore was not this ointment sold for three hundred denaries, and given to the poor?'उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वदलामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।”

6 and he said this, not because he was caring for the poor, but because he was a thief, and had the bag, and what things were put in he was carrying.यहूदा आफै गरीबहरूसंग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।

7 Jesus, therefore, said, `Suffer her; for the day of my embalming she hath kept it,तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ।

8 for the poor ye have always with yourselves, and me ye have not always.'गरीब मानिसहरू सधैं तिमीसंग हुनेछन्। तर म तिमीहरूसँग सधैं बस्ने छैन।”

9 A great multitude, therefore, of the Jews knew that he is there, and they came, not because of Jesus only, but that Lazarus also they may see, whom he raised out of the dead;येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो।

10 and the chief priests took counsel, that also Lazarus they may kill,यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे।

11 because on account of him many of the Jews were going away, and were believing in Jesus.लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।

12 On the morrow, a great multitude that came to the feast, having heard that Jesus doth come to Jerusalem,अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए

13 took the branches of the palms, and went forth to meet him, and were crying, `Hosanna, blessed `is' he who is coming in the name of the Lord -- the king of Israel;'मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए,“उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’भजनसंग्रह 118:25-26परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”

14 and Jesus having found a young ass did sit upon it, according as it is written,येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढनु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयोः

15 `Fear not, daughter of Sion, lo, thy king doth come, sitting on an ass' colt.'हे सियोन शहरनडराऊ! हेर! तिम्रो राजा आइरहेछ। उहाँ गधाको बछेडमाथि चडेर आइरहेका छन्।”

16 And these things his disciples did not know at the first, but when Jesus was glorified, then they remembered that these things were having been written about him, and these things they did to him.येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।

17 The multitude, therefore, who are with him, were testifying that he called Lazarus out of the tomb, and did raise him out of the dead;जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसंग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले।

18 because of this also did the multitude meet him, because they heard of his having done this sign,धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो।

19 the Pharisees, therefore, said among themselves, `Ye see that ye do not gain anything, lo, the world did go after him.'यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”

20 And there were certain Greeks out of those coming up that they may worship in the feast,तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए।

21 these then came near to Philip, who `is' from Bethsaida of Galilee, and were asking him, saying, `Sir, we wish to see Jesus;'ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।”

22 Philip cometh and telleth Andrew, and again Andrew and Philip tell Jesus.फिलिप गएर येशूलाई भने। अनि फिलिप र अन्द्रियास गएर येशूलाई भने।

23 And Jesus responded to them, saying, `The hour hath come that the Son of Man may be glorified;येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो।

24 verily, verily, I say to you, if the grain of the wheat, having fallen to the earth, may not die, itself remaineth alone; and if it may die, it doth bear much fruit;म तिमीहरूलाई साँचो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैं खालि एउटै बीऊ मात्र रहन्छ।

25 he who is loving his life shall lose it, and he who is hating his life in this world -- to life age-during shall keep it;जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ।

26 if any one may minister to me, let him follow me, and where I am, there also my ministrant shall be; and if any one may minister to me -- honour him will the Father.जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसंग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।

27 `Now hath my soul been troubled, and what? shall I say -- Father, save me from this hour? -- but because of this I came to this hour;“अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्? होइन, यस्तो बेलामा म आउनको कारण नै दुखः पाउनुका निम्ति हो।”

28 Father, glorify Thy name.' There came, therefore, a voice out of the heaven, `I both glorified, and again I will glorify `it';'हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।”तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”

29 the multitude, therefore, having stood and heard, were saying that there hath been thunder; others said, `A messenger hath spoken to him.'उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने।तर अरू मानिसहरूले भने, स्वर्गदूत उहाँसँग बोले!”

30 Jesus answered and said, `Not because of me hath this voice come, but because of you;येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन।

31 now is a judgment of this world, now shall the ruler of this world be cast forth;अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ।

32 and I, if I may be lifted up from the earth, will draw all men unto myself.'म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।”

33 And this he said signifying by what death he was about to die;उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।

34 the multitude answered him, `We heard out of the law that the Christ doth remain -- to the age; and how dost thou say, That it behoveth the Son of Man to be lifted up? who is this -- the Son of Man?'मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?”

35 Jesus, therefore, said to them, `Yet a little time is the light with you; walk while ye have the light, that darkness may not overtake you; and he who is walking in the darkness hath not known where he goeth;तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।

36 while ye have the light, believe in the light, that sons of light ye may become.' These things spake Jesus, and having gone away, he was hid from them,यसर्थ ज्योति जब सम्म तिमीहरूसंग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।

37 yet he having done so many signs before them, they were not believing in him,यशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।

38 that the word of Isaiah the prophet might be fulfilled, which he said, `Lord, who gave credence to our report? and the arm of the Lord -- to whom was it revealed?'अगमवक्ता यशैयाको वचन पूरा होस् भनी यो भयोः“हे प्ररमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गरयो? परमप्रभुको शक्ति कसले देख्यो?”

39 Because of this they were not able to believe, that again Isaiah said,यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले अझ भने,

40 `He hath blinded their eyes, and hardened their heart, that they might not see with the eyes, and understand with the heart, and turn back, and I might heal them;'“परमेश्वरले मानिसलाई अन्धा बनाइदिनु भयो। परमेश्वरले उनीहरूका हृदय कठोर पारिदिनु भयो। परमेश्वरले यसो गर्नुको कारण तिनीहरूले आफ्नै आँखले नदेखोस् भनेर तिनीहरूले हृदयले बुझ्न नसकोस भनेर नत्रता तिनीहरू मकहाँ निको हुन र्फकनेछन्।”

41 these things said Isaiah, when he saw his glory, and spake of him.यशैयाले यसो भनेको कारण उनले उहाँको महिमा देखेका थिए। अनि उहाँको विषयमा भने।

42 Still, however, also out of the rulers did many believe in him, but because of the Pharisees they were not confessing, that they might not be put out of the synagogue,तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।

43 for they loved the glory of men more than the glory of God.ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनु भन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे।

44 And Jesus cried and said, `He who is believing in me, doth not believe in me, but in Him who sent me;तब येशूले जोडले काराएर भन्नुभयो, “जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ।

45 and he who is beholding me, doth behold Him who sent me;जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो।

46 I a light to the world have come, that every one who is believing in me -- in the darkness may not remain;म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्न पर्दैन।

47 and if any one may hear my sayings, and not believe, I -- I do not judge him, for I came not that I might judge the world, but that I might save the world.म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएँ। म एक होइन जसले मानिसहरूलाई न्याय गर्छ। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।

48 `He who is rejecting me, and not receiving my sayings, hath one who is judging him, the word that I spake, that will judge him in the last day,जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ।

49 because I spake not from myself, but the Father who sent me, He did give me a command, what I may say, and what I may speak,किन? किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें।

50 and I have known that His command is life age-during; what, therefore, I speak, according as the Father hath said to me, so I speak.'र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोलदछु पिताले भन्नुभए अनुसार बोल्दछु।”

Nepali Bible