Bible

John 12 - WEB (Nepali)

1 Then six days before the Passover, Jesus came to Bethany, where Lazarus was, who had been dead, whom he raised from the dead.निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्।

2 So they made him a supper there. Martha served, but Lazarus was one of those who sat at the table with him.बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँडने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए।

3 Mary, therefore, took a pound{a Roman pound of 12 ounces, or about 340 grams} of ointment of pure nard, very precious, and anointed the feet of Jesus, and wiped his feet with her hair. The house was filled with the fragrance of the ointment.मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।

4 Then Judas Iscariot, Simon's son, one of his disciples, who would betray him, said,यहूदा इस्करयोती त्यहाँ थिए। यहूदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए)। यहूदाले मरियमले त्यसो गरेको मन पराएन।

5 "Why wasn't this ointment sold for three hundred denarii,{300 denarii was about a year's wages for an agricultural laborer.} and given to the poor?"उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वदलामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।”

6 Now he said this, not because he cared for the poor, but because he was a thief, and having the money box, used to steal what was put into it.यहूदा आफै गरीबहरूसंग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।

7 But Jesus said, "Leave her alone. She has kept this for the day of my burial.तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ।

8 For you always have the poor with you, but you don't always have me."गरीब मानिसहरू सधैं तिमीसंग हुनेछन्। तर म तिमीहरूसँग सधैं बस्ने छैन।”

9 A large crowd therefore of the Jews learned that he was there, and they came, not for Jesus' sake only, but that they might see Lazarus also, whom he had raised from the dead.येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो।

10 But the chief priests conspired to put Lazarus to death also,यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे।

11 because on account of him many of the Jews went away and believed in Jesus.लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।

12 On the next day a great multitude had come to the feast. When they heard that Jesus was coming to Jerusalem,अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए

13 they took the branches of the palm trees, and went out to meet him, and cried out, "Hosanna! Blessed is he who comes in the name of the Lord, the King of Israel!"मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए,“उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’भजनसंग्रह 118:25-26परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”

14 Jesus, having found a young donkey, sat on it. As it is written,येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढनु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयोः

15 "Don't be afraid, daughter of Zion. Behold, your King comes, sitting on a donkey's colt."हे सियोन शहरनडराऊ! हेर! तिम्रो राजा आइरहेछ। उहाँ गधाको बछेडमाथि चडेर आइरहेका छन्।”

16 His disciples didn't understand these things at first, but when Jesus was glorified, then they remembered that these things were written about him, and that they had done these things to him.येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।

17 The multitude therefore that was with him when he called Lazarus out of the tomb, and raised him from the dead, was testifying about it.जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसंग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले।

18 For this cause also the multitude went and met him, because they heard that he had done this sign.धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो।

19 The Pharisees therefore said among themselves, "See how you accomplish nothing. Behold, the world has gone after him."यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”

20 Now there were certain Greeks among those that went up to worship at the feast.तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए।

21 These, therefore, came to Philip, who was from Bethsaida of Galilee, and asked him, saying, "Sir, we want to see Jesus."ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।”

22 Philip came and told Andrew, and in turn, Andrew came with Philip, and they told Jesus.फिलिप गएर येशूलाई भने। अनि फिलिप र अन्द्रियास गएर येशूलाई भने।

23 Jesus answered them, "The time has come for the Son of Man to be glorified.येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो।

24 Most assuredly I tell you, unless a grain of wheat falls into the earth and dies, it remains by itself alone. But if it dies, it bears much fruit.म तिमीहरूलाई साँचो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैं खालि एउटै बीऊ मात्र रहन्छ।

25 He who loves his life will lose it. He who hates his life in this world will keep it to eternal life.जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ।

26 If anyone serves me, let him follow me. Where I am, there will my servant also be. If anyone serves me, the Father will honor him.जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसंग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।

27 "Now my soul is troubled. What shall I say? 'Father, save me from this time?' But for this cause I came to this time.“अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्? होइन, यस्तो बेलामा म आउनको कारण नै दुखः पाउनुका निम्ति हो।”

28 Father, glorify your name!" Then there came a voice out of the sky, saying, "I have both glorified it, and will glorify it again."हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।”तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”

29 The multitude therefore, who stood by and heard it, said that it had thundered. Others said, "An angel has spoken to him."उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने।तर अरू मानिसहरूले भने, स्वर्गदूत उहाँसँग बोले!”

30 Jesus answered, "This voice hasn't come for my sake, but for your sakes.येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन।

31 Now is the judgment of this world. Now the prince of this world will be cast out.अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ।

32 And I, if I am lifted up from the earth, will draw all people to myself."म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।”

33 But he said this, signifying by what kind of death he should die.उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।

34 The multitude answered him, "We have heard out of the law that the Christ remains forever. How do you say, 'The Son of Man must be lifted up?' Who is this Son of Man?"मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?”

35 Jesus therefore said to them, "Yet a little while the light is with you. Walk while you have the light, that darkness doesn't overtake you. He who walks in the darkness doesn't know where he is going.तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।

36 While you have the light, believe in the light, that you may become children of light." Jesus said these things, and he departed and hid himself from them.यसर्थ ज्योति जब सम्म तिमीहरूसंग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।

37 But though he had done so many signs before them, yet they didn't believe in him,यशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।

38 that the word of Isaiah the prophet might be fulfilled, which he spoke, "Lord, who has believed our report? To whom has the arm of the Lord been revealed?"अगमवक्ता यशैयाको वचन पूरा होस् भनी यो भयोः“हे प्ररमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गरयो? परमप्रभुको शक्ति कसले देख्यो?”

39 For this cause they couldn't believe, for Isaiah said again,यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले अझ भने,

40 "He has blinded their eyes and he hardened their heart, Lest they should see with their eyes, And perceive with their heart, And would turn, And I would heal them."“परमेश्वरले मानिसलाई अन्धा बनाइदिनु भयो। परमेश्वरले उनीहरूका हृदय कठोर पारिदिनु भयो। परमेश्वरले यसो गर्नुको कारण तिनीहरूले आफ्नै आँखले नदेखोस् भनेर तिनीहरूले हृदयले बुझ्न नसकोस भनेर नत्रता तिनीहरू मकहाँ निको हुन र्फकनेछन्।”

41 Isaiah said these things when he saw his glory, and spoke of him.यशैयाले यसो भनेको कारण उनले उहाँको महिमा देखेका थिए। अनि उहाँको विषयमा भने।

42 Nevertheless even of the rulers many believed in him, but because of the Pharisees they didn't confess it, so that they wouldn't be put out of the synagogue,तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।

43 for they loved men's praise more than God's praise.ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनु भन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे।

44 Jesus cried out and said, "Whoever believes in me, believes not in me, but in him who sent me.तब येशूले जोडले काराएर भन्नुभयो, “जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ।

45 He who sees me sees him who sent me.जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो।

46 I have come as a light into the world, that whoever believes in me may not remain in the darkness.म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्न पर्दैन।

47 If anyone listens to my sayings, and doesn't believe, I don't judge him. For I came not to judge the world, but to save the world.म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएँ। म एक होइन जसले मानिसहरूलाई न्याय गर्छ। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।

48 He who rejects me, and doesn't receive my sayings, has one who judges him. The word that I spoke, the same will judge him in the last day.जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ।

49 For I spoke not from myself, but the Father who sent me, he gave me a commandment, what I should say, and what I should speak.किन? किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें।

50 I know that his commandment is eternal life. The things therefore which I speak, even as the Father has said to me, so I speak."र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोलदछु पिताले भन्नुभए अनुसार बोल्दछु।”

Nepali Bible