John 12 - DBY (Nepali)
1 Jesus therefore, six days before the passover, came to Bethany, where was the dead [man] Lazarus, whom Jesus raised from among [the] dead.निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्।
2 There therefore they made him a supper, and Martha served, but Lazarus was one of those at table with him.बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँडने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए।
3 Mary therefore, having taken a pound of ointment of pure nard of great price, anointed the feet of Jesus, and wiped his feet with her hair, and the house was filled with the odour of the ointment.मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।
4 One of his disciples therefore, Judas [son] of Simon, Iscariote, who was about to deliver him up, says,यहूदा इस्करयोती त्यहाँ थिए। यहूदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए)। यहूदाले मरियमले त्यसो गरेको मन पराएन।
5 Why was this ointment not sold for three hundred denarii and given to the poor?उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वदलामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।”
6 But he said this, not that he cared for the poor, but because he was a thief and had the bag, and carried what was put into [it].यहूदा आफै गरीबहरूसंग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।
7 Jesus therefore said, Suffer her to have kept this for the day of my preparation for burial;तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ।
8 for ye have the poor always with you, but me ye have not always.गरीब मानिसहरू सधैं तिमीसंग हुनेछन्। तर म तिमीहरूसँग सधैं बस्ने छैन।”
9 A great crowd therefore of the Jews knew that he was there; and they came, not because of Jesus only, but also that they might see Lazarus whom he raised from among [the] dead.येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो।
10 But the chief priests took counsel that they might kill Lazarus also,यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे।
11 because many of the Jews went away on his account and believed on Jesus.लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।
12 On the morrow a great crowd who came to the feast, having heard that Jesus is coming into Jerusalem,अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए
13 took branches of palms and went out to meet him, and cried, Hosanna, blessed [is] he that comes in the name of [the] Lord, the King of Israel.मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए,“उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’भजनसंग्रह 118:25-26परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”
14 And Jesus, having found a young ass, sat upon it; as it is written,येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढनु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयोः
15 Fear not, daughter of Zion: behold, thy King cometh, sitting on an ass's colt.हे सियोन शहरनडराऊ! हेर! तिम्रो राजा आइरहेछ। उहाँ गधाको बछेडमाथि चडेर आइरहेका छन्।”
16 [Now] his disciples knew not these things at the first; but when Jesus was glorified, then they remembered that these things were written of him, and that they had done these things to him.येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।
17 The crowd therefore that was with him bore witness because he had called Lazarus out of the tomb, and raised him from among [the] dead.जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसंग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले।
18 Therefore also the crowd met him because they had heard that he had done this sign.धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो।
19 The Pharisees therefore said to one another, Ye see that ye profit nothing: behold, the world is gone after him.यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”
20 And there were certain Greeks among those who came up that they might worship in the feast;तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए।
21 these therefore came to Philip, who was of Bethsaida of Galilee, and they asked him saying, Sir, we desire to see Jesus.ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।”
22 Philip comes and tells Andrew, [and again] Andrew comes and Philip, and they tell Jesus.फिलिप गएर येशूलाई भने। अनि फिलिप र अन्द्रियास गएर येशूलाई भने।
23 But Jesus answered them saying, The hour is come that the Son of man should be glorified.येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो।
24 Verily, verily, I say unto you, Except the grain of wheat falling into the ground die, it abides alone; but if it die, it bears much fruit.म तिमीहरूलाई साँचो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैं खालि एउटै बीऊ मात्र रहन्छ।
25 He that loves his life shall lose it, and he that hates his life in this world shall keep it to life eternal.जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ।
26 If any one serve me, let him follow me; and where I am, there also shall be *my* servant. [And] if any one serve me, him shall the Father honour.जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसंग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।
27 Now is my soul troubled, and what shall I say? Father, save me from this hour. But on account of this have I come to this hour.“अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्? होइन, यस्तो बेलामा म आउनको कारण नै दुखः पाउनुका निम्ति हो।”
28 Father, glorify thy name. There came therefore a voice out of heaven, I both have glorified and will glorify [it] again.हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।”तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”
29 The crowd therefore, which stood [there] and heard [it], said that it had thundered. Others said, An angel has spoken to him.उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने।तर अरू मानिसहरूले भने, स्वर्गदूत उहाँसँग बोले!”
30 Jesus answered and said, Not on my account has this voice come, but on yours.येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन।
31 Now is [the] judgment of this world; now shall the prince of this world be cast out:अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ।
32 and I, if I be lifted up out of the earth, will draw all to me.म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।”
33 But this he said signifying by what death he was about to die.उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।
34 The crowd answered him, We have heard out of the law that the Christ abides for ever; and how sayest thou that the Son of man must be lifted up? Who *is* this, the Son of man?मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?”
35 Jesus therefore said to them, Yet a little while is the light amongst you. Walk while ye have the light, that darkness may not overtake you. And he who walks in the darkness does not know where he goes.तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।
36 While ye have the light, believe in the light, that ye may become sons of light. Jesus said these things, and going away hid himself from them.यसर्थ ज्योति जब सम्म तिमीहरूसंग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।
37 But though he had done so many signs before them, they believed not on him,यशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।
38 that the word of the prophet Esaias which he said might be fulfilled, Lord, who has believed our report? and to whom has the arm of the Lord been revealed?अगमवक्ता यशैयाको वचन पूरा होस् भनी यो भयोः“हे प्ररमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गरयो? परमप्रभुको शक्ति कसले देख्यो?”
39 On this account they could not believe, because Esaias said again,यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले अझ भने,
40 He has blinded their eyes and hardened their heart, that they may not see with their eyes, and understand with their heart and be converted, and I should heal them.“परमेश्वरले मानिसलाई अन्धा बनाइदिनु भयो। परमेश्वरले उनीहरूका हृदय कठोर पारिदिनु भयो। परमेश्वरले यसो गर्नुको कारण तिनीहरूले आफ्नै आँखले नदेखोस् भनेर तिनीहरूले हृदयले बुझ्न नसकोस भनेर नत्रता तिनीहरू मकहाँ निको हुन र्फकनेछन्।”
41 These things said Esaias because he saw his glory and spoke of him.यशैयाले यसो भनेको कारण उनले उहाँको महिमा देखेका थिए। अनि उहाँको विषयमा भने।
42 Although indeed from among the rulers also many believed on him, but on account of the Pharisees did not confess [him], that they might not be put out of the synagogue:तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।
43 for they loved glory from men rather than glory from God.ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनु भन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे।
44 But Jesus cried and said, He that believes on me, believes not on me, but on him that sent me;तब येशूले जोडले काराएर भन्नुभयो, “जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ।
45 and he that beholds me, beholds him that sent me.जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो।
46 I am come into the world [as] light, that every one that believes on me may not abide in darkness;म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्न पर्दैन।
47 and if any one hear my words and do not keep [them], I judge him not, for I am not come that I might judge the world, but that I might save the world.म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएँ। म एक होइन जसले मानिसहरूलाई न्याय गर्छ। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।
48 He that rejects me and does not receive my words, has him who judges him: the word which I have spoken, that shall judge him in the last day.जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ।
49 For I have not spoken from myself, but the Father who sent me has himself given me commandment what I should say and what I should speak;किन? किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें।
50 and I know that his commandment is life eternal. What therefore I speak, as the Father has said to me, so I speak.र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोलदछु पिताले भन्नुभए अनुसार बोल्दछु।”
Nepali Bible