Job 13 - YLT (Nepali)
1 Lo, all -- hath mine eye seen, Heard hath mine ear, and it attendeth to it.अय्यूबले भन्यो, “यी सबै मैले पहिल्यै देखेको छु। तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु। म ती सबै कुराहरू बुझ्छु।
2 According to your knowledge I have known -- also I. I am not fallen more than you.तिमीले जाने जति म पनि जान्दछु। म तिमी जतिकै तेज छु।
3 Yet I for the Mighty One do speak, And to argue for God I delight.तर म तिमीसँग तर्क गर्न चाहन्न। म सर्वशक्तिमान परमेश्वरसँग बोल्न चाहन्छु। म परमेश्वरसँग आफ्ना संकट विषयमा बहश गर्न चाहन्छु।
4 And yet, ye `are' forgers of falsehood, Physicians of nought -- all of you,तर तिमीले हाम्रो बातचीतलाई झुटो कुराले कलंकित पार्छौ। तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।
5 O that ye would keep perfectly silent, And it would be to you for wisdom.म चाहन्छु तिमीहरू चूपचाप बस। त्यही नै तिमीहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ।
6 Hear, I pray you, my argument, And to the pleadings of my lips attend,“अब, मेरो तर्कमा ध्यान देऊ। म के भन्छु त्यसमा ध्यानदेऊ।
7 For God do ye speak perverseness? And for Him do ye speak deceit?के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ? के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झुटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?
8 His face do ye accept, if for God ye strive?उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ? के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा माम्लामा बहश गर्ने चेष्टा गरिरहेका छौ? तिमीहरूले निष्पक्ष भएका छैनौ।
9 Is `it' good that He doth search you, If, as one mocketh at a man, ye mock at Him?यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने, ‘के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ? जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ?
10 He doth surely reprove you, if in secret ye accept faces.यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ।
11 Doth not His excellency terrify you? And His dread fall upon you?परमेश्वरको महा महिमाले तिमीहरूलाई भयभीत पार्नेछ। तिमीहरू उहाँदेखि डराउछौ।
12 Your remembrances `are' similes of ashes, For high places of clay your heights.तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्। तिमीहरूका बहशहरू बेकामे छन्।
13 Keep silent from me, and I speak, And pass over me doth what?चूपचाप बस र मलाई बोल्न देऊ। जेसुकै ममाथि आईपरे तापनि म स्वीकार गर्छु।
14 Wherefore do I take my flesh in my teeth? And my soul put in my hand?म स्वयंलाई संकटमा राख्ने छु, अनि आफ्नो जीवन आफ्नै हातमा लिनेछ।
15 Lo, He doth slay me -- I wait not! Only, my ways unto His face I argue.हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छु, तर तै पनि म उहाँलाई विश्वास गरिरहनेछु। म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु। तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।
16 Also -- He `is' to me for salvation, For the profane cometh not before Him.अनि यदि मलाई परमेश्वरले बाँच्न दिनुभए, त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो। कुनै पनि दुष्ट मानिसले परमेश्वरले समक्ष सामना गर्न सक्तैन।
17 Hear ye diligently my word, And my declaration with your ears.मैले भनेको कुरा ध्यान दिएर सुन। मलाई व्याख्या गर्न देऊ।
18 Lo, I pray you, I have set in order the cause, I have known that I am righteous.म आफै मेरो मामिलामा बचाऊ गर्न तत्पर छु। म होशियारी साथ आफ्नो बहश प्रस्तुत गर्नेछु। म जान्दछु म उचित नै ठहरिनेछु।
19 Who `is' he that doth strive with me? For now I keep silent and gasp.यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने, तब म तुरन्तै चुप लाग्नेछु।
20 Only two things, O God, do with me: Then from Thy face I am not hidden.हे परमेश्वर, मलाई यी दुइ कुराहरू मात्र दिनुहोस् अनि म तपाईंबाट लुक्ने छैन।
21 Thy hand put far off from me, And Thy terror let not terrify me.मलाई दण्डदिन रोकिनु होस् अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।
22 And call Thou, and I -- I answer, Or -- I speak, and answer Thou me.तब मलाई डाक्नु होस् अनि म जवाफ दिनेछु। अथवा मलाई बोल्न दिनुहोस् अनि मलाई जवाफ दिनुहोस्।
23 How many iniquities and sins have I? My transgression and my sin let me know.मैले कति पाप कामहरू गरेको छु? मैले के गल्ती कामहरू गरे? मेरा पापहरू र गल्तीहरू देखाउनु होस्।
24 Why dost Thou hide Thy face? And reckonest me for an enemy to Thee?हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ? अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?
25 A leaf driven away dost Thou terrify? And the dry stubble dost Thou pursue?के तपाईंले मलाई भयभीत पार्नु हुन्छ? म हावामा उडने पत्कर झैं हुँ। तपाईंले परालको एउटा सानो टुक्रालाई आक्रमण गरिरहनु भएको छ।
26 For Thou writest against me bitter things, And causest me to possess iniquities of my youth:हे परमेश्वर, तपाईंले मेरो विरूद्ध तिक्त कुराहरू गर्नुभयो। तपाईंले मलाई ठिटौले हुँदा गरेको दुष्कर्मको लागि दुःख दिनुहुन्छ।
27 And puttest in the stocks my feet, And observest all my paths, On the roots of my feet Thou settest a print,तपाईंले मेरो खुट्टामा साङ्गलाहरू बाँधिदिनु भयो, मेरो प्रत्येक पाइला याद गर्नु भयो। तपाईंले मेरो प्रत्येक चाल चलनलाई याद गर्नु भयो।
28 And he, as a rotten thing, weareth away, As a garment hath a moth consumed him.यसैले म कमजोर भन्दा कमजोर भई रहेछु सड्दै गएको काठको टुक्रा जस्तो, माऊ किराले खाँदै नष्ट भएको लुगाको टुक्रा जस्तो।”
Nepali Bible