Job 13 - DBY (Nepali)
1 Lo, mine eye hath seen all [this], mine ear hath heard and understood it.अय्यूबले भन्यो, “यी सबै मैले पहिल्यै देखेको छु। तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु। म ती सबै कुराहरू बुझ्छु।
2 What ye know, I know also: I am not inferior to you.तिमीले जाने जति म पनि जान्दछु। म तिमी जतिकै तेज छु।
3 But I will speak to the Almighty, and will find pleasure in reasoning with ùGod;तर म तिमीसँग तर्क गर्न चाहन्न। म सर्वशक्तिमान परमेश्वरसँग बोल्न चाहन्छु। म परमेश्वरसँग आफ्ना संकट विषयमा बहश गर्न चाहन्छु।
4 For ye indeed are forgers of lies, ye are all physicians of no value.तर तिमीले हाम्रो बातचीतलाई झुटो कुराले कलंकित पार्छौ। तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।
5 Oh that ye would be altogether silent! and it would be your wisdom.म चाहन्छु तिमीहरू चूपचाप बस। त्यही नै तिमीहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ।
6 Hear now my defence, and hearken to the pleadings of my lips.“अब, मेरो तर्कमा ध्यान देऊ। म के भन्छु त्यसमा ध्यानदेऊ।
7 Will ye speak unrighteously for ùGod? and for him speak deceit?के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ? के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झुटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?
8 Will ye accept his person? will ye contend for ùGod?उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ? के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा माम्लामा बहश गर्ने चेष्टा गरिरहेका छौ? तिमीहरूले निष्पक्ष भएका छैनौ।
9 Will it be well if he should search you out? or as one mocketh at a man, will ye mock at him?यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने, ‘के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ? जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ?
10 He will certainly reprove you, if ye do secretly accept persons.यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ।
11 Shall not his excellency terrify you? and his dread fall upon you?परमेश्वरको महा महिमाले तिमीहरूलाई भयभीत पार्नेछ। तिमीहरू उहाँदेखि डराउछौ।
12 Your memorable sayings are proverbs of ashes, your bulwarks are bulwarks of mire.तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्। तिमीहरूका बहशहरू बेकामे छन्।
13 Hold your peace from me, and I will speak, and let come on me what [will]!चूपचाप बस र मलाई बोल्न देऊ। जेसुकै ममाथि आईपरे तापनि म स्वीकार गर्छु।
14 Wherefore should I take my flesh in my teeth, and put my life in my hand?म स्वयंलाई संकटमा राख्ने छु, अनि आफ्नो जीवन आफ्नै हातमा लिनेछ।
15 Behold, if he slay me, yet would I trust in him; but I will defend mine own ways before him.हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छु, तर तै पनि म उहाँलाई विश्वास गरिरहनेछु। म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु। तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।
16 This also shall be my salvation, that a profane man shall not come before his face.अनि यदि मलाई परमेश्वरले बाँच्न दिनुभए, त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो। कुनै पनि दुष्ट मानिसले परमेश्वरले समक्ष सामना गर्न सक्तैन।
17 Hear attentively my speech and my declaration with your ears.मैले भनेको कुरा ध्यान दिएर सुन। मलाई व्याख्या गर्न देऊ।
18 Behold now, I have ordered the cause; I know that I shall be justified.म आफै मेरो मामिलामा बचाऊ गर्न तत्पर छु। म होशियारी साथ आफ्नो बहश प्रस्तुत गर्नेछु। म जान्दछु म उचित नै ठहरिनेछु।
19 Who is he that contendeth with me? For if I were silent now, I should expire.यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने, तब म तुरन्तै चुप लाग्नेछु।
20 Only do not two things unto me; then will I not hide myself from thee.हे परमेश्वर, मलाई यी दुइ कुराहरू मात्र दिनुहोस् अनि म तपाईंबाट लुक्ने छैन।
21 Withdraw thy hand far from me; and let not thy terror make me afraid:मलाई दण्डदिन रोकिनु होस् अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।
22 Then call, and I will answer; or I will speak, and answer thou me.तब मलाई डाक्नु होस् अनि म जवाफ दिनेछु। अथवा मलाई बोल्न दिनुहोस् अनि मलाई जवाफ दिनुहोस्।
23 How many are mine iniquities and sins? Make me to know my transgression and my sin.मैले कति पाप कामहरू गरेको छु? मैले के गल्ती कामहरू गरे? मेरा पापहरू र गल्तीहरू देखाउनु होस्।
24 Wherefore dost thou hide thy face, and countest me for thine enemy?हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ? अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?
25 Wilt thou terrify a driven leaf? and wilt thou pursue dry stubble?के तपाईंले मलाई भयभीत पार्नु हुन्छ? म हावामा उडने पत्कर झैं हुँ। तपाईंले परालको एउटा सानो टुक्रालाई आक्रमण गरिरहनु भएको छ।
26 For thou writest bitter things against me, and makest me to possess the iniquities of my youth;हे परमेश्वर, तपाईंले मेरो विरूद्ध तिक्त कुराहरू गर्नुभयो। तपाईंले मलाई ठिटौले हुँदा गरेको दुष्कर्मको लागि दुःख दिनुहुन्छ।
27 And thou puttest my feet in the stocks, and markest all my paths; thou settest a bound about the soles of my feet; --तपाईंले मेरो खुट्टामा साङ्गलाहरू बाँधिदिनु भयो, मेरो प्रत्येक पाइला याद गर्नु भयो। तपाईंले मेरो प्रत्येक चाल चलनलाई याद गर्नु भयो।
28 One who, as a rotten thing consumeth, as a garment that the moth eateth.यसैले म कमजोर भन्दा कमजोर भई रहेछु सड्दै गएको काठको टुक्रा जस्तो, माऊ किराले खाँदै नष्ट भएको लुगाको टुक्रा जस्तो।”
Nepali Bible