Jeremiah 44:3 ती ठाउँहरू ध्वंस गरिए किनभने तिनीहरूमा बस्ने मानिसहरूले दुष्ट कामहरू गरे। ती मानिसहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाए जसलाई न तिनीहरू न तिमीहरू न तिमीहरूका पिता-पुर्खाहरूले जान्दथे, अनि तिनीहरूलाई पूजा गरेर त्यसले मलाई रीस उठायो।
Jeremiah 44:3 in Other Translations
King James Version (KJV) Because of their wickedness which they have committed to provoke me to anger, in that they went to burn incense, and to serve other gods, whom they knew not, neither they, ye, nor your fathers.
American Standard Version (ASV) because of their wickedness which they have committed to provoke me to anger, in that they went to burn incense, `and' to serve other gods, that they knew not, neither they, nor ye, nor your fathers.
Bible in Basic English (BBE) Because of the evil which they have done, moving me to wrath by burning perfumes in worship to other gods, who were not their gods or yours or the gods of their fathers.
Darby English Bible (DBY) because of their wickedness which they have committed to provoke me to anger, in that they went to burn incense to serve other gods which they knew not, they, [nor] ye, nor your fathers.
World English Bible (WEB) because of their wickedness which they have committed to provoke me to anger, in that they went to burn incense, [and] to serve other gods, that they didn't know, neither they, nor you, nor your fathers.
Young's Literal Translation (YLT) because of their wickedness that they have done, by provoking Me to anger, by going to make perfume, by serving other gods, that they knew not, they, ye, and your fathers.
Read Full Chapter :
Jeremiah 44
Cross Reference
व्यवस्था 13:6
“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।
व्यवस्था 29:26
तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे।
व्यवस्था 32:17
तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए। त्यो तिनीहरूले जान्दैन थिए, ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।
इजकिएल 8:17
तब परमेश्वरले भन्नुभयो, “मानिसको छोरा, तिमी यो देख्दैछौ? यहूदाका मानिसहरूले त्यो मेरो मन्दिरलाई यति महत्वहीन सम्झन्छन् कि तिनीहरूले यस्तो डरलाग्दा कुराहरू गर्छन्। यो देश हिंसाले भरिएको छ। तिनीहरूले मलाई निरन्तर रीस उठाउने काम गर्छन्। हेर, तिनीहरूले आफ्नो नाकमा मूर्खहरूले झैं कुण्डल पनि घुसार्छन्।
नहेम्याह 9:33
हामी माथि घटेका समस्त घटना प्रति तपाईंले न्याय हुनु भएकोछ यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।
दानियल 9:5
“तर परमप्रभु हामी पापी हौं। हामीले नराम्रो कर्म गर्यौं, कुकर्म गर्यौं, तपाईंको विरोध गर्यौ र तपाईंको निष्पक्ष न्याय अनि आदेशबाट टाढा गयौं।
यर्मिया 2:17
यो समस्या तिम्रो आफ्नै दोषले हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ठीक बाटोमा डोर्याइरहनु हुँदै थियो, तर तिमीहरूले उहाँबाट अर्को पट्टि फर्कियौ।
यर्मिया 44:8
अहिले मिश्रमा झूटो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैले आफैलाई ध्वंस पारिरहेका छौ। तिमीहरू आफैले आफैलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ।
यर्मिया 19:3
अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म यस ठाउँमा सर्वनाश ल्याउँदैछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ।
यर्मिया 22:9
त्यो प्रश्नको उत्तर यो हुनेछ ‘परमेश्वरले यरूशलेम ध्वंस पार्नुभयो किनभने तिनीहरूले तिनीहरूका परमेश्वर परमप्रभुसित रहेको करार त्यागे। तिनीहरूले अरू देवताहरूलाई पूजा गरे अनि तिनीहरूको सेवा गरे।”‘
विलाप 1:8
यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ऊ ध्वंश भएकी छे। यो देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।
एज्रा 9:6
र मैले भने”हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न।
इजकिएल 9:9
परमेश्वरले भन्नुभयो, “इस्राएल अनि यहूदाका परिवारले अत्यन्तै पाप गरेका छन्। यस देशमा सम्पूर्ण मानिसहरूको हत्या भइरहेकोछ अनि यो शहर अपराधले भरिएकोछ। किन? किनभने मानिसहरू स्वंय भन्छन्, ‘परमप्रभुले यो देश छोडेर जानु भयो। उहाँले हामीलाई यी कामहरू गरिरहेको हेर्न सक्नु हुन्न।’
इजकिएल 22:25
यरूशलेममा अगमवक्ताहरूले नराम्रो योजना बनाइरहेछ ऊ त्यो सिंह जस्तो भएको छ, जब त्यसले आफूले पक्रेको जनावर खान्छ त्यस समय गर्जन्छ। ती अगमवक्ताहरूले धेरै जीवनहरू नष्ट गरेका छन्। तिनीहरूले धेरै बहुमल्य चीहहरू राखेका छन्। तिनीहरूले यरूशलेममा धेरै स्त्रीहरूलाई बिधुवा बनाए।
जकरिया 7:12
तिनीहरू हठी थिए। तिनीहरुले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे। आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरुलाई वचन पठाउँनुभयो। तर मानिसहरूले त्यो सुनेनन्, यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।
विलाप 4:13
यी सबै कुराहरू यरूशलेमका अगमवक्ताहरू र पूजाहारीहरूको पापको कारणले गर्दा अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे ती मानिसहरूको कारणले गर्दा, भएका थियो।
यर्मिया 4:17
तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले खेतालाहरूले खेत सुरक्षित पारे झैं शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्!” यो सन्देश परमेश्वरबाट आएको हो।
यर्मिया 5:19
यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुरयाउनेछौ।”‘
यर्मिया 5:29
के मैले ती यहूदाका मानिसहरूलाई तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?” यो सन्देश परमेश्वरबाट आएको हो। “के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं? हो।”
यर्मिया 7:19
तर म त्यो होइन जसलाई यहूदाका मानिसहरूले चोट पुर्याइरहेका छन्।” यो सन्देश परमेश्वरबाट आएको हो, “तिनीहरू आफैलाई चोट पुर्याका छन्। तिनीहरूले आफैलाई लज्जित तुल्याइरहेका छन्।”
यर्मिया 9:12
के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्? त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ? किन यस भूमि ध्वंस पारियो अनि सूखा मरूभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?
यर्मिया 11:17
सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ किनभने इस्राएल र यहूदाका मानिसहरूले बाललाई सुगन्धित धूपहरू चढाएर अनिष्ट कामहरू गरे जुन कामले मलाई क्रोधित गरायो।”
यर्मिया 16:11
तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुसरण गरी तिनीहरूको सेवा गरे अनि अर्चना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे।