Bible

Jeremiah 13 - YLT (Nepali)

1 Thus said Jehovah unto me, `Go, and thou hast got for thee a girdle of linen, and hast placed it on thy loins, and into water thou dost not cause it to enter:'परमप्रभुले मलाई जे भन्नुभयो त्यो यही हो “यर्मिया, जाऊ अनि सुतीको लुगा किनेर। तिम्रो कम्मरमा वरिपरि बाँध। यसलाई भिज्न नदेऊ।”

2 and I get the girdle, according to the word of Jehovah, and I place `it' on my loins.यसकारण परमप्रभुको आज्ञा अनुसार मैले सुती लुगा ल्याएँ अनि कम्मरमा वरिपरि बाँधे।

3 And there is a word of Jehovah unto me a second time, saying,त्यसपछि दोस्रो पल्ट परमप्रभुको सन्देश मकहाँ आयो।

4 `Take the girdle that thou hast got, that `is' on thy loins, and rise, go to Phrat, and hide it there in a hole of the rock;सन्देश यस्तो थियो “यर्मिया, तिमीले किनेका पटुका बाँध र परात नदीमा जाऊ। अनि त्यो पटुका चट्टानहरू चर्केको ठाउँमा लुकाऊ।”

5 and I go and hide it by Phrat, as Jehovah commanded me.यसकारण म परात नदीतर्फ लागें परमप्रभुले दिनुभएको आदेश अनुसार पटुका लुकाँए।

6 And it cometh to pass, at the end of many days, that Jehovah saith unto me, `Rise, go to Phrat, and take thence the girdle, that I commanded thee to hide there;'धेरै दिन पछि, परमप्रभुले मलाई भन्नुभयो, “अब यर्मिया, परात नदीतर्फ जाऊ। पटुका ल्याऊ जुन मैल तिमीलाई त्याहाँ लुकाउनु भनेको थिए।”

7 and I go to Phrat, and dig, and take the girdle from the place where I had hid it; and lo, the girdle hath been marred, it is not profitable for anything.यसकारण म परात नदीमा गएँ अनि जहाँ मैले पटुका लुकाएको थिएँ त्यो ठाँउमा खनें। मैले पटुका पाएँ तर त्यो मक्किएर काम नलाग्ने भएको थियो।

8 And there is a word of Jehovah unto me, saying, `Thus said Jehovah:त्यसपछि परमप्रभुको सन्देश मकहाँ आयो।

9 Thus do I mar the excellency of Judah, And the great excellency of Jerusalem.परमप्रभुले यसो भन्नुभयो “त्यसरी नै म यहूदाको गर्व र यरूशलेमको महागर्व ध्वंस पार्नेछु।

10 This evil people, who refuse to hear My words, Who walk in the stubbornness of their heart, And go after other gods to serve them, And to bow themselves to them, Yea it is -- as this girdle, that is not profitable for anything.यी दुष्ट मानिसहरूले मेरा वचनहरू सुन्न अस्वीकार गर्छन। तिनीहरू हठी छन्। तिनीहरू अन्य देवताहरूको अनुसरण गर्छन र तिनीहरूको पूजा गर्छन्। ती मानिसहरू पटुका झैं नष्ट हुनेछन्।

11 For, as the girdle cleaveth unto the loins of a man, So I caused to cleave unto Me The whole house of Israel, And the whole house of Judah, an affirmation of Jehovah, To be to Me for a people, and for a name, And for praise, and for beauty, And they have not hearkened.एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँध्छ। त्यस्तै प्रकारले, म यहूदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिच्न र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन्।”

12 And thou hast said unto them this word, Thus said Jehovah, God of Israel, `Every bottle is full of wine,' And they have said unto thee: `Do we not certainly know that every bottle is full of wine?'“तिनीहरूलाई यो सन्देश भन ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नु भएको छ हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ ती मानिसहरूले तिमीलाई भन्छन्, ‘वास्तवमा हामी जान्दछौं हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’

13 And thou hast said unto them, `Thus said Jehovah: Lo, I am filling all the inhabitants of this land, And the kings who sit for David on his throne, And the priests, and the prophets, And all the inhabitants of Jerusalem, `With' drunkenness,तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जड्याँह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरु सबै मानिसहरूका बारेमा भनिरहेको छु।

14 And have dashed them one against another, And the fathers and the sons together, An affirmation of Jehovah, I do not pity, nor spare, nor have I mercy, So as not to destroy them.तिनीहरूलाई एक-अर्कामा चकनाचूर पार्नेछु, बाबु छोराहरूमा पनि आपसमा चक्‌नाचुर हुनेछन्”‘ परमप्रभु भन्नुहुन्छ “‘तिनीहरूका निम्ति म दुखी हुने छैन अनि म तिनीहरूमाथि क्षमा गर्ने छैन। यहूदाका मानिसहरूलाई ध्वंस पार्नु म रोकिने छैन्।”‘

15 Hear, and give ear -- be not haughty, For Jehovah hath spoken.सुन र ध्यान देऊ। परमप्रभु तिमीहरूसित बोल्नु भयो। अंहकारी नहौ।

16 Give ye to Jehovah your God honour, Before He doth cause darkness, And before your feet stumble on dark mountains, And ye have waited for light, And He hath made it for death-shade, And hath appointed `it' for thick darkness.परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान् गर। उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउनु हुनेछ। तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर यहूदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ। तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउनु हुनेछ। उसँले उज्यालोलाई बद्लेर बाक्लो अन्धकार बनाउनु हुनेछ।

17 And if ye do not hear it, In secret places doth my soul weep, because of pride, Yea, it weepeth sore, And the tear cometh down mine eyes, For the flock of Jehovah hath been taken captive.यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथानपक्राऊ पर्नेछ।

18 Say to the king and to the mistress: Make yourselves low -- sit still, For come down have your principalities, The crown of your beauty.यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर’ तिमीहरूको गौरवशाली मुकुट तिमीहरूको शिरबाट खसेको छ।”

19 The cities of the south have been shut up, And there is none opening, Judah hath been removed -- all of her, She hath been removed completely --नेगब मरूभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन, अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्तैनन्। यहूदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो। तिनीहरूलाई कैदी जस्तै लगियो।

20 Lift up your eyes, and see those coming in from the north, Where `is' the drove given to thee, thy beautiful flock?हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्। परमप्रभुले दिनुभएको सुन्दर बथान, तिम्रो ती भेडाका बथानहरू कहाँ छन्?

21 What dost thou say, when He looketh after thee? And thou -- thou hast taught them `to be' over thee -- leaders for head? Do not pangs seize thee as a travailing woman?यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए तिमी के भन्नेछौ? तिमीहरूले सिकाउनु पर्थ्यो। तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने। के तिमी सुत्केरी पीडामा परेकी स्त्रीहरू झैं छैनौ?

22 And when thou dost say in thy heart, `Wherefore have these met me?' For the abundance of thine iniquity Have thy skirts been uncovered, Have thy heels suffered violence.यदि तिमीहरू स्वयंलाई सोधे, “किन मलाई यस्तो नराम्रो कुराहरू भयो?” ती कुराहरू तिमीहरूकै पापको कारणले तिम्रो पोशाकहरू च्यातियो अनि तिमीहरू अपमानित भयौ।

23 Doth a Cushite change his skin? and a leopard his spots? Ye also are able to do good, who are accustomed to do evil.जसरी एउटा चितुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्लाउनु सक्तैन त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन। यसर्थ तिमी दुष्टकर्मीहरू कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ।

24 And I scatter them as stubble, Passing away, by a wind of the wilderness.मरूभूमिको हावाले भूस उढाए झैं म तिनीहरूलाई तितर-बितर पारिदिनेछु।

25 This `is' thy lot, the portion of thy measures from Me -- an affirmation of Jehovah, Because thou hast forgotten me, And dost trust in falsehood.मेरो योजनाभित्र गाभिएको यो तिम्रो भाग्य हो। यस्तो संयोक किन घट्यो? किनभने तिमीहरूले मलाई त्याग्यौ अनि झूटो देवताहरूमाथि भरोसा गर्यौ।”

26 I also have made bare thy skirts before thy face, And thy shame hath been seen.यरूशलेम, म तिम्रो लुगा अनुहार सम्म तानी दिनेछु ताकि प्रत्येकले तिम्रो लाज देखोस्।

27 Thine adulteries, and thy neighings, The wickedness of thy whoredom, on heights in a field, I have seen thine abominations. Wo to thee, O Jerusalem, Thou art not cleansed, after when `is it' again?मैले तिमीहरूलाई घिनलाग्दा काम गरेको देखेको छु। मैले तिमीहरूलाई वेश्यावृति झैं पहाडमा र मैदानमा आफ्नी प्रेमिकाहरूलाई अति आनन्दसित व्यभिचार काममा मस्त भएको देखेको छु।”

Nepali Bible