James 2:1-13 in Nepali
James 2:1
मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।
James 2:2
मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ।
James 2:3
तिमीहरू त्यो मानिस जो सुन्दर बस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्।” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभ्” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस्”
James 2:4
तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।
James 2:5
सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।
James 2:6
तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्।
James 2:7
अनि, यी ती धनी मानिसहरू हुन्, जसले येशुको नाउँको निन्दा गर्छन् जसद्वारा तिमीहरू बोलाइन्छौ।
James 2:8
बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।”यदि तिमीहरूले यो नियम पालन गरयौ भने तब तिमीहरूले ठिक काम गर्छौ।
James 2:9
तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।
James 2:10
कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ।
James 2:11
परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।”उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।”यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङग गरेका दोषी ठहरिन्छौ।
James 2:12
तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ।
James 2:13
यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।
Nepali Bible