James 1 - BBE (Nepali)
1 James, a servant of God and of the Lord Jesus Christ, sends words of love to the twelve tribes of the Jews living in all parts of the earth.परमेश्वर अनि परमप्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादनपरमेश्वरको सम्पूर्ण मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएका छन् अभिवादन!
2 Let it be all joy to you, my brothers, when you undergo tests of every sort;मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ।
3 Because you have the knowledge that the testing of your faith gives you the power of going on in hope;किन? किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ।
4 But let this power have its full effect, so that you may be made complete, needing nothing.तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्क अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।
5 But if any man among you is without wisdom, let him make his request to God, who gives freely to all without an unkind word, and it will be given to him.तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उदार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।
6 Let him make his request in faith, doubting nothing; for he who has doubt in his heart is like the waves of the sea, which are troubled by the driving of the wind.तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ।
7 Let it not seem to such a man that he will get anything from the Lord;व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुई भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन।
8 For there is a division in his mind, and he is uncertain in all his ways. त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन।
9 But let the brother of low position be glad that he is lifted up;यदि विश्वासी निर्धन भए उ र्गवित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ।
10 But the man of wealth, that he is made low; because like the flower of the grass he will come to his end.यदि विश्वासी धनी भए उ र्गवित हुनुपर्छ किनभने उ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ।
11 For when the sun comes up with its burning heat, the grass gets dry and the grace of its form is gone with the falling flower; so the man of wealth comes to nothing in his ways.सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।
12 There is a blessing on the man who undergoes testing; because, if he has God's approval, he will be given the crown of life, which the Lord has said he will give to those who have love for him.त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
13 Let no man say when he is tested, I am tested by God; for it is not possible for God to be tested by evil, and he himself puts no man to such a test:यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन।
14 But every man is tested when he is turned out of the right way by the attraction of his desire.एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फसाउँछ।
15 Then when its time comes, desire gives birth to sin; and sin, when it is of full growth, gives birth to death.दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढछ, यसले मृत्यु जन्माउँछ।
16 Do not be turned from the right way, dear brothers.मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन।
17 Every good and true thing is given to us from heaven, coming from the Father of lights, with whom there is no change or any shade made by turning.सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ।
18 Of his purpose he gave us being, by his true word, so that we might be, in a sense, the first-fruits of all the things which he had made.सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।
19 You have knowledge of this, dear brothers. But let every man be quick in hearing, slow in words, slow to get angry;मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।
20 For the righteousness of God does not come about by the wrath of man.एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन।
21 For this reason, putting away all dirty behaviour and the overweight of evil, take into your souls without pride the word which, being planted there, is able to give you salvation.यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको ह्रदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउँनेछ।
22 But be doers of the word, and not only hearers of it, blinding yourselves with false ideas.परमेश्वरको शिक्षा अनुसरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ।
23 Because if any man is a hearer of the word and not a doer, he is like a man looking at his natural face in a glass;यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुसरण गर्दैन भने उ यस्तो हुन्छ उ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ।
24 For after looking at himself he goes away, and in a short time he has no memory of what he was like.यो मान्छेले उ आफैलाई देख्छ, त्यस पछि जान्छ अनि उ के देखिएको थियो सो झट्टै बिर्सिहाल्छ।
25 But he who goes on looking into the true law which makes him free, being not a hearer without memory but a doer putting it into effect, this man will have a blessing on his acts.तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।
26 If a man seems to have religion and has no control over his tongue but lets himself be tricked by what is false, this man's religion is of no value.कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन।
27 The religion which is holy and free from evil in the eyes of our God and Father is this: to take care of children who have no fathers and of widows who are in trouble, and to keep oneself untouched by the world.पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।
Nepali Bible