Bible

Isaiah 65 - YLT (Nepali)

1 I have been inquired of by those who asked not, I have been found by those who sought Me not, I have said, `Behold Me, behold Me,' Unto a nation not calling in My name.परमप्रभुले भन्नुहुन्छ, “मैले ती मानिसहरूलाई सहयोग गरे जो मसँग सल्लाह गर्न आएनन्। जसले मलाई भेटे उनीहरूले मलाई खोज्न आएनन्। जसले मेरो नामै लिएनन्। त्यो जातिलाई मैले भने, ‘हेर, म यहाँ छु, मलाई हेर।’

2 I have spread out My hands all the day Unto an apostate people, Who are going in the way not good after their own thoughts.“म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरूद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खीरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे।

3 The people who are provoking Me to anger, To My face continually, Sacrificing in gardens, and making perfume on the bricks:ती मानिसहरू मसित छन अनि मलाई सधैं रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैंचाहरूमा धूपहरू जलाउँछन्।

4 Who are dwelling among sepulchres, And lodge in reserved places, Who are eating flesh of the sow, And a piece of abominable things -- their vessels.ती मानिसहरू चिहानहरू माझमा बस्दछन्। तिनीहरू मृत मानिसहरूबाट समाचार पर्खन्छन्। तिनीहरू मुर्दाहरू बीचमा बस्दछन्। तिनीहरू सुंगुरको मासु खान्छन्। तिनीहरूको काँटा र धुपौरोहरू सडेका मासुले गर्दा डरलाग्दो मैला छन्।

5 Who are saying, `Keep to thyself, come not nigh to me, For I have declared thee unholy.' These `are' a smoke in Mine anger, A fire burning all the day.“तर ती मानिसहरूले अरूलाई भन्दछन, ‘मेरो नजिक नआऊ! मैले तिमीहरूलाई शुद्ध नपारूञ्जेलसम्म मलाई नछोऊ।’ ती मानिसहरू मेरो नाकको धूवाँ जस्तै छन्, अनि सब समय तिनीहरूको आगो बल्दछ।”

6 Lo, it is written before Me: `I am not silent, but have recompensed; And I have recompensed into their bosom,“हेर, यहाँ एक हिसाब छ त्यो तिर्नै पर्छ। यो हिसाबले तिमीहरू आफ्ना पापहरूका दोषी भएको दर्शाउछ। यो हिसाब नतिरूञ्जेल सम्म म चूपचाप बस्ने छैन अनि म दण्ड दिएर तिनीहरूलाई हिसाब तिर्न लगाउनेछु।

7 Your iniquities, and the iniquities of your fathers together, said Jehovah, Who have made perfume on the mountains, And on the heights have reproached Me, And I have measured their former work into their bosom.'“तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।”

8 Thus said Jehovah: As the new wine is found in the cluster, And one hath said, `Destroy it not for a blessing `is' in it,' So I do for My servants' sake, not to destroy the whole.परमप्रभु भन्नुहुन्छ, “जब अङ्गुरका झुप्पाहरूमा दाखरस रहन्छ, मानिसहरूले त्यसबाट निचोरेर दाखरस निकाल्छन्। तर तिनीहरू अङ्गुर नष्ट गर्दैनन्। म आफ्ना सेवकहरूलाई त्यसै नै गर्नेछु। म तिनीहरूलाई पूरै ध्वंश पार्ने छैन।

9 And I have brought out from Jacob a seed, And from Judah a possessor of My mount, And possess it do My chosen ones, And My servants do dwell there.म याकूबका सन्तानहरूबाट केही वंश राख्नेछु। यहूदाका मानिसहरूले मेरो पर्वत पाउने छौ। मेरो सेवकहरू त्यहाँ बस्नेछन्। म ती मानिसहरू छान्ने छु जो त्यहाँ बस्नेछ।

10 And Sharon hath been for the habitation of a flock, And the valley of Achor for the lying down of a herd, For My people who have sought Me.तब शारोनका बेंसी भेंडाहरूलाई चर्ने चरन हुनेछ। आकोरका बेंसी आराम गर्ने ठाउँ हुनेछ। यी सम्पूर्ण थोकहरू मेरा मानिसहरूका लागि हुन् जसले मलाई खोज्दछन्।

11 And ye `are' those forsaking Jehovah, Who are forgetting My holy mountain, Who are setting in array for Gad a table, And who are filling for Meni a mixture.“तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ।

12 And I have numbered you for the sword, And all of you for slaughter bow down, Because I called, and ye have not answered, I have spoken, and ye have not hearkened, And ye do the evil thing in Mine eyes, And on that which I desired not -- fixed.तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किन? किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।”

13 Therefore, thus said the Lord Jehovah: Lo, My servants do eat, and ye do hunger, Lo, My servants do drink, and ye do thirst, Lo, My servants rejoice, and ye are ashamed,यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। “मेरा दासहरूले खानेछन्। तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ। मेरा दासहरूले पिउनेछन् तर दुष्ट मानिसहरू तिर्खाउनेछन्। मेरा दासहरू खुशी हुनेछन्, तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।

14 Lo, My servants sing from joy of heart, And ye cry from pain of heart, And from breaking of spirit ye do howl.मेरा दासहरू आनन्दले खुशी हुनेछन्, तर दुष्ट मानिसहरू दुखले रूनेछन्। तिमीहरूका आत्माहरू टुटेका छन् अनि तिमीहरू दुखी छौ।

15 And ye have left your name For an oath for My chosen ones, And the Lord Jehovah hath put thee to death, And to His servants He giveth another name.तिमीहरूको नाउँ मेरा दासहरूकालागि एक नराम्रो शब्द हुनेछ।” परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले डाक्नु हुन्छ।

16 So that he who is blessing himself in the earth, Doth bless himself In the God of faithfulness, And he who is swearing in the earth, Doth swear by the God of faithfulness, Because the former distresses have been forgotten, And because they have been hid from Mine eyes.अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशिर्वाद दिइरहेका छन्। तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ उहाँको नाउँमा आशिर्वाद दिनेछन्। मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्, तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्। किन? किनभने विगतका पीडाहरू बिर्सिसकेको हुनेछ। मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।

17 For, lo, I am creating new heavens, and a new earth, And the former things are not remembered, Nor do they ascend on the heart.“म नयाँ आकाश र पृथ्वी बनाउनेछु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन।

18 But joy ye, and rejoice for ever, that I `am' Creator, For, lo, I am creating Jerusalem a rejoicing, And her people a joy.मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा सर्वदा आनन्दित हुनेछन् किन? किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु।

19 And I have rejoiced in Jerusalem, And have joyed in My people, And not heard in her any more Is the voice of weeping, and the voice of crying.तब म यरूशलेमसँग आनन्दित हुनेछु। म मेरा मानिसहरूसँग खुशी हुनेछु। त्यहाँ फेरि कहिल्यै पनि कोलाहल, र कष्ट हुनेछैन्।

20 There is not thence any more a suckling of days, And an aged man who doth not complete his days, For the youth a hundred years old dieth, And the sinner, a hundred years old, is lightly esteemed.त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन जुन जन्मेर केही दिन मात्र बाँच्दछ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय वर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय वर्ष सम्म पनि बाँच्दैन उसलाई श्रापित भएको ठानिन्छ।

21 And they have built houses, and inhabited, And planted vineyards, and eaten their fruit.त्यस शहरमा, यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यहीं बस्नेछ। यदि कसैले दाखहरूका बोट बगैंचामा रोप्दछ भने त्यस मानिसले त्यही बगैंचाबाट दाख फलहरू खानेछ।

22 They do not build, and another inhabit, They do not plant, and another eat, For as the days of a tree `are' the days of My people, And the work of their hands wear out do My chosen ones.कहिल्यै पनि एकजनाले घर बनाउने छैन अनि अर्को मानिस त्यसमा बस्ने छैन्। कहिल्यै पनि एकजनाले बगैंचा लगाउने छैन अनि अर्को मानिसले बगैंचाको फलफूल खाने छैन्। मेरा मानिसहरू रूखहरू बाचुञ्जेल सम्म बाँच्नेछन्। मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्।

23 They labour not for a vain thing, Nor do they bring forth for trouble, For the seed of the blessed of Jehovah `are' they, And their offspring with them.स्त्रीहरू मरेका नानी जन्माउनका लागि कहिल्ये पनि फेरि कष्ट गर्ने छैनन्। स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्। सारा मेरा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्।

24 And it hath come to pass, They do not yet call, and I answer, They are yet speaking, and I hear.तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।

25 Wolf and lamb do feed as one, And a lion as an ox eateth straw, As to the serpent -- dust `is' its food, They do no evil, nor destroy, In all My holy mountain, said Jehovah!ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन्।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

Nepali Bible