Bible

Isaiah 63 - YLT (Nepali)

1 `Who `is' this coming from Edom? With dyed garments from Bozrah? This that is honourable in his clothing, Travelling in the abundance of his power?' -- `I, speaking in righteousness, mighty to save.'एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”

2 `Wherefore `is' thy clothing red? And thy garments as treading in a wine fat?'“किन तिम्रो पोशाकहरू चकिलो रातो छ? तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन जो दाखहरूमाथि हिंडदछन् र त्यसको दाखरस बनाउँदछन्।”

3 -- `A wine-press I have trodden by myself, And of the peoples there is no one with me, And I tread them in mine anger, And I trample them in my fury, Sprinkled is their strength on my garments, And all my clothing I have polluted.उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिए हिडदा पिस्दैछु। मलाई कसैले पनि सधाएन्। म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिडें। मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिए पर्यो। यसैले मेरा लुगाहरू मैला भयो।

4 For the day of vengeance `is' in my heart, And the year of my redeemed hath come.“मैले मानिसहरूलाई दण्ड दिने समय रोजें। मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।

5 And I look attentively, and there is none helping, And I am astonished that there is none supporting, And give salvation to me doth mine own arm. And my wrath -- it hath supported me.“मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सघाउने देखिएन। मलाई कसैले नसघाएको देखेर छक्क परें। यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें। मरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।”

6 And I tread down peoples in mine anger, And I make them drunk in my fury, And I bring down to earth their strength.म रिसाएको बेला, मानिसहरूमाथि हिडें। म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ। मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”

7 The kind acts of Jehovah I make mention of, The praises of Jehovah, According to all that Jehovah hath done for us, And the abundance of the goodness to the house of Israel, That He hath done for them, According to His mercies, And according to the abundance of His kind acts.मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु। म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु। परमप्रभुले इस्राएलका मानिसहरूलाई धेरै राम्रो चीजहरू दिनु भयो। परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परमप्रभुले हामीलाई दया देखाउनु भयो।

8 And He saith, Only My people they `are', Sons -- they lie not, and He is to them for a saviour.परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्। तिनीहरू मेरा खास मानिसहरू हुन्।” यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।

9 In all their distress `He is' no adversary, And the messenger of His presence saved them, In His love and in His pity He redeemed them, And He doth lift them up, And beareth them all the days of old.मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दुखी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो; अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।

10 And they have rebelled and grieved His Holy Spirit, And He turneth to them for an enemy, He Himself hath fought against them.तर मानिसहरू परमप्रभुको विरूद्ध उठे। तिनीहरूले पवित्र आत्मालाई दुखित बनाए। यसकारण उनीहरू परमप्रभुको शत्रु भए परमप्रभुले ती मानिसहरू विरूद्ध लडाइँ गर्नु भयो।

11 And He remembereth the days of old, Moses -- his people. Where `is' He who is bringing them up from the sea, The shepherd of his flock? Where `is' He who is putting in its midst His Holy Spirit?तर धेरै वर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ। उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ। परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो। परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो। तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो, अहिले कहाँ हुनुहुन्छ?

12 Leading by the right hand of Moses, the arm of His glory, Cleaving waters from before them, To make to Himself a name age-during.परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो। मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो। परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो ताकि मानिसहरू समुद्रबाट हिड्न सकुन्। त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।

13 Leading them through the depths, As a horse in a plain they stumble not.परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो। मानिसहरू नडुबीकन पानीमाथि हिंडे जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।

14 As a beast into a valley goeth down, The Spirit of Jehovah causeth him to rest, So hast Thou led Thy people, To make to Thyself a glorious name.एउटा गाई खेतमा हिँडदा सजिलै लड्दैन। यस्तै प्रकारले समुद्रमा हिँड्दा मानिसहरू लडेनन्। परमप्रभुको आत्माले मानिसहरूलाई विश्रामको ठाउँमा लादैं थियो। सब समय मानिसहरू सुरक्षित थिए। परमप्रभु, त्यही नै बाटो हो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो अनि तपाईंको प्रशंसायोग्य नाउँ महिमीत पार्नुभयो।

15 Look attentively from the heavens, And see from Thy holy and beauteous habitation, Where `is' Thy zeal and Thy might? The multitude of Thy bowels and Thy mercies Towards me have refrained themselves.परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्। ती कुराहरू अब घटिरहेको देख्नुहुन्छ। तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस। तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहँ छ? तपाईंको भित्री आत्माबाट आउने प्रवल शक्ति कहाँ छ? तपाईंको दया म प्रति छ? किन मबाट तपाईंको आफ्नो करूणामय प्रेम लुकाउनु हुन्छ?

16 For Thou `art' our Father, For Abraham hath not known us, And Israel doth not acknowledge us, Thou, O Jehovah, `art' our Father, Our redeemer from the age, `is' Thy name.हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ! अब्राहामले हामीलाई जान्दैनन्। याकूबले हामीलाई चिन्दैन। हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ। तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैं बचाउनु हुन्छ।

17 Why causest Thou us to wander, O Jehovah, from Thy ways? Thou hardenest our heart from Thy fear, Turn back for Thy servants' sake, The tribes of Thine inheritance.हे परमप्रभु, तपाईंले आफूबाट हामीलाई किन टाढा घचेटिरहनु भएको छ? तपाईंको अनुसरण गर्न हामीलाई किन वञ्चित गराउनु भयो? हामीकहाँ फर्केर आउनु होस परमप्रभु। हामी तपाईंका दासहरू हौं। हामीकहाँ आएर हामीलाई साथ दिनुहोस हाम्रा सन्तानहरू तपाईंकै सम्पत्ति हुन्।

18 For a little while did Thy holy people possess, Our adversaries have trodden down Thy sanctuary.तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे। त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे।

19 We have been from of old, Thou hast not ruled over them, Not called is Thy name upon them!केही मानिसहरू तपाईंद्वारा शासित भएनन्। ती मानिसहरू तपाईंको नाउँ लिंदैनन्। अनि हामी त्यस्ता खालका मानिसहरू थियौं।

Nepali Bible