Bible

Isaiah 63 - ASV (Nepali)

1 Who is this that cometh from Edom, with dyed garments from Bozrah? this that is glorious in his apparel, marching in the greatness of his strength? I that speak in righteousness, mighty to save.एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”

2 Wherefore art thou red in thine apparel, and thy garments like him that treadeth in the winevat?“किन तिम्रो पोशाकहरू चकिलो रातो छ? तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन जो दाखहरूमाथि हिंडदछन् र त्यसको दाखरस बनाउँदछन्।”

3 I have trodden the winepress alone; and of the peoples there was no man with me: yea, I trod them in mine anger, and trampled them in my wrath; and their lifeblood is sprinkled upon my garments, and I have stained all my raiment.उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिए हिडदा पिस्दैछु। मलाई कसैले पनि सधाएन्। म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिडें। मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिए पर्यो। यसैले मेरा लुगाहरू मैला भयो।

4 For the day of vengeance was in my heart, and the year of my redeemed is come.“मैले मानिसहरूलाई दण्ड दिने समय रोजें। मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।

5 And I looked, and there was none to help; and I wondered that there was none to uphold: therefore mine own arm brought salvation unto me; and my wrath, it upheld me.“मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सघाउने देखिएन। मलाई कसैले नसघाएको देखेर छक्क परें। यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें। मरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।”

6 And I trod down the peoples in mine anger, and made them drunk in my wrath, and I poured out their lifeblood on the earth.म रिसाएको बेला, मानिसहरूमाथि हिडें। म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ। मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”

7 I will make mention of the lovingkindnesses of Jehovah, `and' the praises of Jehovah, according to all that Jehovah hath bestowed on us, and the great goodness toward the house of Israel, which he hath bestowed on them according to his mercies, and according to the multitude of his lovingkindnesses.मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु। म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु। परमप्रभुले इस्राएलका मानिसहरूलाई धेरै राम्रो चीजहरू दिनु भयो। परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परमप्रभुले हामीलाई दया देखाउनु भयो।

8 For he said, Surely, they are my people, children that will not deal falsely: so he was their Saviour.परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्। तिनीहरू मेरा खास मानिसहरू हुन्।” यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।

9 In all their affliction he was afflicted, and the angel of his presence saved them: in his love and in his pity he redeemed them; and he bare them, and carried them all the days of old.मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दुखी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो; अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।

10 But they rebelled, and grieved his holy Spirit: therefore he was turned to be their enemy, `and' himself fought against them.तर मानिसहरू परमप्रभुको विरूद्ध उठे। तिनीहरूले पवित्र आत्मालाई दुखित बनाए। यसकारण उनीहरू परमप्रभुको शत्रु भए परमप्रभुले ती मानिसहरू विरूद्ध लडाइँ गर्नु भयो।

11 Then he remembered the days of old, Moses `and' his people, `saying', Where is he that brought them up out of the sea with the shepherds of his flock? where is he that put his holy Spirit in the midst of them?तर धेरै वर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ। उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ। परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो। परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो। तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो, अहिले कहाँ हुनुहुन्छ?

12 that caused his glorious arm to go at the right hand of Moses? that divided the waters before them, to make himself an everlasting name?परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो। मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो। परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो ताकि मानिसहरू समुद्रबाट हिड्न सकुन्। त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।

13 that led them through the depths, as a horse in the wilderness, so that they stumbled not?परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो। मानिसहरू नडुबीकन पानीमाथि हिंडे जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।

14 As the cattle that go down into the valley, the Spirit of Jehovah caused them to rest; so didst thou lead thy people, to make thyself a glorious name.एउटा गाई खेतमा हिँडदा सजिलै लड्दैन। यस्तै प्रकारले समुद्रमा हिँड्दा मानिसहरू लडेनन्। परमप्रभुको आत्माले मानिसहरूलाई विश्रामको ठाउँमा लादैं थियो। सब समय मानिसहरू सुरक्षित थिए। परमप्रभु, त्यही नै बाटो हो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो अनि तपाईंको प्रशंसायोग्य नाउँ महिमीत पार्नुभयो।

15 Look down from heaven, and behold from the habitation of thy holiness and of thy glory: where are thy zeal and thy mighty acts? the yearning of thy heart and thy compassions are restrained toward me.परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्। ती कुराहरू अब घटिरहेको देख्नुहुन्छ। तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस। तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहँ छ? तपाईंको भित्री आत्माबाट आउने प्रवल शक्ति कहाँ छ? तपाईंको दया म प्रति छ? किन मबाट तपाईंको आफ्नो करूणामय प्रेम लुकाउनु हुन्छ?

16 For thou art our Father, though Abraham knoweth us not, and Israel doth not acknowledge us: thou, O Jehovah, art our Father; our Redeemer from everlasting is thy name.हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ! अब्राहामले हामीलाई जान्दैनन्। याकूबले हामीलाई चिन्दैन। हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ। तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैं बचाउनु हुन्छ।

17 O Jehovah, why dost thou make us to err from thy ways, and hardenest our heart from thy fear? Return for thy servants' sake, the tribes of thine inheritance.हे परमप्रभु, तपाईंले आफूबाट हामीलाई किन टाढा घचेटिरहनु भएको छ? तपाईंको अनुसरण गर्न हामीलाई किन वञ्चित गराउनु भयो? हामीकहाँ फर्केर आउनु होस परमप्रभु। हामी तपाईंका दासहरू हौं। हामीकहाँ आएर हामीलाई साथ दिनुहोस हाम्रा सन्तानहरू तपाईंकै सम्पत्ति हुन्।

18 Thy holy people possessed `it' but a little while: our adversaries have trodden down thy sanctuary.तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे। त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे।

19 We are become as they over whom thou never barest rule, as they that were not called by thy name.केही मानिसहरू तपाईंद्वारा शासित भएनन्। ती मानिसहरू तपाईंको नाउँ लिंदैनन्। अनि हामी त्यस्ता खालका मानिसहरू थियौं।

Nepali Bible