Isaiah 42 - BBE (Nepali)
1 See my servant, whom I am supporting, my loved one, in whom I take delight: I have put my spirit on him; he will give the knowledge of the true God to the nations.“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ।
2 He will make no cry, his voice will not be loud: his words will not come to men's ears in the streets.उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्, उनी चिच्याउनेछैनन्, नत उच्च स्वरमा कराउने छन्।
3 He will not let a crushed stem be quite broken, and he will not let a feebly burning light be put out: he will go on sending out the true word to the peoples.ऊ भद्र हुनेछ। उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन। उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्। उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ।
4 His light will not be put out, and he will not be crushed, till he has given the knowledge of the true God to the earth, and the sea-lands will be waiting for his teaching.उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन तबसम्म उ कमजोर हुने छैन। नत शिथिल नै हुने छ। अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।
5 God the Lord, even he who made the heavens, measuring them out on high; stretching out the earth, and giving its produce; he who gives breath to the people on it, and life to those who go about on it, says:परमप्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।
6 I the Lord have made you the vessel of my purpose, I have taken you by the hand, and kept you safe, and I have given you to be an agreement to the people, and a light to the nations:“म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।
7 To give eyes to the blind, to make free the prisoners from the prison, to let out those who are shut up in the dark.तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन् तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ।
8 I am the Lord; that is my name: I will not give my glory to another, or my praise to pictured images.“म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन जुन मेरो हुनुपर्नेछ।
9 See, the things said before have come about, and now I give word of new things: before they come I give you news of them.शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए अनि ती घटनाहरू भए। अनि अब, यी घटनाहरू हुनु अघि नै केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”
10 Make a new song to the Lord, and let his praise be sounded from the end of the earth; you who go down to the sea, and everything in it, the sea-lands and their people.परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, टाढा देशहरूमा भएका सारा मानिसहरू, समुद्रमा यात्रा गर्ने सारा मानिसहरू, सागरहरूमा भएका सारा पशु-प्राणीहरू, टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!
11 Let the waste land and its flocks be glad, the tent-circles of Kedar; let the people of the rock give a glad cry, from the top of the mountains let them make a sound of joy.मरूभूमि र शहरहरू, केदारका गाउँहरू परमप्रभुको प्रशंसा गर। सेलामा बस्ने मानिसहरू, खुशीको गीत गाओ। तिम्रो पर्वतको चुचुरा देखि गाओ।
12 Let them give glory to the Lord, sounding his praise in the sea-lands.परमप्रभुलाई महिमा प्रदान गर, सबैले उहाँको प्रशंसा गर, जो टाढा टाढामा छन्।
13 The Lord will go out as a man of war, he will be moved to wrath like a fighting-man: his voice will be strong, he will give a loud cry; he will go against his attackers like a man of war.परमप्रभु शक्तिशाली सैनिक जस्तो बाहिर निस्केर जानु हुनेछ। उहाँ युद्ध गर्न तयार भएको मानिस जस्तो हुनुहुनेछ। उहाँ साह्रै उत्तेजित हुनुहुनेछ। उहाँले चिच्याउनु हुनेछ र जोडले कराउनु हुनेछ अनि उहाँले शत्रुहरूलाई पराजित गर्नुहुनेछ।
14 I have long been quiet, I have kept myself in and done nothing: now I will make sounds of pain like a woman in childbirth, breathing hard and quickly.“धेरै लामो समय देखि मैले केही पनि भनेको छैन्। मैले स्वयलाई नै नियन्त्रण गरें अनि केही पनि भनिनँ। तर अब म शिशुलाई जन्म दिइरहेकी स्त्री जस्तै कराउनेछु म तेज जबरजस्ती गरेर सास फेर्नेछु।
15 I will make waste mountains and hills, drying up all their plants; and I will make rivers dry, and pools dry land.म पहाड र पर्वतहरूलाई उजाड पारिदिनेछु म त्यहाँ उम्रिने सारा वनस्पतिहरूलाई सुकाइदिनेछु। म नदीहरूलाई सुक्खा धर्तीमा परिर्वतन गर्नेछु। म पानीका इनारहरू पनि सुकाइदिनेछु।
16 And I will take the blind by a way of which they had no knowledge, guiding them by roads strange to them: I will make the dark places light before them, and the rough places level. These things will I do and will not give them up.तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा म अन्धा मानिसहरूलाई डोराउनेछु। म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू म गर्नेछु अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।
17 They will be turned back and be greatly shamed who put their hope in pictured images, who say to metal images, You are our gods.तर कतिपय मानिसहरूले मलाई पछ्याउन छाडे। ती मानिसहरूसँग मूर्तिहरू छन् जुन सुनै सुनले ढाकिएको छ। तिनीहरूले ती झूटा मूर्तिहरूलाई, ‘तपाईं मेरो देवताहरू हुनुहुन्छ’ भन्छन्। ती मानिसहरू आफ्ना झूटा देवताहरूमा भरोसा गर्छन् तर ती मानिसहरू निराश हुनेछन्।
18 Give ear, you whose ears are shut; and let your eyes be open, you blind, so that you may see.“हे बहिरा मानिसहरू हो, तिमीहरूले मलाई सुन्नु पर्छ! हे अन्धा मानिसहरू, तिमीहरूले मलाई हेर्नु र देख्नपर्छ।
19 Who is blind, but my servant? who has his ears stopped, but he whom I send? who is blind as my true one, or who has his ears shut like the Lord's servant?सारा संसारमा, मेरो दास अत्यन्त अन्धा छन्। सन्देशवाहक जसलाई संसारमा मैले पठाएँ त्यो अत्यन्त बहिरो छ। जोसँग मैले करार गरे-परमप्रभुको दास उ अत्यन्त अन्धो छ।
20 Seeing much, but keeping nothing in mind; his ears are open, but there is no hearing.मरो दासले निकै हेर्छ तर उसले मेरो आज्ञा पालन गर्दैन्। उसले आफ्नो कानले सुन्न सक्छ तर उसले मेरो कुरा सुन्न अस्वीकार गर्दछ।”
21 It was the Lord's pleasure, because of his righteousness, to make the teaching great and give it honour.परमप्रभुले आफ्नो सेवक धार्मिक भएको चाहनुहुन्छ। परमप्रभुले उसको अनौठापूर्ण व्यवस्थाबाट उसको सम्मान रहेको हेर्न चाहनुहुन्छ।
22 But this is a people whose property has been taken away from them by force; they are all taken in holes, and shut up in prisons: they are made prisoners, and no one makes them free; they are taken by force and no one says, Give them back.तर मानिसहरूमा हेर! अन्य मानिसहरूले तिनीहरूलाई परास्त गरेर तिनीहरूका सम्पत्तिहरू लुटे। सारा जवान मानिसहरू डराएका छन्। तिनीहरू झ्यालखानामा बन्द छन्, मानिसहरूले तिनीहरूका रूपिया पैसा लगेर गए अनि त्यहाँ उनीहरूलाई बचाउने कोही छैन। अन्य मानिसहरूले तिनीहरूका पैसामा ध्यान दिए। “यो फर्काई देऊ” भन्ने त्यहाँ कोही पनि थिएनन्।
23 Who is there among you who will give ear to this? who will give attention to it for the time to come?के तिमीहरू मध्ये कसैले पनि परमेश्वरका वचनहरूमा ध्यान दियौ? अहँ! तर तिमीहरूले उहाँको वचनहरूलाई अत्यन्त गहिरो प्रकारले ध्यान दिनुपर्छ अनि के हुने हो भन्ने कुरा सोच्नुपर्छ।
24 Who gave up Jacob to those who took away his goods, and Israel to his attackers? Did not the Lord? he against whom they did wrong, and in whose ways they would not go, turning away from his teaching.याकूब र इस्राएलबाट धन लिनलाई कसले मानिसहरूलाई लगायो? परमप्रभुले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनु भयो! हामीले परमेश्वरको विरूद्धमा पाप गर्यौं। यसैकारण परमप्रभुले मानिसहरूलाई हाम्रो धन-सम्पत्ति लैजाने अनुमति दिनु भयो। इस्राएलका मानिसहरूले परमप्रभुले चाहनु भएको बाटोमा बाँच्न चाहेनन्। इस्राएलका मानिसहरूले उहाँको व्यवस्थाहरू सुन्न रूचाएनन्।
25 For this reason he let loose on him the heat of his wrath, and his strength was like a flame; and it put fire round about him, but he did not see it; he was burned, but did not take it to heart.यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनुभयो। परमप्रभुले तिनीहरूका विरूद्ध शक्तिशाली युद्धहरू गराउनु भयो। इस्राएलका मानिसहरू जस्तै उहाँले तिनीहरूका वरिपरि आगो लगाइदिनु भयो। तर के भइरहेको थियो भनेर तिनीहरूले जानेनन्। तिनीहरू जलिरहेका जस्तै थिए। तर ती भएका घटनाहरू बारेमा तिनीहरूले जान्न चाहेनन्।
Nepali Bible