Bible

Isaiah 39 - KJV (Nepali)

1 At that time Merodachbaladan, the son of Baladan, king of Babylon, sent letters and a present to Hezekiah: for he had heard that he had been sick, and was recovered.त्यसबेला बलदानको छोरो मरोदक बलदान बाबेलका राजा थिए। मरोदकले चिट्ठी र एक उपहार हिजकियाहलाई पठाए। मरोदकले त्यसो गरे किनभने हिजकियाह बिमार भएको सुनेका थिए।

2 And Hezekiah was glad of them, and shewed them the house of his precious things, the silver, and the gold, and the spices, and the precious ointment, and all the house of his armour, and all that was found in his treasures: there was nothing in his house, nor in all his dominion, that Hezekiah shewed them not.ती कुराहरूले हिजकियाहलाई आनन्द पुरायो। यसकारण हिजकियाहले मानिसहरूलाई आफ्नो भण्डारबाट सारा बहुमूल्य वस्तुहरू देखाए। हिजकियाले तिनीहरूलाई सुन, चाँदी बहुमूल्य मसलाहरू र महँगो मूल्य भएको अत्तरहरू देखाए। हिजकियाहले तिनीहरूलाई युद्धमा चलाएका तरवारहरू र ढालहरू देखाए। हिजकियाहले तिनीहरूलाई सबै चीजहरू देखाए। जुन उनले सुरक्षित राखेका थिए। हिजकियाहले आफ्ना घर अनि राज्यमा भएका सम्पूर्ण चीजहरू तिनीहरूलाई देखाए।

3 Then came Isaiah the prophet unto king Hezekiah, and said unto him, What said these men? and from whence came they unto thee? And Hezekiah said, They are come from a far country unto me, even from Babylon.त्यसपछि अगमवक्ता यशैया राजा हिजकियाहकहाँ गए र उनलाई सोधे, “यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?”हिजकियाहले भने, “तिनीहरू सुदूर देशबाट मलाई हेर्न भनी आएका थिए। तिनीहरू बाबेलबाट आएका हुन्।”

4 Then said he, What have they seen in thine house? And Hezekiah answered, All that is in mine house have they seen: there is nothing among my treasures that I have not shewed them.यसैले यशैयाले उनलाई सोधे, “तिनीहरूले तिम्रो घरमा के देखे?”हिजकियाहले भने, “तिनीहरूले मेरो राजमहलका सम्पूर्ण चीजहरू हेरे। मैले तिनीहरूलाई जम्मै सम्पत्तिहरू देखाएँ।”

5 Then said Isaiah to Hezekiah, Hear the word of the LORD of hosts:त्यसपछि यशैयाले हिजकियाहलाई यसो भने, “सेनाहरूका परमप्रभुबाट आएको यी शब्दहरू ध्यान लगाएर सुन।

6 Behold, the days come, that all that is in thine house, and that which thy fathers have laid up in store until this day, shall be carried to Babylon: nothing shall be left, saith the LORD.‘समय आइरहेछ आज सम्म तिमी र तिम्रो पुर्खाहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन्।’ सेनाहरूका परमप्रभुले भन्नुभयो यी कुराहरू।

7 And of thy sons that shall issue from thee, which thou shalt beget, shall they take away; and they shall be eunuchs in the palace of the king of Babylon.बाबेलीहरूले तिम्रो आफ्नै छोराहरू पनि लैजानेछन्। अनि तिम्रो छोराहरू बाबेलका राजाका महलमा अधिकारीहरू हुनेछन्।”

8 Then said Hezekiah to Isaiah, Good is the word of the LORD which thou hast spoken. He said moreover, For there shall be peace and truth in my days.हिजकियाहले यशैयालाई भने, “परमप्रभुबाट आएको यो सन्देश राम्रो हो।” हिजकियाहले यसो भनेको कारण थियो, “त्यहाँ खास शान्ति र सुरक्षा हुनेछ जब म राजा हुन्छु।”

Nepali Bible