Bible

Isaiah 37 - WEB (Nepali)

1 It happened, when king Hezekiah heard it, that he tore his clothes, and covered himself with sackcloth, and went into the house of Yahweh.राजा हिजकियाहले ती कुराहरू ध्यानपूर्वक सुने। त्यसपछि उनले आफ्ना लुगाहरू च्याते अनि आफ्नो शोक प्रकट गरे। त्यसपछि उनले शोक वस्त्रहरू लगाए, अनि परमप्रभुको मन्दिर गए।

2 He sent Eliakim, who was over the household, and Shebna the scribe, and the elders of the priests, covered with sackcloth, to Isaiah the prophet the son of Amoz.हिजकियाहले राज-दरबारका व्यवस्थापक एल्याकीम राजकीय सचिव शेब्ना अनि पूजाहारीहरूका बूढा-प्रधानहरूलाई आमोसको छोरा अगमवक्ता यशैयाकहाँ पठाए। तिनीहरूले यस्ता लुगाहरू लगाएका थिए जसले तिनीहरूको शोक र खिन्नता प्रकट गर्दथ्यो।

3 They said to him, Thus says Hezekiah, This day is a day of trouble, and of rebuke, and of rejection; for the children have come to the birth, and there is no strength to bring forth.ती मानिसहरूले यशैयालाई भने, “राजा हिजकियाहले आदेश गरे कि आजको दिन दुख र शोकको विशेष दिन हो। यो अत्यन्तै शोकमय दिन हुनेछ। यो यस्तो दिनु हुनेछ जब एउटा बालक जन्मनेवाला छ। तर शक्तिको अभावमा जन्म लिन सक्तैन्।

4 It may be Yahweh your God will hear the words of Rabshakeh, whom the king of Assyria his master has sent to defy the living God, and will rebuke the words which Yahweh your God has heard. Therefore lift up your prayer for the remnant that is left.सेनापतिको मालिक, अश्शूरका राजाले उसलाई जीवित परमेश्वरको बारेमा अनिष्ट कुराहरू भन्नलाई पठाए। हुन सक्छ परमप्रभु तपाईंका परमेश्वरले ती कुराहरू सुन्नु भएकोछ। शायद परमप्रभुले शत्रुको गल्ती छ भनेर प्रमाण गर्नु हुनेछ। यसकारण छाडिएका ती मानिसहरूका लागि प्रार्थना गर जो अझ जीवित छन्।”

5 So the servants of king Hezekiah came to Isaiah.राजा हिजकियाहका अधिकारीहरू यशैयाकहाँ गए। यशैयाले तिनीहरूलाई भने, “यो सन्देश तिमीहरूका मालिक हिजकियाहलाई देऊ।

6 Isaiah said to them, Thus shall you tell your master, Thus says Yahweh, Don't be afraid of the words that you have heard, with which the servants of the king of Assyria have blasphemed me.परमप्रभु भन्नुहुन्छ, “कप्तानहरूका कुराहरू सुनेर तिमीहरू नडराऊ! अश्शूर राजा बाट मेरो बारेमा आएका ती “केटाहरूले” जुन अनिष्ट चीजहरू भने त्यो विश्वास नगर।

7 Behold, I will put a spirit in him, and he shall hear news, and shall return to his own land; and I will cause him to fall by the sword in his own land.हेर, म अश्शूरको विरूद्ध एउटा आत्मा पठाउने छु। अश्शूरका राजाले चेताउनी स्वरूप उसको देश कष्टमा पर्नेछ। यसकारण उ आफ्नो देशमा फर्केर जानेछ। त्यसबेला, म उसलाई उसको आफ्नो देशको तरवारले मार्नेछु।”

8 So Rabshakeh returned, and found the king of Assyria warring against Libnah; for he had heard that he was departed from Lachish.अश्शूरका राजाले एक विवरण प्राप्त गरे। विवरणमा भनिएको थियो, “तिर्हाकाह, कूशका राजा, तिमीहरूसँग लडाई गर्न आइरहेछ।”

9 He heard say concerning Tirhakah king of Ethiopia, He is come out to fight against you. When he heard it, he sent messengers to Hezekiah, saying,यसर्थ, अश्शूरका राजाले लाकीश त्यागेर लिब्नामा गए। कप्तानले त्यस्तो सुने, अनि उ लिब्ना शहरमा गए जहाँ अश्शूरका राजा युद्ध गरिरहेका थिए। उनले हिजकियाहकहाँ दूतहरू पठाए। उनले भने,

10 Thus shall you speak to Hezekiah king of Judah, saying, Don't let your God in whom you trust deceive you, saying, Jerusalem shall not be given into the hand of the king of Assyria.“तिमीले यहूदाका राजा हिजकियाहलाई यी कुराहरू भन्नै पर्छतिमीहरूले विश्वास गर्ने ईश्वरद्वारा मूर्ख नबन्। यसो नभन, “परमेश्वरले अश्शूरका राजाद्वारा यरूशलेमलाई परास्त गराउनु दिनु हुने छैन।”

11 Behold, you have heard what the kings of Assyria have done to all lands, by destroying them utterly: and shall you be delivered?अश्शूरका राजाहरूले अन्य सारा देशहरूलाई के गरे भनेर सुनेकाछौ। तिनीहरूले तिनीहरूलाई पूर्ण रूपले ध्वंश पारी दिए। के तिमीहरू सुरक्षित हुनेछौ होइन!

12 Have the gods of the nations delivered them, which my fathers have destroyed, Gozan, and Haran, and Rezeph, and the children of Eden who were in Telassar?के ती मानिसहरूका देवताहरूले तिनीहरूलाई बचाउनु भयो? होइन! मेरा पुर्खाहरूले तिनीहरू सबैलाई ध्वंश पारिदिए। तिनीहरूले गोजान, हारान, रेसेपमा बस्ने मानिसहरू अनि तलस्सारमा बस्ने एदेन वंशीहरूलाई ध्वंश पारे।

13 Where is the king of Hamath, and the king of Arpad, and the king of the city of Sepharvaim, of Hena, and Ivvah?हमातका राजा कहाँ छन्? अर्पादका राजाकहाँ छन्? सपर्वेमका राजा कहाँ छन्? हेना र इब्बाका राजाहरू कहाँ छन्? तिनीहरू सबैलाई ध्वंश पारियो।

14 Hezekiah received the letter from the hand of the messengers, and read it; and Hezekiah went up to the house of Yahweh, and spread it before Yahweh.हिजकियाहले दूतहरूका हातबाट चिट्ठी लिए अनि पढे। त्यसपछि हिजकियाह परमप्रभुको मन्दिरमा गए। हिजकियाहले चिट्ठी खोले र परमप्रभुको समक्ष राखिदिए।

15 Hezekiah prayed to Yahweh, saying,हिजकियाहले परमप्रभुसित प्रार्थना गर्दै भने,

16 Yahweh of hosts, the God of Israel, who sits [above] the cherubim, you are the God, even you alone, of all the kingdoms of the earth; you have made heaven and earth.“हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर, तपाईं राजा सरह करूब दूतहरूमाथि बस्नु हुन्छ। तपाईं, अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ जसले पृथ्वीमा भएका सारा राज्यहरूमाथि शासन गर्नु हुन्छ। तपाईंले स्वर्गहरू र पृथ्वी बनाउनु भयो।

17 Turn your ear, Yahweh, and hear; open your eyes, Yahweh, and behold; and hear all the words of Sennacherib, who has sent to defy the living God.हे परमप्रभु, दया गरेर मेरो कुरा ध्यान दिएर सुन्नु होस्। परमप्रभु, आफ्ना आखाँहरू खोल्नु होस् यस सन्देशमा हेर्नुहोस। हे जीवित परमेश्वर! सनहेरीबबाट तपाईंलाई निन्दा गर्न पठाएका शब्दहरू सुन्नुहोस्।

18 Of a truth, Yahweh, the kings of Assyria have laid waste all the countries, and their land,हे परमप्रभु! यो सत्य हो, अश्शूरका राजाहरूले जम्मै जातिहरू नाश गरे।

19 and have cast their gods into the fire: for they were no gods, but the work of men's hands, wood and stone; therefore they have destroyed them.अश्शूरका राजाहरूले ती जातिहरूका सबै देवताहरू जलाई दिए। तर तिनीहरू वास्तविक रूपमा देवताहरू थिएनन्। तिनीहरू खाली मानिसहरूले बनाएका काठ र ढुङ्गाहरूका मूर्तिहरू थिए। यसैकारण अश्शूरका राजाहरूले तिनीहरूलाई नाश गर्न सके।

20 Now therefore, Yahweh our God, save us from his hand, that all the kingdoms of the earth may know that you are Yahweh, even you only.तर तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अश्शूरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”

21 Then Isaiah the son of Amoz sent to Hezekiah, saying, Thus says Yahweh, the God of Israel, Whereas you have prayed to me against Sennacherib king of Assyria,तब आमोसका छोरो यशैयाले हिजकियालाई यो समाचार पठाए। यशैयाले भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले त्यो समाचार जुन सन्देश अश्शूरका राजा सनहेरीबबाट आएको थियो। त्यस बारेमा मलाई प्रार्थना गर्यौ।’

22 this is the word which Yahweh has spoken concerning him: The virgin daughter of Zion has despised you and ridiculed you; the daughter of Jerusalem has shaken her head at you.“सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो ‘सियोनकी कन्या-छोरी सोच्छे तिमी महत्वपूर्ण छैनौ। उसले तिमीलाई खिसी गर्छे। यरूशलेमकी छोरीले तिमीहरूलाई हाँसोको पात्र बनाउँछे।

23 Whom have you defied and blasphemed? and against whom have you exalted your voice and lifted up your eyes on high? [even] against the Holy One of Israel.तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ? तिमीहरूले कसको विरोधमा आवाज उठायौ? तिमीहरू इस्राएलका परम पवित्रको विरूद्ध थियौ। तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।

24 By your servants have you defied the Lord, and have said, With the multitude of my chariots am I come up to the height of the mountains, to the innermost parts of Lebanon; and I will cut down the tall cedars of it, and the choice fir trees of it; and I will enter into its farthest height, the forest of its fruitful field;तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु, मेरा मालिकलाई अपमान गर्न पठायौ। तिमीले भन्यौ, ‘म अत्यन्त शक्तिशाली छु। मसँग धेरै-धेरै रथहरू छन्। म आफ्नो शक्तिले लबानोनलाई परास्त गर्छु। म लबानोनको उच्चतम पर्वतहरूमा चढें। मैले लबानोनका सबै ठूलो रूखहरू काटेर ढाले। म ती उच्च पर्वत र जङ्गलको गहिरो भागहरूभित्र थिएँ।

25 I have dug and drunk water, and with the sole of my feet will I dry up all the rivers of Egypt.मैले इनारहरू खनें र नयाँ ठाउँहरूबाट पानी पिएँ। मैले मिश्रका नदीहरू सुक्खा पारी दिएँ अनि त्यस देशमाथि कुल्चेर हिडें।’

26 Have you not heard how I have done it long ago, and formed it of ancient times? now have I brought it to pass, that it should be your to lay waste fortified cities into ruinous heaps.त्यही त तिमीले भनेको हो। तर तिमीले मैले के भनें सुनेनौ। ‘मैले धेरै अघि योजना बनाएको थिएँ। मैले यो प्राचीनकालदेखि नै योजना बनाएको थिएँ अनि अहिले मैले यसलाई गराँए। मैले तिमीलाई शक्तिशाली शहरहरू ढल्ने अनि तिनीहरूलाई भग्नावशेष परिणत गर्ने अनुमति दिएँ।

27 Therefore their inhabitants were of small power, they were dismayed and confounded; they were as the grass of the field, and as the green herb, as the grass on the housetops, and as a field [of grain] before it is grown up.त्यस शहरहरूमा शक्ति थिएन तिनीहरू भयभीत र अन्योलमा थिए। तिनीहरू खेतमा भएका घाँस र पालुवाहरू जस्ता काटिन लागेका थिए। तिनीहरू हुर्किनु भन्दा अघिनै ओइलाई जाने घरका छानाहरूमा उम्रिएका घाँसहरू सरह भए।

28 But I know your sitting down, and your going out, and your coming in, and your raging against me.म तिम्रा सारा युद्धहरूका विषयमा जान्दछु। तिमीले कहिले आराम गर्यौ त्यो म जान्दछु, तिमी कहिले युद्ध तर्फ गयौ त्यो म जान्दछु तिमी कहिले युद्धबाट घरमा फर्कियौ म जान्दछु। म यो पनि जान्दछु कि तिमी मसित कहिले खिन्न भयौ।

29 Because of your raging against me, and because your arrogance is come up into my ears, therefore will I put my hook in your nose, and my bridle in your lips, and I will turn you back by the way by which you came.हो, तिमी मसित खिन्न थियौ। मैले तिम्रो अंहकारी अपमानहरू सुनें यसैले मैले तिम्रो नाकमा अंकुसे राखी दिएँ। अनि मैले तिम्रो मुखमा लगाम लगाई दिएँ। त्यस पछि मैले तिमीलाई फनक्क घुमाएँ र जहाँबाट आएका थियौ त्यतै डोर्याएँ।”‘

30 This shall be the sign to you: you shall eat this year that which grows of itself, and in the second year that which springs of the same; and in the third year sow you, and reap, and plant vineyards, and eat the fruit of it.त्यसपछि परमप्रभुले हिजकियाहलाई भन्नुभयो, “म तिमीलाई यी शब्दहरू सत्य हुन भनी देखाउने एउटा यस्तो संकेत दिने छु। तिमी बिऊ छर्न अयोग्य थियौ। यसैले यो वर्ष तिमी बिऊ नछरी उम्रिएको नै खानेछौ। तर तीन वर्षमा तिमी आफैले रोपेको अन्न खानेछौ। तिमीहरू ती अन्नहरू उमार्नेछौ अनि तिमीसित खानलाई प्रचूर अन्न हुनेछ। तिमी अङ्गुरका विरूवा रोप्नेछौ अनि त्यसको फल खानेछौ।

31 The remnant that is escaped of the house of Judah shall again take root downward, and bear fruit upward.“यहूदाका कुलबाट आएका सन्तानहरू जो भागेको थिए र जीउँदै छाडिएका थिए ती बढन थाल्नेछन्। ती मानिसहरू पालुवाहरू जस्ता हुन जसले आफ्ना जराहरू गहिरो प्रकारले भूईंमा गाडिएका छन् र भूईंमाथि फल फलाउँदछन्।

32 For out of Jerusalem shall go forth a remnant, and out of Mount Zion those who shall escape. The zeal of Yahweh of Hosts will perform this.केही मानिसहरू मात्र जिउँदो रहनेछन् अनि यरूशलेम बाहिर जानेछन्। केही बाँचेकाहरू सियोन पर्वतबाट आउनेछन्।” यस्तो सेनाहरूका परमप्रभुको जोश प्रेम कै कारण हुनेछ।

33 Therefore thus says Yahweh concerning the king of Assyria, He shall not come to this city, nor shoot an arrow there, neither shall he come before it with shield, nor cast up a mound against it.यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा भन्नुहुन्छ “उनी यस शहर भित्र आउने छैनन् उनले यस शहरमा काँड हान्ने छैनन्। उनले आफ्नो ढालहरू यो शहरको लागि ल्याउने छैनन् उनले यो शहरका पर्खालहरूमा धावा बोल्नलाई कुनै प्रकारको गढ बनाउने छैनन्।

34 By the way that he came, by the same shall he return, and he shall not come to this city, says Yahweh.उनी जुन बाटो आएका थिए त्यही बाटो फर्केर जान्छन् उनी यस शहरभित्र आउने छैनन, भनेर परमप्रभु भन्नुहुन्छ।

35 For I will defend this city to save it, for my own sake, and for my servant David's sake.म यस शहरको सुरक्षा गर्नेछु र बचाउनेछु, यो म मेरै निम्ति र मेरो दास दाऊदको लागि गर्नेछु।”

36 The angel of Yahweh went forth, and struck in the camp of the Assyrians one hundred and eighty-five thousand; and when men arose early in the morning, behold, these were all dead bodies.त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।

37 So Sennacherib king of Assyria departed, and went and returned, and lived at Nineveh.यसैले अश्शूरका राजा, सनहेरीब, निनवेमा गए अनि त्यहाँ बसे।

38 It happened, as he was worshipping in the house of Nisroch his god, that Adrammelech and Sharezer his sons struck him with the sword; and they escaped into the land of Ararat. Esar Haddon his son reigned in his place.एकदिन सनहेरीब आफ्नो देवता निस्रोकको मन्दिरमा उसको पूजा गरिरहेका थिए। त्यस बेला उनका दुइजना छोरा अद्रमेलेक र शरेसेरले तिनलाई तरवारले मारे। त्यसपछि छोराहरू अरातर तिर भागे। यसैले सनहेरीबको छोरो एसर्हददोन अश्शूरका नयाँ राजा भए।

Nepali Bible