Bible

Isaiah 30 - ASV (Nepali)

1 Woe to the rebellious children, saith Jehovah, that take counsel, but not of me; and that make a league, but not of my Spirit, that they may add sin to sin,परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्।

2 that set out to go down into Egypt, and have not asked at my mouth; to strengthen themselves in the strength of Pharaoh, and to take refuge in the shadow of Egypt!ती केटा-केटीहरू सहायता माग्नलाई मिश्रतिर झर्दैछन् यदि त्यसो गर्नु सही थियो? तर तिनीहरू मसँग सहायता माँगेनन्। तिनीहरूले आशा गर्छन कि मसँग फिरऊनले तिनीहरूलाई बचाउँछ। मिश्रले तिनीहरूलाई सुरक्षा गरोस् भन्ने चाहन्छन्।

3 Therefore shall the strength of Pharaoh be your shame, and the refuge in the shadow of Egypt your confusion.“तर म तिमीहरूलाई भन्छु, मिश्रमा लुक्दैमा तिमीहरूलाई सहायता मिल्छ भन्ने छैन्। मिश्र तिमीहरूलाई बचाउन सक्ने योग्यको छैन्।

4 For their princes are at Zoan, and their ambassadors are come to Hanes.तिमीहरूका अगुवाहरू सियोनमा गइसके र तिमीहरूका राजदूतहरू हानेसमा गए।

5 They shall all be ashamed because of a people that cannot profit them, that are not a help nor profit, but a shame, and also a reproach.तर तिनीहरू निराश हुने छन्। तिनीहरू एक अर्का जातिमाथि भरपरि रहेका छन् जसले तिनीहरूलाई सघाउन सक्तैनन्। मिश्र काम न दामको छ मिश्रले साथ दिने छैन। मिश्रको कारणले लाज र गिल्ला पार्नेछ।”

6 The burden of the beasts of the South. Through the land of trouble and anguish, from whence come the lioness and the lion, the viper and fiery flying serpent, they carry their riches upon the shoulders of young asses, and their treasures upon the humps of camels, to a people that shall not profit `them'.नेगव क्षेत्रका पशुहरूको निम्ति एउटा शोक सन्देश नेगव एउटा भयानक ठाउँ हो। यो ठाउँ सिंहहरू, विषालु सर्पहरू र उडने सर्पहरूले भरिएकोछ। तर केही मानिसहरू नेगव भएर यात्रा गर्छन्, तिनीहरू त्यस ठाउँमा गइरहेकाछन् जुन ठाउँले तिनीहरूलाई सघाउन सक्तैन्। तिनीहरूले आफ्नो धन-सम्पत्ति गधाहरूको पिठ्यँूमाथि चढाएकाछन्। तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू ऊँटहरूको पिठ्यूँमाथि चढाएकाछन्। यसको तात्पर्य हो अरू राष्ट्रहरूमाथि भर पर्ने मानिसहरूलाई यसले सहयोग गर्दैन्।

7 For Egypt helpeth in vain, and to no purpose: therefore have I called her Rahab that sitteth still.त्यो मिश्र एकदमै व्यर्थको जाति हो। मिश्रको सहयोग व्यर्थको छ। यसैले मैले मिश्रलाई भनें, “केही पनि नगरी बस्ने राहाब हो।”

8 Now go, write it before them on a tablet, and inscribe it in a book, that it may be for the time to come for ever and ever.अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।

9 For it is a rebellious people, lying children, children that will not hear the law of Jehovah;यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन् जसले आफ्ना माता पितालाई टेर्दैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नलाई अस्वीकार गर्दैछन्।

10 that say to the seers, See not; and to the prophets, Prophesy not unto us right things, speak unto us smooth things, prophesy deceits,तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ्य अनुभव हुन सकोस्। हाम्रा लागि असल कुराहरू मात्र हेर।”

11 get you out of the way, turn aside out of the path, cause the Holy One of Israel to cease from before us.ती कुराहरूलाई हेर्न छाडिदेऊ जुन साँच्चि नै हुनेछ। हाम्रो बाटोबाट निस्की हाल अनि इस्राएलका परमपवित्रको बारेमा भन्न छोड।”

12 Wherefore thus saith the Holy One of Israel, Because ye despise this word, and trust in oppression and perverseness, and rely thereon;इस्राएलका परमपवित्र भन्नुहुन्छ, “परमप्रभुबाट आएका सन्देश स्वीकार गर्न तिमीहरू मानेनौ। तिमीहरू लडाइँ गर्न र झूटोको सहायतामा बाँच्न चाहन्छौ।

13 therefore this iniquity shall be to you as a breach ready to fall, swelling out in a high wall, whose breaking cometh suddenly in an instant.तिमीहरू ती कुराहरूको दोषी छौ। यसकारण तिमीहरू र्चकिएको अग्लो पर्खाल जस्तो छौ। त्यो पर्खाल अचानक ढल्नेछ र टुक्रा-टुक्रा हुनेछ।

14 And he shall break it as a potter's vessel is broken, breaking it in pieces without sparing; so that there shall not be found among the pieces thereof a sherd wherewith to take fire from the hearth, or to dip up water out of the cistern.तिमी ठूलो माटाको टुक्रिएको हाँडी जस्तो छौ। ती टुक्राहरू बेकामेका हुनेछन्। ती टुक्राहरूद्वारा न त तिमीहरू बल्दै गरेको आगो ल्याउन सक्छौ न त कुवाबाट पानी ओसार्न सक्छौ।”

15 For thus said the Lord Jehovah, the Holy One of Israel, In returning and rest shall ye be saved; in quietness and in confidence shall be your strength. And ye would not:परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।”तर तिमीहरू त्यसो गर्न चाँहदैनौ।

16 but ye said, No, for we will flee upon horses; therefore shall ye flee: and, We will ride upon the swift; therefore shall they that pursue you be swift.तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ।

17 One thousand `shall flee' at the threat of one; at the threat of five shall ye flee: till ye be left as a beacon upon the top of a mountain, and as an ensign on a hill.एकजना शत्रुले तिमीहरूलाई धम्की दिन्छ र तिमीहरू हजारौं जना भाग्नेछौ। पाँचजना शत्रुहरूले डर देखाउँदा तिमीहरू सबै भाग्नेछौ। तिमीहरूका सेनाले एउटा खाली चीज मात्र त्यहाँ छाडी जानेछ त्यो पहाडमाथि झण्डा गाड्ने एउटा खम्बा हुनेछ।

18 And therefore will Jehovah wait, that he may be gracious unto you; and therefore will he be exalted, that he may have mercy upon you: for Jehovah is a God of justice; blessed are all they that wait for him.परमप्रभुले तिमीहरूप्रति यही अनुग्रह दर्शाउनु चाहनु हुन्छ। परमप्रभुले प्रतीक्षा गरिरहनु भएको छ। परमप्रभु उठेर तिमीहरूलाई सान्त्वना दिन चाहनु हुन्छ। परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ, अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्खन्छ उसलाई आशीर्वाद हुनेछ।

19 For the people shall dwell in Zion at Jerusalem; thou shalt weep no more; he will surely be gracious unto thee at the voice of thy cry; when he shall hear, he will answer thee.परमप्रभुका मानिसहरू यरूशलेम र सियोन पर्वतमा बस्नेछन्। तिमीहरू लगातार रूने छैनौ। परमप्रभुले तिमीहरू रोएको सुन्नु हुनेछ अनि सान्तवना दिनु हुनेछ। परमप्रभुले तिम्रो विलाप सुन्नु हुनेछ, अनि उहाँले तिमीलाई सहयोग गर्नुहुनेछ।

20 And though the Lord give you the bread of adversity and the water of affliction, yet shall not thy teachers be hidden anymore, but thine eyes shall see thy teachers;अतीतमा, मेरो मालिकले तिमीहरूलाई दुख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन्। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ।

21 and thine ears shall hear a word behind thee, saying, This is the way, walk ye in it; when ye turn to the right hand, and when ye turn to the left.तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।”

22 And ye shall defile the overlaying of thy graven images of silver, and the plating of thy molten images of gold: thou shalt cast them away as an unclean thing; thou shalt say unto it, Get thee hence.तिमीहरूले सुन र चाँदीले मूर्तिहरूलाई ढाकिदिएका छौ। ती झूटो देवताहरूले तिमीहरूलाई फोहरी बनाई दिए। तर तिमीहरूले ती झूटो देवताहरूलाई आराधना गर्न रोक्न सक्छौ। तिमीहरूले ती झूटो देवताहरूलाई फोहर मैला, कसिगर जस्तै टाढा फाली दिनेछौ।

23 And he will give the rain for thy seed, wherewith thou shalt sow the ground; and bread of the increase of the ground, and it shall be fat and plenteous. In that day shall thy cattle feed in large pastures;त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति वर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ।

24 the oxen likewise and the young asses that till the ground shall eat savory provender, which hath been winnowed with the shovel and with the fork.तिमीहरूका गोरू र गधाहरूले आवश्यक अनुसार सबै प्रकारको दाना पाउनेछन्। पशुहरूका निम्ति दाना यति विध्न हुन्छ कि पशुहरूलाई दाना दिंदा पनि तिमीहरू फरूवा र बेल्चाहरू चलाउँछौ।

25 And there shall be upon every lofty mountain, and upon every high hill, brooks `and' streams of waters, in the day of the great slaughter, when the towers fall.प्रत्येक पहाड र पर्वतसित पानी भरिएको भञ्ज्याङ हुनेछन्। यी कुराहरू धेरै संख्यामा मानिसहरू मारिए पछि अनि भूमिमा धरहराहरू ढलेपछि मात्र हुनेछन्।

26 Moreover the light of the moon shall be as the light of the sun, and the light of the sun shall be sevenfold, as the light of seven days, in the day that Jehovah bindeth up the hurt of his people, and healeth the stroke of their wound.त्यस समयमा चन्द्रमाको प्रकाश सूर्यको प्रकाश भन्दा चहकिलो हुनेछ। घामको प्रकाश अहिलेको भन्दा सात गुणा बढी चहकिलो हुनेछ। एक दिनको घामको प्रकाश एक साताको प्रकाश जति हुनेछ। यी कुराहरू त्यति बेला हुनेछ जब परमप्रभुले आफ्नो मानिसहरूको घाउहरूमा पट्टी लगाउनु हुनेछ अनि निको पार्नुहुनेछ।

27 Behold, the name of Jehovah cometh from far, burning with his anger, and in thick rising smoke: his lips are full of indignation, and his tongue is as a devouring fire;हेर! परमप्रभुको नाउँ सुदूर जग्गाबाट आइरहेछ। उहाँको क्रोध यस्तो आगो झैं छ जो धुवाँको कालो मुस्लोसित मिसिए जस्तै छ। परमप्रभुको मुख क्रोधले भरिएको छ र उहाँको जिव्रो ज्वाला जस्तो छ।

28 and his breath is as an overflowing stream, that reacheth even unto the neck, to sift the nations with the sieve of destruction: and a bridle that causeth to err `shall be' in the jaws of the peoples.परमप्रभुको सास एउटा महानदी समान छ जुन त्यतिञ्जेल सम्म बढिरहनेछ, जब सम्म त्यो घाँटी सम्म पुग्दैन्। परमप्रभुले राष्ट्रहरूमाथि न्याय गर्नुहुनेछ। परमप्रभुको न्याय गराई राष्टहरूलाई विनाश चाल्नीमा चले झैं हुनेछ। परमप्रभुले तिनीहरूलाई आफ्नो मुट्ठीमा ल्याउनु हुनेछ। त्यो काबु पशुलाई रत्याउनु लगाइएको लगाम जस्तै हुनेछ। त्यसले तिनीहरूलाई विनास तिर डोर्याउनेछ।

29 Ye shall have a song as in the night when a holy feast is kept; and gladness of heart, as when one goeth with a pipe to come unto the mountain of Jehovah, to the Rock of Israel.त्यस समय, तिमीहरूले खुशीको गीतहरू गाउने छौ। त्यो समय ती रातहरू झैं हुनेछ जब तिनीहरू आफ्नो उत्सव मनाउन शुरू गर्छौ। त्यतिबेला तिमीहरू ती मानिसहरू झैं खुशी हुनेछौ। जो इस्राएलको चट्टान परमप्रभुको पर्वतमा जाँदा बाँसुरीको धुन सुनेर खुशी भएका थिए।

30 And Jehovah will cause his glorious voice to be heard, and will show the lighting down of his arm, with the indignation of `his' anger, and the flame of a devouring fire, with a blast, and tempest, and hailstones.परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ।

31 For through the voice of Jehovah shall the Assyrian be dismayed; with his rod will he smite `him'.परमप्रभुको आवाज सुनेपछि अश्शूर डराउने छ। परमप्रभुले अश्शूरलाई राजदण्डले हिर्काउनु हुनेछ।

32 And every stroke of the appointed staff, which Jehovah shall lay upon him, shall be with `the sound of' tabrets and harps; and in battles with the brandishing `of his arm' will he fight with them.परमप्रभुले अश्शूरलाई हिर्काउँदा त्यो खैंजडी र वीणाहरू बजाइएको जस्तो हुनेछ। परमप्रभुका ठूला पाखुराले अश्शूरलाई हराउनु हुनेछ।

33 For a Topheth is prepared of old; yea, for the king it is made ready; he hath made it deep and large; the pile thereof is fire and much wood; the breath of Jehovah, like a stream of brimstone, doth kindle it.धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउँने छ अनि यो बल्नेछ।

Nepali Bible