Bible

Isaiah 20 in Nepali

1 सर्गान अश्शूरका राजा थिए। सर्गोनले त्यो शहरसित युद्ध गर्नु अश्दोदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे।

2 त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।

3 तब परमप्रभले भन्नुभयो, “यशैया तीन वर्ष सम्म त्यसरी नै निवस्त्र र खाली खुट्टा हिंडे। यो मिश्र र कूशदेशको चिह्न हो।

4 अश्शूरका राजाले मिश्र र कूश पराजित गर्ने छ। अश्शूरले कैदीहरू लिएर तिनीहरूलाई टाढा देशहरू तर्फ धपाउनेछ। बुढा मानिसहरू र युवावर्गलाई निवस्त्र र खाली खुट्टामा डोर्याउने छन्। तिनीहरू सम्पूर्ण रूपमा नाङ्गो हुनेछन्। मिश्रका मानिसहरू लज्जित हुनेछन्।

5 मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”

6 समुद्रको छेउमा बस्ने मानिसहरूले यसो भन्नेछन्, “हामीलाई सहयोग गर्न ती देशहरूलाई भरोसा गर्यौं। तिनीहरूले हामीलाई अश्शूरका राजाबाट छुट्कर दिलाउने छन् भन्ने आशमा हामी तिनीहरूकहाँ पुग्यौ, तर तिनीहरूलाई हेर! ती देशहरू कब्जामा पारिए। यसर्थ हामी कसरी जोगाउन सकिन्छ?”

Isaiah 20 Verses

Nepali Bible