Bible

Isaiah 16 - DBY (Nepali)

1 Send the lamb of the ruler of the land from the rock to the wilderness, -- unto the mount of the daughter of Zion.तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरूभूमि हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।

2 And it shall be [that] as a wandering bird, [as] a scattered nest, so shall the daughters of Moab be at the fords of the Arnon.मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्। तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्। तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्।

3 Bring in counsel, execute justice; make thy shadow as the night in the midst of noonday; hide the outcasts, discover not the fugitive.तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस्! के गर्नु पर्ने हो बताउनु होस्! मध्यदिनहको घामबाट हामीलाई ओझल पारे जस्तै हाम्रा शत्रुहरूबाट हामीलाई बचाउँनु होस। हाम्रा शत्रुहरूबाट हामी भागिरहेका छौं। हामीलाई लुकाउनु होस्! शत्रुहरूको हातमा पर्न नदिनुहोस्।”

4 Let mine outcasts dwell with thee, Moab; be thou a covert to them from the face of the waster. For the extortioner is at an end, the wasting hath ceased, the oppressors are consumed out of the land.ती मोअबबाट आएका मानिसहरूलाई जबरजस्ती आफ्ना घरहरू छोड्न लगाए। यसकारण तिमीहरूका जग्गामा तिनीहरूलाई बस्न देऊ। तिनीहरूका शत्रुहरूबाट तिनीहरूलाई लुकाऊ, लुटपाट रोकिने छ शत्रु पराजित हुनेछ। मानिसहरूलाई दुःख कष्ट दिनेहरू जति यस ठाउँबाट जानेछन्।

5 And a throne shall be established in mercy: and in the tent of David there shall sit upon it, in truth, one judging and seeking justice and hastening righteousness.त्यसपछि दाऊदको घरानाबाट एकजना नयाँ राजा आउनेछन्। उनी देशभक्त, मायालु र कृपालु हुनेछन्। यी राजाले निष्पक्ष न्याय गर्नेछन्। उनले ती कुराहरू मात्र गर्नेछन् जुन राम्रो र सही हुन्।

6 We have heard of the arrogance of Moab, -- [he is] very proud, -- of his pride, and his arrogance, and his wrath: his pratings are vain.हामीले सुनेका छौं कि मोआबका मानिसहरू एकदम अंहकारी र कपटी छन्। ती मानिसहरू हिंसक र ठूला कुराहरू गर्नेवालाहरू छन्। तर घमण्ड चहिँ खाली खोक्रो शब्दमात्र हो।

7 Therefore shall Moab howl for Moab; every one of them shall howl. For the foundations of Kirhareseth shall ye mourn, verily afflicted.त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्। मोआबका सारा मानिसहरू रूनेछन्। मानिसहरू उदास हुनेछन्। विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्। तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।

8 For the fields of Heshbon languish, the vine of Sibmah; the lords of the nations have broken down its choice plants: they reached unto Jaazer, they wandered [through] the wilderness; its shoots stretched out, they went beyond the sea.हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले मानिसहरू उदास हुनेछन्। विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्। शत्रुका सैनिकहरू याजेर शहर र मरूभूमिभरी फैलिए। अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।

9 Therefore I will weep with the weeping of Jaazer for the vine of Sibmah; with my tears will I water thee, Heshbon, and Elealeh, for a cry is fallen upon thy summer fruits and upon thy harvest.“दाखका बोटहरू नष्ट भएकोले गर्दा म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ। म हेशबोन र एलालेका मानिसहरूसंग रूनेछ किनभने त्यहाँ फसलहरू हुनेछैन्। त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्। अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्।

10 And joy and gladness is taken away out of the fruitful field; and in the vineyards there is no singing, neither is there shouting: the treaders tread out no wine in the presses, I have made the cry [of the winepress] to cease.एक समय फलले परिपूर्ण रहने अङ्गुरको खेतहरूमा खुशीको गीतहरू गाइने छैन्। बाली भियाउने समयमा मोज-मज्जा समाप्त पार्नेछु। अङ्गुरहरू दूध मदमा परिणत हुन तयार छन्। तर ती सबै चीजहरू खेर जानेछन्।

11 Therefore my bowels sound like a harp for Moab, and mine inward parts for Kirheres.यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु। कीर-हरेशे प्रति म अत्यन्तै दुःखी छु। म ती शहरहरू प्रति अत्यन्त दुःखी छु।

12 And it shall come to pass, when Moab shall appear, shall weary himself on the high place, and enter into his sanctuary to pray, that he shall not prevail.मोआबका मानिसहरू आफ्ना पूजा गर्ने ठाउँमा जानेछन् तिनीहरू प्रार्थना गर्ने प्रयास गर्नेछन्। तर त्यहाँ के हुँदैछ तिनीहरूले देख्ने छन् अनि तिनीहरू प्रार्थना गर्नु अत्यन्तै दुर्बल हुनेछन्।”

13 This is the word which Jehovah hath spoken from of old concerning Moab.परमप्रभुले मोआबको बारेमा यस्ता कुराहरू धेरै पल्ट भन्नु भएको थियो।

14 And now Jehovah speaketh saying, Within three years, as the years of a hired servant, and the glory of Moab shall be brought to nothing, with all that great multitude; and the remnant shall be small, few, of no account.अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन वर्षभित्र ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।”अरामलाई परमेश्वरको सन्देश

Nepali Bible